९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र बैंकद्वारा बैंक सञ्चालन गर्ने नयाँ मार्गदर्शन जारी(मार्गदर्शनसहित)

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले लकडाउनको समयमा बैंकको सेवालाई निरन्तरता दिन ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन, २०७७’ जारी गरेको छ। बैंकको काम सञ्चालन गर्दा बैंकका कर्मचारी सेवाग्राही तथा सरोकारवालाहरूको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्न केन्द्रीय बैंकले उक्त मार्गदर्शन जारी गरेको हो।

जसअनुसार केन्द्रीय बैंकले बढीमा एक तिहाइ कर्मचारीबाट सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ भने कर्मचारी बिचमा न्यूनतम भौतिक दुरी कायम गरी काम गर्नुपर्ने व्यवस्था छ।

सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने बैङ्किङ तथा मुद्रा व्यवस्थापन सम्बन्धी काय सञ्चालन गर्दा न्यूनतम भौतिक दुरी कायम गरी अनिवार्य रूपमा ग्लोभ्स र मास्क लगाई सेवा प्रदान गर्नुपर्ने छ।

त्यसै गरी बैंक तथा वित्तीय संस्थाबाट नगद दाखिला बुझिलिँदा सुरुमा सिलबन्दी बक्सा नै बुझिलिने र केही दिनपछि मात्र गणना गरी बुझिलिने व्यवस्था गर्नुपर्ने छ।

नोटबाट सङ्क्रमण फैलन नदिन प्राप्त हुने नोट गणना गर्नुअघि डिसइन्फेक्सन गराउन अनिवार्य स्प्रे गराउने व्यवस्था गरेको छ।

सेवाग्राहीहरूमा दुरी कायम गर्न रेखाङ्कन तथा क्यु रडको व्यवस्थापन गर्ने तथा कर्मचारीले समेत अत्यावश्यक भन्दा बाहेकका कामहरूको लागि भेट नगर्ने व्यवस्था छ।

बैंक प्रवेश गर्दा अनिवार्य रूपमा इन्फ्रारेड थर्मोमिटरबाट शरीरको तापक्रम मापन गर्न लगाउने र कार्यालय प्रवेश गर्ने हरेक सेवाग्राहीले अनिवार्य मास्क प्रयोग गरेको हुनुपर्ने व्यवस्था छ।

त्यसैगरी सम्भव नभएसम्मका कामहरू घरबाटै गर्ने व्यवस्था मिलाउनुपर्ने केन्द्रीय बैंकले जनाएको छ।

यस्तो छ बैंकले जारी गरेको ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन, २०७७’

प्रतिक्रिया दिनुहोस