११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेशमा बन्दाबन्दी गर्नुपर्ने अवस्था छैन : मुख्यमन्त्री गुरुङ

अ+ अ-

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कोरोना भाइरस सङ्क्रमण बढे पनि लकडाउन (बन्दाबन्दी) गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को २१ औँ स्थापना दिवसका अवसरमा आज फोनिज गण्डकीले आयोजना गरेको ‘कञ्चन पत्रकारिता पुरस्कार, अक्षयकोष घोषणा तथा पुरस्कार वितरण’ समारोहमा उनले नागरिकस्तरबाट सचेतना अपनाउँदा धेरै हदसम्म सङ्क्रमण नियन्त्रण हुने बताए।

प्रदेश सरकारले आफ्नै साधन स्रोतबाट कोरोना व्यवस्थापन गरेको बताउँदै मुख्यमन्त्रीले भने, ‘लकडाउन फेरि लगाउनु पर्दछ भन्ने अवाजसमेत उठेको छ तर अहिले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने समय होइन, खोलिसकेको कलकारखाना, निर्माण व्यवसायका काम बन्द गर्ने भनेर सोचेका छैनौँ, हतारो गर्नु पनि हुँदैन । हामी सचेत होऔँ त सङ्क्रमण धेरै कम हुन्छ ।’

सत्तारुढ नेकपाका स्थायी कमिटीका सदस्य समेत रहेका मुख्यमन्त्री गुरुङले कोरोना भाइरससँग लडिरहेको अवस्थामा अहिले पार्टीभित्रको भाइरसले दुःख दिएको टिप्पणी गरे । जनताको बीचमा स्थायित्वका लागि गरेको बाचा पूरा गर्न र हालसम्म कुनै पनि सरकारले पाँच वर्ष कार्यकाल पूरा गर्न नसकेको विगतबाट पाठ सिक्दै इतिहास निर्माणका लागिसमेत पाँच वर्ष दायाँ/बायाँ गर्न नहुने उनको भनाइ छ ।

कोभिड–१९ का कारण समस्यामा परेका पत्रकारलाई प्रदेश सरकारले कुनै पनि सहयोग गर्न नसकेको स्वीकार गर्दै मुख्यमन्त्री गुरुङले चालू वर्षमा पत्रकारको सशक्तीकरणका लागि रु ६५ लाख बजेट विनियोजन गरिएको जानकारी दिए । गण्डकी प्रदेश पर्यटनको मात्र राजधानी नभई यहाँको पत्रकारितासमेत राम्रोसँग चलेको छ भन्ने सन्देश दिनुपर्ने खाँचो उनले औँल्याए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केदारनाथ शर्माले पत्रकार महासंघसँग मिलेर सञ्चारसँग सम्वन्धित कार्यक्रम कार्यान्वयन गरिने र पत्रकारको क्षमता विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरे।

दुई सञ्चारकर्मी पुरस्कृत

फोनिजले सञ्चालन गरेको कञ्चन पत्रकारिता पुरस्कारबाट पोखराका पत्रकार रुद्रबहादुर थापा तथा बाग्लुङका पत्रकार राजेशचन्द्र राजभण्डारी पुरस्कृत भएका छन् । मुख्यमन्त्री गुरुङ, फोनिजका प्रदेश अध्यक्ष एमवी आस्थामगर तथा पुरस्कारका संस्थापक विमलमान गुभाजूलगायतले उनीहरुलाई सम्मानपत्रबाट सम्मान गरेका छन् । पुरस्कारको राशी जनही रु २५ हजार नगद रहेको छ ।

पत्रकार थापा तथा राजभण्डारी तीन दशकदेखि पत्रकारितामा क्रियाशील रहेका छन् । कार्यक्रममा फोनिजका प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङ, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, प्रतिभा छनोट समितिका संयोजक सुरेन्द्र थापामगर, फोनिज महासचिव रुद्र श्रीसमगर र पुरस्कृत व्यक्तित्व थापा तथा राजभण्डारीलगायतले पछाडि परेका र दबिएका आवाजलाई पत्रकारिताको माध्यमबाट समाजमा स्थापित गर्न सक्नुपर्नेमा जोड दिए ।

पोखराका व्यवसायी गुभाजूले आफ्ना स्व माता/पिताको स्मृतिमा फोनिजले सञ्चालन गर्ने गरी पहिलो पटक पत्रकारिता पुरस्कार घोषणा गरी अक्षयकोषका लागि रु ६ लाख हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस