७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ हजार ५०० क्विन्टल चामल मौज्दात

अ+ अ-

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगन्जमा हाल आठ हजार ५०० क्विन्टल सोना मन्सुली चामल मौज्दात अवस्थामा रहेको छ ।

कम्पनीसँग ९० हजार ८० केजी सोना मन्सुली चामल तथा ११ हजार ३७१ क्विन्टल ८० केजी जापानी चामल रहेकामा सो बिक्री भई हाल कम्पनीसँग सोना मन्सुली चामल आठ हजार ५०० क्विन्टल मौज्दात अवस्थामा रहेको शाखा प्रमुख नरनाथ अधिकारीले बताए ।

सङ्घीय सरकारले जारी गरेको लकडाउनमा कम्पनीले सर्वसाधारणका लागि पनि खुद्रामा चामल बिक्री सुरु गरेपछि सोना मन्सुली चामल आठ हजार ५०० क्विन्टल तथा जापानी चामल १५ हजार ५०० क्विन्टल बिक्री भइसकेको सो कार्यालयका सूचना अधिकारी मुनिलाल कुशवाहाले जानकारी दिए। कम्पनीले माग भएअनुसार काठमाडौँ, विराटनगर, लहान, पोखरा, सुर्खेतलगायतका ठाउँमा चामल पठाउनाका साथै विभिन्न कारागारमा समेत चामल पठाएको बताइएको छ ।

लकडाउनमा खाद्यान्न समस्या हुन नदिन विभागको निर्देशानुसार कम्पनीले सर्वसाधारणलाई सोना मन्सुली प्रति केजी रु ४६ तथा जापानी चामल प्रति केजी रु ४७ को दरले बिक्री मूल्य कायम गरेपछि सर्वसाधारणलाई चामलको अभाव नभएको सो कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा जापान सरकारले नेपाल सरकारलाई दिएको ५० हजार क्विन्टल सहयोगमध्ये १५ हजार क्विन्टल जापानी चामल वीरगन्ज आएको थियो । कम्पनीले आव २०७६÷०७७ मा सोना मन्सुली धान २० हजार क्विन्टल र जिरा मसिनो धान ३२ क्विन्टल २५ केजी खरिद गरेको थियो ।

हाल कम्पनीसँग रहेको जापानी चामल सकिएको छ भने आठ हजार ५०० क्विन्टल सोना मन्सुली चामल मौज्दात अवस्थामा रहेको सो कार्यालयले जनाएको छ । संस्थानले जस्तोसुकै आपद विपतको अवस्थामा चामल उपलब्ध गराउन सकिने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस