१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनसुनको दुई महिना : विपद्मा परी २३१ को मृत्यु, ७७ बेपत्ता

अ+ अ-

काठमाडौं । मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पुर्‍याएको छ । अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो पहिरो खस्दा सयौँ नागरिकले अकालमै ज्यान गुमाए ।

नेपालमा जेठ ३१ गतेदेखि मनसुन शुरु भएको थियो । साउन ३१ सम्मको दुई महिनामा मात्रै ठूलो मानवीय क्षति हुन पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिराले क्षति पुर्‍याएको छ । प्राधिकरणका प्रमुख अनिल पोखरेलले साउन ३१ सम्म मनसुन सक्रिय भएपछिको दुई महिनामा मात्रै बाढीपहिरो र चट्याङबाट २३१ को मृत्यु, ७७ बेपत्ता र २०८ जना घाइते भएको जानकारी दिए ।

उक्त अवधिमा पहिरामा परेर मात्रै २०६ को मृत्यु, ६६ बेपत्ता र १६१ घाइते भए । बाढीमा परेर चारको मृत्यु, ११ बेपत्ता र एक जना घाइते छन् । चट्याङबाट २१ को मृत्यु र ४६ जना घाइते भएका छन् ।

यस पटक प्रिमनसुनमै बढी वर्षा भएको थियो । त्यसपछि मनसुनको शुरुआती समयमै धेरै पानी पर्दा जमीन गलेकाले पनि हल्का वर्षा हुँदा नै पहिराका घटना बढी भए । विपद्मैत्री विकास हुन नसक्नु अर्को कारण रह्यो भने भूकम्पलगायत कारणले पनि बढी पहिरो खसेको छ । एकै स्थानमा बढी वर्षा हुँदा भेलपहिराको जोखिम हुन्छ ।

यस पालि मुलुकका ६० भन्दा बढी जिल्ला प्राकृतिक विपत्तिबाट प्रभावित भएका छन् । यद्यपि एक दर्जनभन्दा बढी जिल्लामा ठूलो जनधनको क्षति हुने गरी पहिरो खसेको छ । सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकले बेहोर्नुपरेको छ । गत असार २५ मा आएको भारी वर्षापछि आएको बाढी र भेल पहिराले बाह्रबीसेको जम्बुबजार र भोटेकोशीमा तीन जनाको मृत्यु भयो भने २० जना बेपत्ता भएका थिए । त्यसको एक महिना पाँच दिनपछि साउन ३० गते जुगल गाउँपालिका –२ लिदीमा पहिरो खस्दा १८ जनाको अकालमा मृत्यु भएको छ भने अन्य २१ जना अझै बेपत्ता छन् ।

दोस्रो ठूलो घटना असार २६ मा म्याग्दीमा भयो । भारी वर्षा हुँदा धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा खसेको पहिरामा २७ जनाको मृत्यु भयो, अझै चार जना बेपत्ता छन् । मनसुन सक्रिय रहेकाले अझै प्राकृतिक विपद्को जोखिम कायम रहेको मौसमविद्को भनाइ छ ।

मनसुन शुरु भएको दिन जेठ ३१ गते पर्वतको दुर्लुङबाट विपद्को घटना शुरु भएको थियो । प्राप्त विवरणअनुसार सिन्धुपाल्चोक, म्याग्दी, जाजरकोट, कास्की, बझाङ, पर्वत, पाल्पा, लमजुङ, गुल्मीलगायत जिल्लामा ठूलो पहिराबाट जनधनको क्षति भएको छ ।

वैशाखयता २६६ को मृत्यु

गएको वैशाखयताको तथ्याङ्क हेर्दा सबैभन्दा बढी पहिराबाट मानवीय क्षति भएको छ । त्यसपछि चट्याङबाट बढी मानवीय क्षति भयो । उक्त अवधिमा मनसुनजन्य विपद्बाट २६६ को मृत्यु, ७८ बेपत्ता र ३३० जना घाइते भएका छन् ।
उक्त अवधिमा पहिरामा मात्रै २०८ जनाले ज्यान गुमाए, ६६ जना बेपत्ता छन् । बाढीबाट सातको मृत्यु र १२ बेपत्ता छन् । चट्याङबाट ५१ को मृत्यु र १६५ घाइते छन् ।

अगष्टभरि बाढीपहिराको जोखिम

जल तथा मौसम विज्ञान विभागले मनसुन कमजोर रहे पनि हल्कादेखि मध्यम वर्षा हुने भएकाले अगष्ट महिनाभरि नै जोखिम कायमै रहेको जनाएको छ । सेप्टेम्बर लागेपछि भने विस्तारै कम हुँदै जाने जनाइएको छ ।

यसपाली सेप्टेम्बर २३ मा मनसुन सकिन्छ । त्यस बेलासम्म कुनै न कुनै जोखिम रहने तर अगष्टपछि विस्तारै कम हुँदै जाने मौसमविद् शान्ति कँडेलले बताइन् । आज मुलुकभर नै मौसम बदली छ ।

उनका अनुसार आज पश्चिम नेपालका कास्की, जुम्ला र सुर्खेतका केही भेगमा पानी परिरहेको छ । ‘मुलुकभर नै मौसम बदली छ, सातै प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ, राति र भोलि पनि त्यो क्रम जारी हुन्छ’, मौसमविद् कँडेलले भनिन्, ‘लगातारको झरी नपरे पनि औसतभन्दा बढी पानी परिसकेकाले सामान्य वर्षाले नै बाढी, पहिरोको जोखिम हुन्छ ।’

उनका अनुसार अहिले मनसुनी न्यूनचापीय रेखा दक्षिणतर्फ सरेको छ तर बङ्गालको खाडीमा एउटा न्यूनचापीय क्षेत्र बनेकाले त्यहाँबाट जल वाष्पयुक्त हावा नेपाल प्रवेश गरेको कँडेलले जानकारी दिइन् । उनका अनुसार सोमबार रातिदेखि भने अहिलेभन्दा वर्षा केही बढ्ने छ । लगातारको झरी भने हुने छैन ।

प्रतिक्रिया दिनुहोस