३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जातीय भेदभाव अन्त्य गर्ने कडीको रूपमा शिक्षाको भूमिका

अ+ अ-

आत्मकथा लँग वाक टु फ्रिडममा नेल्सन मण्डेलाले भनेका छन् कुनै पनि व्यक्ति अर्को व्यक्तिप्रति उसको पृष्ठभूमि (जात, रङ्ग, वा अरू कुनै ) को आधारमा घृणा ल्याएर जन्मेको हुँदैन। अरूलाई घृणा गर्न त जन्मेपछि यही समाजबाट सिक्दछ। यदि जन्मेपछि अरूलाई घृणा गर्न सिक्न सक्दछ भने, उसले अरूलाई प्रेम गर्न पनि सिकाउन सकिन्छ। घृणा गर्न सिकाउनु भन्दा प्रेम गर्न सिकाउनु नै सहज हुन्छ। तर दुर्भाग्य, अहिले पनि जातीय भेदभाव मानव सभ्यताकै एउटा कलंकको रूपमा रहेको छ। आज विश्व सभ्यता कृत्रिम बौद्धिकताको जमानामा आइपुग्दा पनि छुवाछुत जस्तो घृणित परम्परा समाजमा विद्यमान छ।

हामी सबैले एक आपसमा मिलेर यस्तो अमानवीय र रुढीवादी बिचारले ग्रस्त भएको छुवाछुत प्रथा र जातीय विभेद जरै उखेलेर हटाउनुपर्छ । समाज विविध जातजातिको साझा र रंगीन फूलबारी हो जहाँ हरेक जातिको समान सहअस्तित्व हुनुपर्छ, सबैले शिर उँचो गरेर सम्मानजनक रूपमा पेसा , व्यवसाय गर्ने र विकास निर्माणमा सहभागी हुने मौका पाउनुपर्छ । हामीले शिक्षालाई सामाजिकीकरण र समाज विकासको साधनको रूपमा सही हिसाबले उपयोग गर्न सक्नु पर्दछ।

समतामूलक समाज निर्माणमा विद्यालय शिक्षाको भूमिका

नेपालको संविधानले समतामूलक समाज निर्माणको परिकल्पना गरेको छ र उक्त महाअभियानमा शिक्षाको निकै ठुलो भूमिका रहेको छ। शिक्षा चेतना र विकासको संवाहक हो र नागरिकलाई अनुशासित बनाउने मजबुत औजार हो। शिक्षाले अन्धविश्वास, कुरीति, विभेद, अज्ञानता हटाउन धेरै हदसम्म मदत गरी समाजमा भाइचारा र सद्भाव कायम राख्न अहम् भूमिका निर्वाह गर्दछ। समय सान्दर्भिक, माटो सुहाउँदो र जीवनोपयोगी शिक्षा प्रणाली अवलम्बन गरी कैयौँ मुलुकले विकास र संवृद्धिमा फड्को मारेका छन्, समाजमा चेतनाको विकास गरी भाइचारा अभिवृद्धि गर्न शिक्षा प्रणालीले ठुलो भूमिका निर्वाह गरेका कैयन् दृष्टान्त हाम्रो माझ ताजै छन् ।

शिक्षाको माध्यमबाट जातीय विभेद हटाउने र चेतना अभिवृद्धि गर्ने केही उपायहरू मध्ये विद्यालय शिक्षाको आधारभूत तह देखी नै प्रत्येक दिन स्कुलमा सँगै पकाउने र सँगै लन्च खाने अनिवार्य व्यवस्था गर्ने हो भने यसले सम्पूर्ण विद्यार्थीहरूमा एकातर्फ सामूहिक भावना र सामाजिक सद्भावको विकास गर्छ भने अर्कोतर्फ अर्कोतर्फ जीवनोपयोगी सीपहरूको निर्माण गर्न सघाउ पुर्‍याई आत्मनिर्भरता र उद्यमशीलता बढाउँछ ।
जापानको विद्यालयहरूमा कक्षा १ देखी नै अनिवार्य किसिमले सामूहिक रूपमा सबै जना सँगै बसेर स्कुलमै तयार गरिएको ताजा भोजन खाने प्रचलन रहेको छ। यसलाई शिक्षण गतिविधिकै एक अभिन्न अंगको रूपमा लिइएको हुन्छ जसले बालबालिकाहरूमा एक अर्काप्रति सम्मान, आत्मीयता एवम् समूहमा मिलेर काम गर्ने बानीको विकास हुने धारणा जापानी शिक्षाकर्मी एवम् अभिभावकहरूको रहेको छ। विश्व परिवेशमा भएका यस्ता असल अभ्यासहरू बाट हामी पनि धेरै कुरा सिक्न सक्छौ।
शैक्षिक गतिविधिको माध्यमबाट जातीय भेदभाव हटाउन विद्यार्थीहरूको विभिन्न समूह बनाई विद्यालय, टोल , छरछिमेक, बाटोघाटोमा सबै किसिमका सरसफाइ गर्न लगाउँदा एकातिर हरेक व्यक्तिले सरसफाइ गर्नुपर्छ, फोहोर गर्नुहुँदैन र कामको आधारमा मान्छेको जातीय पहिचान हुनुहुँदैन भन्ने भावनाको विकास हुन सक्ने र अर्कोतिर श्रमको महिमा बुझेर भविष्यमा जोसुकै जातको भए पनि जे सुकै काम गर्न पनि तयार हुने चेतना जागृत भएर समाजमा गरिबी समेत हट्न सघाउ मिल्छ।

यस्तो किसिमको अभ्यास गर्न धेरै ठुलो लगानी पनि पर्दैन, न त यो चुनौतीपूर्ण छ । उदाहरणको रूपमा, जापानको विद्यालयहरूमा कक्षाकोठा, शौचालय एवम् विद्यालय सरसफाइ गर्ने काम अनिवार्य तवरले शैक्षिक गतिविधिको एक महत्त्वपूर्ण हिस्साको रूपमा हरेक विद्यार्थीले हरेक दिन तोकिएको समयमा सरसफाइ गर्नुपर्ने हुन्छ र सर सपाइको लागि विश्वमै जापान प्रख्यात छ। हाम्रो विद्यालय शिक्षामा पनि केही विद्यालयहरूमा यस्तो अभ्यासहरू प्रयोगमा पाइन्छन्। हामीले यस्ता अभ्यासहरूलाई अझ व्यापक र अर्थपूर्ण बनाउँदै लानुपर्ने आवश्यकता छ ।

सैद्धान्तिक शिक्षाका साथसाथै कपाल काट्ने, जुत्ता सिलाउने, कपडा सिलाउने, रंगरोगन, घर निर्माण, मूर्तिकला, धातु कला, आरन सम्बन्धी काम , डालो बुन्ने, काष्ठ कला, कागज बाट फूल बनाउने, माटोबाट भाँडा बनाउने, पञ्चेबाजा बजाउने, कृषिजन्य सीपहरू , जस्ता विभिन्न प्रकारका व्यावसायिक सीपहरूमा व्यापक जोड दिई सबैलाई( रुचि र क्षमता को आधारमा) सँगै राखेर पढाउने, समूहमा काम गर्न लगाउने र व्यक्तिगत प्रतिस्पर्धा निरुत्साहित गरी सामूहिक भावनाको विकास गराउने हो भने कुनै अमुक जातले मात्र यो वा त्यो काम गर्ने भन्ने प्रश्न उठ्दैन, बरु रुची र क्षमताको आधारमा बिद्यार्थीहरूले विभिन्न प्रकारका व्यावसायिक सीपहरू सिकेर भविष्यमा आत्मनिर्भर हुन्छन् र विभिन्न रोजगारीका ढोका खुल्छन् ।

विद्यार्थीहरूले टोल, समुदायमा गएर अवस्था अध्ययन (केश स्टडी), सामाजिक सेवाका कामहरू, जातीय विभेद , अन्धविश्वास र कुरीति बिरूद्द सडक नाटक/ प्रदर्शनी, जनचेतनामूलक कार्यक्रम आदि गर्ने गरेमा एकातर्फ समाजका प्रौढहरूमा जातीय भेदभाव गर्नु हुँदैन भन्ने भावना विकास हुन जान्छ, रुढीवादी मूल्य मान्यता परिवर्तन हुन जान्छन् र अर्कोतिर विद्यार्थीहरूमा जातीय सद्भावका मूल्यहरू निर्माण हुन जान्छन्। विभेदका विरुद्ध उभिने जनमतको ब्रिधि हुँदै जान्छ र अन्ततः जातीय भेदभावलाई समाजबाट उन्मुलन गर्ने वातावरण बन्दछ।

सचेतना र सिप विकासका लागि अनौपचारिक शिक्षा

हाम्रो देशमा कतिपय व्यक्तिहरू जुत्ता सिलाउने, कपडा सिलाउने, कपाल काट्ने, आरनको काम गर्ने लगायतका परम्परागत पेसा तथा स्थानीय उद्यमशीलतामा संलग्न छन् तर सबैसँग औपचारिक पढाई छैन। त्यस्तो व्यक्तिहरूलाई सरकारले अनौपचारिक तथा प्रौढ शिक्षाका माध्यमबाट पढाई तिनीहरूले आर्जन गरेको व्यावसायिक सीपलाई समकक्षता निर्धारण गरी निश्चित शैक्षिक डिग्रीहरू प्रदान गर्न सकेमा र विभिन्न खालका साना तथा मझौला उद्योगहरू सञ्चालनमा ल्याई उनीहरूको क्षमतालाई उपयोग गर्ने हो भने सामाजिक आर्थिक रूपमा उत्पीडित वर्गको उत्थानमा टेवा पुग्नेछ। भविष्यमा सरकारी सेवाहरूको रूपमा व्यावसायिक सेवाहरू गठन गरी त्यस्ता व्यक्तिहरूलाई सरकारी सेवामा पनि निश्चित प्रक्रिया अपनाई प्रवेश गराउन सकेमा उत्पीडित वर्गको राज्यप्रति अपनत्व बढ्छ र पहुँच पनि सुनिश्चित हुन्छ ।

परम्परागत ज्ञान को आधुनिकीकरण गर्दै आर्थिक उपार्जन को आधारशिला बनाउन सकिन्छ । दलित वर्ग का साथसाथै गैर दलित वर्गमा पनि यस्ता व्यावसायिक सीपहरूप्रति आकर्षण बढाउन सक्नुपर्दछ जसले जातीय अन्तर घुलनका लागि वातावरण सिर्जना गर्दछ । यसले समग्र आर्थिक विकासमा टेवा पुग्नुका साथै ती कामहरू गर्नेप्रति जुन आज हेयको दृष्टिले हेरिन्छ, भविष्यमा ती पेसाप्रति सम्मान बढ्न गई सबै वर्गले उस्ता उस्तै काम गर्न थालेपछि पेसागत रूपमा हुने जातीय भेदभाव पनि न्यूनीकरण हुनेछ ।

समुदाय स्तरमै गरिने अध्ययन अनुसन्धान

दलित समुदायमै कम्तीमा ६ महिना देखी १ वर्षसम्म बसी, विभिन्न चाडपर्व, संस्कृतिमा सहभागी भई जातीय विभेद सम्बन्धी अध्ययन अनुसन्धान गर्ने विद्यार्थी, शिक्षक, निजामती कर्मचारी, प्राध्यापक, आदिलाई अध्ययन र वृत्ति विकासमा विशेष प्राथमिकता दिने गर्दा समाजको वास्तविक परिवेशको वस्तुगत जानकारी मिलेर उचित नीति निर्माणमा सहयोग हुन्छ। सरोकारवालाहरूको सहमति र सहकार्यमा जातीय विभेद अन्त्य गर्ने उपयुक्त कार्यक्रम लागु गर्दा प्रभावकारी हुन जान्छन् ।

बिट मार्नु पूर्व, शिक्षा त्यस्तो कडी हो जसले समन्यायपूर्ण समाजको स्थापना गर्नमा ठुलो भूमिका निर्वाह गर्छ र आशा गरौँ, उचित शिक्षा प्रणाली र शासकीय सुधारको माध्यमबाट जातीय विभेदको अन्त्य हुनेछ, जहाँ सबै व्यक्तिहरू एउटै टेबुलमा बसी भाइचारा र सद्भावको धुन बजाउँदै राष्ट्र निर्माणमा जुट्नेछन् र सबै नेपाली दाजुभाइ दिदीबहिनी हातमा हात मिलाई काँधमा काँध मिलाई अगाडि बढ्नेछन् – यही छ मेरो सपना !

(लेखक हाल जापान सरकारको छात्रवृत्तिमा जापानमा उच्च शिक्षा अध्ययनरत छन् ।)

प्रतिक्रिया दिनुहोस