१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउन महिना र हरियो चुराको रहस्य

अ+ अ-

हाम्रो नेपाली समाज विभिन्न भेषभुषा, भाषा, कला र संस्कृतिमा धनी मानिन्छ । प्राचिनकालदेखी नै यहाँ विभिन्न प्रकारका सामाजिक सांस्कृतिक परम्पराहरू निरन्तररुपमा चल्दै आइराखेका छन् भने कतिपय संस्कृतिहरू एकापसमा अन्तरघुलन भएर तथा समयक्रम सँगसँगै बिस्तारै अन्य संस्कृतिको प्रभाव स्वरूप पुराना संस्कृति लोप हुँदै जाने र नयाँ संस्कृतिहरू उदय हुने क्रम पनि जारी छ । हरेक चाडपर्वहरू प्रत्येक वर्ष उस्तै मौसम अनि उस्तै समय र परिवेश बोकेर हरेक वर्ष फेरिएका क्यालेन्डरका पानाहरूसँगै पुनरागमन हुने गर्दछन् । यस्तै सांस्कृतिक परम्पराहरुमध्ये केही समय अघिदेखीमात्र सुरु भएको र पछिल्लो समयमा नेपाली महिलाहरूमाझ निकै लोकप्रिय रहेको एक संस्कृति हो साउन महिनामा हरिया चुरा लगाउने प्रचलन ।

विश्वमा चुरा लगाउने प्रचलनको विकास क्रम हेर्दा यसको सुरुवात सर्वप्रथम इजिप्टबाट भएको पाइन्छ । नेपालमा भने यसको प्रचलन पृथ्वीनारायण शाहको पालादेखि सुरुवात भएको बुझिन्छ । पूजाको समयमा गोरखकालीलाई चुरा चढाउनुपर्ने प्रसङ्ग पृथ्वीनारायण शाहको जीवनीमा पढ्न पाइन्छ । पृथ्वीनारायण शाह गोरखकालीका भक्त थिए । एकदिन गोरखकाली सपनामा प्रकट भएर पृथ्वीनारायण शाहलाई भनिन–“तिम्रो पूजाआजाबाट म प्रसन्न छु । तर तिम्रो पूजाआजा पूर्ण भने छैन किनभने मलाई पूजा गर्दा चुरा र धागो चढाउनुपर्छ ।” त्यसपछि पृथ्वीनारायण आफ्नो ससुराली बनारस गएको बेलामा चार घर चुरा र धागोको व्यापार गर्ने मुस्लिम समुदायका मानिस ल्याएर गोरखा बजार नजिकै रहेको ताप्ले भन्ने गाउँमा बस्ती बसाली चुरा र धागो उपलब्ध गराएको भन्ने उल्लेख छ ।

चुरा शृङ्गारको प्रतीक हो । चुराको छनछन बज्ने आवाज साच्चिकै निकै मधुर हुने गर्दछ र यसले सबैलाई मन्त्रमुग्ध बनाउँछ पनि । भनिन्छ जुन घरमा महिलाको हातमा चुरा बज्दछन्, त्यो घर लक्षणको हुन्छ । जुन घरमा चुरा बज्दैन त्यो घर श्मशान समान हुन्छ । चुरालाई सुरक्षा कवजको रूपमा पनि लिइन्छ । प्राय गाडीहरूमा चुराको माला बनाएर झुन्ड्याइएको हुन्छ भने नारीको हातको चुरा बजेमा भूतप्रेत पनि भाग्ने विश्वास गरिन्छ ।

आधुनिक युगमा चुरा शृङ्गारको रूपमा नारीहरूले लगाउने प्रचलन बढ्दै गएतापनि हाम्रो संस्कृति र कुनै धार्मिक ग्रन्थहरूमा हरिया चुरा साउन महिनामा नै लगाउनुपर्ने कारण कहिकतै उल्लेख गरिएको भेटिँदैन । श्रावण महिना शिवजीको महिना हो र धार्मिक हिसाबले हेर्दा पूजाआजामा पहेँलो र रातो रङ्ग शुभ मानिन्छ । तर हरियो रङ्ग प्रचलनमा किन आयो यो कुरा शास्त्रले बताउन सकेको छैन ।

यदि कुनै महिलाले हरियो चुराको साथमा छेउमा रातो चुरा लगाएको भए ती महिला विवाहित भएको बुझ्नुपर्दछ, हरियो चुरासँग पहेँलो चुरा लगाएको भए ती महिला कसैसँग प्रेममा रहेछिन् भन्ने बुझ्नुपर्दछ । त्यसै गरी यदि कुनै महिलाले हातमा हरियो चुरा मात्र लगाएकिछिन भने ती महिला असल सहयात्रीको खोजीमा रहेछिन् भन्ने कुरा बुझ्नुपर्दछ ।

साउन महिना वर्षा, प्रेम र झरीको सङ्गम हो । यो महिना प्राकृतिक रूपले नै हरियो हुन्छ र हरियाली प्रकृतिको महिनाको भनेर पनि चिनिन्छ । वनजंगल, भिर पाखा, लेकबेशी र खेतबारी चारैतिर हरियाली हुन्छ साउन महिनामा । गाउँघर तिर साउनलाई खेतीपाती सकेर सफासुग्गर हुने महिनाको रूपमा लिइन्छ । हाम्रो संस्कृति अनुसार साउन १ गते लुतो फाल्ने चलन छ । बर्षातको समयमा हिलोमैलोमा काम गरिसकेपछि कामको चटारोका कारण सरसफाइ गर्न नभ्याएकाहरुले साउन महिनालाई नुहाई–धुवाई र सरसफाइको महिनाको रूपमा लिन्छन् ।

यसैबिच हालैका केही वर्षयता साउन महिनामा महिलाहरूले हरियो पहिरन र चुरापोते लगाउने प्रचलन बढेको छ । साउन महिना सुरु भयसँगै घरदेखि शहरबजार सबैतिर महिलाहरूको शरीर हरियो साडी, कुर्ता, सुरुवाल तथा गला हरियो पोतेले सजिएको हुन्छ भने हातहरू हरिया चुरा र मेहन्दीले सजिसजाउ भएका हुन्छन् । अझ कतिपयले त नङ पालिस समेत हरियो रङ्गको प्रयोग गर्ने गरेको पाइन्छ । हरियो चुरा, पोते, साडी अनि मेहन्दीले साउनको रौनक झनै व्यापक बनाउँछ ।

शास्त्रमा साउन महिनालाई महिलाहरूको शक्तिको महिना मानिएको छ । साउन महिनाको हरियो रङ्ग हाम्रो धर्ममा उर्वर शक्तिका रूपमा मानिने गरेको छ । साउन महिनामा भएको प्रकृति परिवर्तनले हाम्रो हर्मोन नै परिवर्तन गरिदिने गर्दछ जसको प्रभाव हाम्रो शरीर तथा मनमा परेको हुन्छ । जसले शरीरमा जोस, जागर र काममा भावना दिन्छ ।

ज्योतिष शास्त्र अनुसार साउनमा हरियो रङ्ग बुधबाट प्रभावित हुने गर्दछ । त्यसैले बुधबाट प्रभावित हुने हरियो चुराले हाम्रो भावना नियन्त्रण गर्ने काम गर्दछ । त्यसैले साउनमा मेहन्दी लगाउने वैज्ञानिक कारण पनि मानिन्छ । विशेषज्ञले हरियो रङ्गलाई शीतलता र स्फूर्ति प्रदान गर्ने रङ्ग भनेका छन्, साथै यो रङ्गले हाम्रो आँखालाई पनि फाइदा पुर्याउछ ।

पौराणिक मान्यता अनुसार साउन महिना देवताहरूका पनि देवता अर्थात् शिवको महिनाको रूपमा लिइन्छ । पार्वतीले साउन महिना भरी निराहार कठोर व्रत बसेर शिवलाई प्राप्त गरेकी हुनाले भगवान् शिवलाई यो महिना विशेष हुन गयो भन्ने मान्यता छ । हुन त शिवको पूजाआजा बाला चतुर्दशी–मङ्सिर, माघे सङ्क्रान्ति–माघ, शिवरात्री–फाल्गुन, अक्षय तृतीया–वैशाखजस्ता अरू महिना पनि विशेष रूपमा हुन्छ । यद्यपि महिना भरी शिवको पूजा हुने महिना भने साउन मात्र हो । शास्त्रमा बताए अनुसार धान रोप्नु, साउने क्रान्तिमा लुतो फाल्नु, साउने सोमबारका दिन व्रत बस्नु आदि सबै कार्य पनि यसै महिनामा गरिन्छ ।

सोमबार श्रीमानको सु–स्वास्थ्य र दीर्घायुका लागि व्रत बस्ने गरिन्छ भने साउने सोमबार विद्याका लागि पनि राम्रो मानिन्छ । शिवजीको पूजा आराधना गर्दा असल श्रीमान् प्राप्त हुने, व्यापार राम्रो हुने, किसानको खेतीपाती सप्रने विश्वास गरिन्छ । त्यस्तै साउनमा वर्षा धेरै हुने, झरी पर्ने र कीटाणुको सङ्क्रमण हुने हुँदा लुतो फाल्ने पनि चलन छ । यो समयमा रोगहरू लाग्ने बढी सम्भावना भएकोले माछा, मासु, लसुन एवं उत्तेजित हुने खाना खानु हुँदैन । पहिले महिलाहरू साउनमा आफूसँग भएका लुगा गहना सफा गरी लगाई सजिने र सोमबार चोखो खाएर व्रत बस्ने चलन थियो । पछि क्रमशः भारतीय टेलिभिजन, चलचित्र, संस्कृति आदिको प्रभावले गर्दा यो संस्कारको रूपमा विकास हुँदै गई हालको स्थितिमा आइपुगेको पाइन्छ ।

अहिले यो संस्कृतिले विस्तारै फेशनको स्वरूप ग्रहण गर्दै गइराखेको आरोप पनि लाग्न थालेको छ । ब्वाईफ्रेण्डले गर्लफ्रेण्डलाई उपहारको रूपमा मेहन्दी, चुरा, कपडा दिने, गर्लफ्रेण्डले पनि हातमा मेहेन्दीले ब्वाईफ्रेण्डको नाम बनाउने कार्य पनि यदाकदा भए गरेको पाइन्छ ।

कतै मैले सुनेको थिए । यदि कुनै महिलाले हरियो चुराको साथमा छेउमा रातो चुरा लगाएको भए ती महिला विवाहित भएको बुझ्नुपर्दछ, हरियो चुरासँग पहेँलो चुरा लगाएको भए ती महिला कसैसँग प्रेममा रहेछिन् भन्ने बुझ्नुपर्दछ । त्यसै गरी यदि कुनै महिलाले हातमा हरियो चुरा मात्र लगाएकिछिन भने ती महिला असल सहयात्रीको खोजीमा रहेछिन् भन्ने कुरा बुझ्नुपर्दछ । यसरी हेर्दा हातमा लगाएको चुराको रङ्गको अर्थ सडकको ट्राफिक सङ्केत गर्ने बत्तीको जस्तै देखिन जान्छ । पहेँलो बत्तीपछि रातो बत्ती बल्नु : प्रेम सम्बन्धपछि विवाह हुनु : हातमा पहेँलो चुरापछि रातो चुराको पालो आउनु कताकता मेल खाएजस्तो लाग्ने ।

यस प्रकार यो हरियो चुरा लगाउने पर्व हाम्रो परम्परागत रीतिरिवाज नभएको तथा कुनै पनि धार्मिक ग्रन्थमा यसको चर्चा नगरिएको भएतापनि साउन महिना खेतीपाती सकेर सफा सुग्घर हुने महिनाको रूपमा रहनुले महिलाले लगाउने सफा र नयाँ पोषाकको प्रयोग गर्नु, प्रकृति र पोषाकको तालमेल पनि निकै चाखलाग्दो हुनु, पार्वतीले साउन महिनामा नै व्रत बसेर शिवजीलाई प्राप्त गरेको हुनाले त्यस्तै अभिलाषा बोकेर सोमबार व्रत बसी पति नभएकाले असल पतिको चाहना र पति भएकाहरूले पतिको स्वास्थ्य एवं दीर्घायुको कामना गर्नु साथै कृष्ण राधाले रसलिला रचाएको महिना पनि साउन नै भएको हुनाले यो महिना प्रेम र सुन्दरताको महिनाको रूपमा रहनुजस्ता कारणहरूले यो संस्कार नयाँ भएतापनि यसले छुट्टै महत्त्व बोकेको छ । केही धार्मिक रहस्यका साथसाथै वैज्ञानिक पाटोबाट नियाल्दा पनि यसको आफ्नै विशेषता बोकेको कारणले गर्दा नै यस कार्यले छोटो समयमा नै एउटा विशेष पर्वको रूपमा लोकप्रियता हासिल गर्न सफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस