१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा बैंक र वित्तीय संस्थाले पालना गरेनन् सुरक्षा मापदण्ड

अ+ अ-

कास्की । कोभिड–१९ सङ्क्रमण रोक्न जारी बन्दाबन्दीलाई खुकुलो बनाउँदै विकास आयोजना, औद्योगिक प्रतिष्ठान तथा केही व्यवसाय सञ्चालनको अनुमति दिइए पनि पोखराका बैंक तथा वित्तीय संस्थाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ ।

जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सोमबार पोखरामा गरेको अनुगमनका क्रममा अधिकांश बैंक, वित्तीय संस्था, बीमा, धितोपत्र तथा सहकारीहरुबाट पूर्वसावधानी तथा नियन्त्रणका उपाय अवलम्बन गरेको नपाइएकाले पुनः सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अवलम्बन गर्नुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न÷गराउनका लागि सचेत गराइएको छ ।

जिल्ला प्रशासनले सूचना जारी गरी अब उप्रान्त अनिवार्यरूपमा मापदण्डको पालना गर्न आग्रह गर्दैै अन्यथा सिसीएमसी, सुरक्षा निकायका प्रतिनिधि वा जिल्ला प्रशासनका अधिकृतसहितको अनुगमन टोलीले सेवा वा व्यवसाय बन्द गराई सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

सिसीएमसीका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सोमबार अनुगमन गरिएका बैंक तथा वित्तीय संस्थामा सङ्क्रमण रोकथामका लागि पालना गर्नुपर्ने सुरक्षा उपायको पालना गरेको नदेखिएको बताए।

यही वैशाख २७ गतेदेखि सामाजिक दूरी कायम गर्ने÷गराउने पूर्ण जिम्मेवारी बहन गर्ने गरी कार्यालय सञ्चालनका लागि अनुमति दिइएको बताउँदै उनले भने, ‘जति संस्थामा अनुगमन गरियो, त्यहाँ सुरक्षा उपाय अवलम्बन गरिएको पाइएन, त्यस्ता संस्थालाई सचेत गराउँदै मापदण्ड पालनाको निर्देशन दिइएको छ ।’

कार्यस्थलमा नियमित निसङ्क्रमित गर्ने, कार्यस्थलमा प्रवेश गर्नुपूर्व अनिवार्यरूपमा साबुनपानीले हात धुने, ज्वरो मापन गर्ने तथा व्यक्तिगत सुरक्षाका लागि मास्क, पञ्जा लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने र सेवा प्रवाहका बखत सामाजिक दूरी कायम गर्न÷गराउन प्रशासनले सबैमा सचेत गराएको छ ।

त्यसैगरी कार्यालयका जम्मा कर्मचारीको एकतिहाइ सङ्ख्या नबढ्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउने, कार्यालय प्रमुखले लकडाउनको अवधिमा काममा खटाइएका कर्मचारीलाई अनिवार्यरूपमा खटाइएको दिन, बार र समय स्पष्ट खुल्ने प्रमाणित कागजात र आफ्नो परिचयपत्र लिई कार्यालय आवतजावत गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस