११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मैले भोगेको र जीतेको कोरोना : डर, इलाज र माया

अ+ अ-

“वर्क इज वर्कसीप” सिद्धान्तलाई आत्मसाथ लिई अदम साहस र सचेतताका साथ आफू र आफू अन्तर्गतका सूचना प्रविधि कर्मचारीहरूलाई प्रेरणाका साथ करिब डेढ महिनादेखि नयाँ कार्यक्षेत्रमा खटिरहेका थिएँ । २३ गतेका दिन विभागका सबै कर्मचारीहरूको कोरोना परीक्षण भएको थियो, जसमा एक जना बाहेक सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।

घरायसी काम परेर सोमवार र मङ्गलवारका दिन कार्यालय गएको थिएन । तर हल्का शारीरिक मिहिनेत दुवै दिन गरेको थिएँ । दुखद यात्रा सुरुआत भो, साउन २८ गते बुधवार सामान्य ज्वरो र शरीर दुखाईका साथ । तबसम्म विभागमा थप तीन जनालाई कोरोना पोजेटिभ भयो भनेर खबर सुनी सकेको थिएँ । सामान्य ज्वरो हो ठानी तीन दिनसम्म सिटामोल, करा र पानीको बाफ लिएँ तर तापक्रम हल्का अपडाउन बाहेक केही भएन; बरु हल्का खोकी लाग्न सुरु भयो ।

निको हुने सम्भावना कम देखेर मेरा आत्मीय एक जना डक्टर साथीलाई फोन गरेर औषधी सुरु गरे अस्थालिन र बुडकोर्टसहित, तर राति केही आराम भए पनि पुनः अर्को दिन कीर्तिपुर अस्पतालमा उपचार गराउन पुगे । पहिले खाइरहेको औषधीमा सामान्य थपघट गरे डक्टरले पाँच दिनसम्म औषधी लिन र कोरोनाको परीक्षण गराउनु भनेर सल्लाह दिए। औषधी पाँच दिनको भएको र सामान्य ज्वरो (98-100 F) एवं पातलो दिसा बाहेक केही नभएकोले केही दिन औषधी लिई हेरौँ भनेर औषधी लगातार लिएँ । खासै ठिक हुने अनुभूति नभएपछि अर्को दिन कोरोनाको परीक्षण गराउन स्टार अस्पताल गएँ ।

अवस्था बिस्तारै खराब हुँदै गएकोले मेरी श्रीमतीलाई त्यही आइसोलेसनमा राख्न अनुरोध गर्न उक्त अस्पतालको काउण्टरमा पठाएँ तर परीक्षण रिपोर्ट नआइसकेकोले बेडको अभाव देखाइ राख्न मानेन । अन्त्यमा कोरोनाको परीक्षण गराई कीर्तिपुर डेरा फर्के । तर भाद्र दुई गते रातभर खोकी बेसरी आयो । लाग्दथ्यो अब बाँचिँदैन कि ? तैपनि नआँतिकन ठिक भइन्छ कि आशामा ३ गते पनि डेरामा नै बिताउने प्रयत्न गरे । तर असह्य पीडा पश्चात् ४ गतेको बिहान दुई बजे एक जना ट्याक्सी ड्राइभरलाईलाई अनुरोध गरी बोलाएँ र राति नै नर्भिक अस्पताल पुगे । तर त्यहाँ जाँदा कोरोनाको परीक्षण रिपोर्ट माग्यो । एक दिन पहिले मात्र कोरोनाको परीक्षण गराएको र आज रिपोर्ट आउँछ भनी जवाफ दिएँ । मलाई इमरजेन्सीमा राखी दिनु वा मलाई नेवोलाइजर चलाई दिन अनुरोध गर्दा त्यहाँ कार्यरत डक्टरले मानेन, बरु कोभिड-१९ का लागि छुटयाइएको भवनतिर जान भने ।

त्यहाँ जाँदा दस जना यहाँ सबै गम्भीर प्रकृतिका बिरामीहरू छन् भने । अनि आफ्नो बारेमा सबै सुनाए । खासै तपाईँलाई केही भएको छैन, कोठा फर्कनुस् भन्यो त्यहाँ कार्यरत डक्टरले । मैले मेरो गाउँतिरका भाइ यही इमरजेन्सीमा काम गर्छन् भनेपछि एक छिन अस्थालिन तानेर देखाउनुस् त भने । त्यहाँ सजिलै तानेर देखाए । अनि झन् तपाई कोठा फर्कनुस् भनेर मलाई धेरै पटक भने । एकातर्फ मैले बिताएको रात सम्झिरहेको थिए भने अर्कोतर्फ बिहानदेखि लागू हुने कर्फ्युको बारेमा सोची रहेको थिए । साथै मलाई ल्याएको ट्याक्सीवाला पनि कीर्तिपुर फर्किसकेको थियो । धेरै पटक अनुरोध गर्दा पनि इमरजेन्सीमा राख्न मानेन र हामीलाई भित्र बस्न दिनुभन्दा नमानेपछि मेडिसिन बिक्री हुने कक्षको अगाडिको बेन्चमा बसी र सुती जसोतसो रात बिताएँ । उक्त डक्टरले रिपोर्टका लागि आफै स्टार अस्पताल फोन गरे तर सफलता हात लागेन । जब मेरो श्रीमतीलाई गाउँले भाइले म आज अस्पताल आउन नसकिने भो भनेर फोन गर्‍यो तब म झन् आत्तिएँ । डक्टर चोखानीको नियमित प्यासेन्ट भएकोले निजलाई देखाएर मात्र जान्छु भन्ने आशामा रात त्यही बिताएको थिएँ, तर बिना परीक्षण उनले पनि नहेर्ने त्यहाँको डक्टरले भनेपछि अन्ततोगत्वा हार मानेर अर्को ट्याक्सी समातेर पाथीभरा आयुर्वेदिक अस्पताल, सिनामंगल पुगे । जाने बित्तिकै डक्टर नआएकोले त्यहाँको बेन्चमा एकछिन विश्राम गरे ।

डक्टर बीपी तिमिल्सिना आउने बित्तिकै बोलाए । उनको कोठामा जाँदा पहिलै जस्तै नाडी समाते र एकछिन पछि औषधी लेखिदिएँ । ‘सामान्य ज्वरो हो, नघबराउनु तीन दिनपछि निको भई हाल्छ’, भन्ने जवाफ दिएँ। यत्रो दिन मेडिसिन खाँदा खासै केही नभएको उल्टै दिनप्रतिदिन खराब अवस्था भइरहेकोमा डक्टरले दिएको विश्वासका साथ जसोतसो औषधी लिएर कीर्तिपुर आफ्नो डेरामा फर्के । केही समय पश्चात् तल भाडामा बस्ने दुर्गा दिदी आएर मेरी श्रीमतीलाई दाइको अवस्था धेरै खराब जस्तो छ भन्ने सोधिन्। मेरो श्रीमतीको अनुरोधमा उनले एकजना भक्त कहाँ एकचोटी सरलाई देखाउन लगाउनु भनेपछि “मरता क्या न करता” कहावत जस्तै नमान्दा नमान्दै आफ्नी श्रीमतीको सहानुभूतिका लागि दुर्गा दिदीको श्रीमानको मोटरसाइकलमा चढेर पाँगा गएँ । संयोगवश त्यहाँ भक्त नभेटेपछि फोनमै कुरा गरी पुनः डेरा फर्के । भक्तले फोनमा भने बमोजिम बेलुका पातमा चामल तथा अन्य सामाग्री लिई झारफुक गरिन् ।

साँझ भैसकेको थियो र अवस्था नाजुक हुने क्रममै थियो । आधा घण्टाको अन्तरालपछि बिजुलीको सट जस्तो दिमागमा हान्न शुरु भैसकेको थियो । जसोतसो त्यो रात पनि गुजारे । भोलिपल्ट पुनः स्टार अस्पतालमा रिपोर्टका लागि फोन गरे । एक दिन पहिले फोन गर्दा तपाईँको रिपोर्ट रिभ्यु हुँदैछ भनेको थियो । अहिलेसम्म आएन तपाईँको रिपोर्ट लौ म फेरी सोधी दिन्छु भनेर जवाफ दिई फोन राखे । करिब ४ बजे नगरपालिकाबाट फोन आयो । फोन उठाउँदा मेरो बारेमा सोधपुछ गर्‍यो र भन्यो तपाईँको श्रीमानलाई कोरोना लागेको छ भनी मेरो श्रीमतीलाई जवाफ दिएँ । नआत्तिनुहोला, केही भए फोन गर्नुहोला तर कोठामा नै आइसोलेसनमा बस्नुहोला भने ।

त्यसपछि म अलि डराएँ किनकि ८-९ दिन भैसकेको थियो सबै जना मसँगै बसेको । रिपोर्ट पोजेटिभ आयो भने कुराको जानकारी डक्टर बीपी तिमिल्सिनालाई सुनाएँ । उनले नघबराउनुहोला, मैले दिएको औषधी त्यसैको हो । ठ्याक्कै तेस्रो दिनपछि निको हुन सुरु हुन्छ । केही पर्दा म डेरा नै आइदिन्छु तर नघबराउनु भनेर सान्त्वना दिए । साथै बाबु र नानुलाई छिट्टै पठाइदिनु भने । सोही बमोजिम बाबु र नानुलाई पाथीभरा पठाएँ । चेक गरेर उनीहरूलगायत मेरी श्रीमतीका लागि पनि औषधी दिए । साथै अवस्था अलि खराब भएको जानेर दुई दिन बेला-बेलामा फोन गरेर मेरो अवस्थाको बारेमा जानकारी लिइ राखे । मेरा डक्टर साथीलाई मेरो अवस्था खराब छ के गरौँ र कोरोना रिजल्ट पनि पोजेटिभ आयो भनेर जानकारी गराउँदा उनले अस्पतालको आइसोलेसनमा बस्दा ठिक होला भनेर जवाफ दिएँ । तर पहिलेको अनुभव तितो भएकोले पुनः डक्टर बीपी तिमिल्सिलनालाई सोधे । उनले नघबराउनु भनी जवाफ दिएँ र आज हेर्नु भने । ठ्याक्कै तेस्रो दिनको मध्यराति मेरो शरीरले चाहिँ केही सुखद अनुभूति गर्‍यो । चौथो दिनदेखि ज्वरो पूर्ण रूपमा हटी सकेको थियो । तर खोकी बेसरी लागेकोले शरीर धेरै नै कमजोर र बोल्न नसक्ने अवस्थामा थिएँ ।

बिस्तारै उनले बताए अनुसार लहसुन र मध मिलाएर खोकी आएको बेलामा खाँदै गएँ र अन्ततोगत्वा अलि राम्रो महसुस हुन थालेपछि १४ गते बयोधा अस्पताल, बल्खु परीक्षण गराउन गएँ । १५ गते नेगेटिभ रिपोर्ट आयो भनेर त्यहाँबाट मेरा डक्टर साथीले फोन गर्‍यो र ह्वाटसएपमा रिपोर्ट पनि पठाएँ । अर्कोतर्फ १० गते नगरपालिकाका स्वास्थ्यकर्मीबाट लिएको मेरो श्रीमती, छोरी र छोराको स्वाबको रिपोर्ट आयो, तर छोराबाहेक दुवै जनालाई कोरोना पोजेटिभ भनेर ।

एकातर्फ मेरो नेगेटिभ सुने बित्तिकै मेरो छोरा र छोरी नाँचे र खुब खुसी मनाए। दिनरात नठानी अहोरात्र रेखदेख र सेवा गर्ने मेरो श्रीमतीको मुहारमा धेरै दिनपछि खुसी देखेँ । तर कोरोनालाई अरू दुई जनालाई लागि सकेकोले मेरो अनुहार मलिन थियो । तर मसँगै सबै जनाले औषधी खाइरहेको हुनाले म जस्तो ज्वरो, खोकी वा अन्य लक्षण छैन । १६ गते पुनः डक्टर बीपी तिमिल्सिना कहाँ वहाँहरूलाई पठाएँ । खासै केही छैन चिन्ता नलिनु भनेर केही औषधी दिए उनले । सबैका बारेमा जानकारी लिन नगरपालिकाबाट बिहानै फोन आएको थियो । परीक्षण पुनः हुन्छ भनेर आश्वासन दिए र होम आइसोलेसनमा बस्नु होला र केही त्यस्तो भए यही नम्बरमा फोन गर्नु भनी सम्झाए ।

यसरी आफू कोरोनाबाट ईश्वरको कृपा, सहृदयी डक्टर बीपी तिमिल्सिनाको उपचार, परिवार एवं आफन्तहरूको केयर र माया, कार्यालयका अग्रज र साथीहरूलगायत शुभचिन्तकको माया, हौसला र शुभआशिश र टयाक्सीड्राइभर भाइले गर्दा बच्न सफल भएँ र छिटै नै मेरा परिवार यस दु:खद रोगबाट निको हुने विश्वास छ । तर आश्चर्यपूर्ण के छ भने एकातर्फ पीपीई, नोजमास्क र अन्य सामाग्रीहरू लगाएको डक्टरले हातको नाडी छाम्न र अन्य टेस्ट गराउन अहिले मान्दैन, साथै निको हुने ग्यारेन्टी लिँदैन भने अर्कोतर्फ मास्क एवं पीपीई नलगाई सामान्य तरिकाले हातको नाडी समातेर चेक गरी औषधी लेख्नु त्यो पनि ग्यारेन्टीका साथ ! म पनि साइन्स र सूचना प्रविधिको विद्यार्थी र कर्मचारी । तर यस्तो अनौठो पूर्ण व्यवहार र उपचार एउटै रोगको; म निःशब्द छु । तर दुवै आ-आफ्नै ठाउँमा सही छ । दैनिक भइरहेको विश्व घटनाका आधारमा । यसका अतिरिक्त डेराको आफ्नै सीमितताहरू हुन्छन् र होम आइसोलेसनमा पूर्णरूपमा बस्न अप्ठ्यारो नै हुँदो रहेछ । कोरोनाका समयमा बाहिर निस्किने सम्भावना धेरै नै न्यून भएकोले दिनचर्याका लागि खाद्यान्न सामाग्रीहरू जोहो गर्न त्यतिकै अप्ठ्यारो हुँदो रहेछ । यति दिन बेसरी खोक्दा पनि तलको दिदीबाहेक छिमेकी कसैले केही सोधेन, सायद सहरिया जीवन भनौँ या कोरोनाको डर !

तर ‘मैले जे भोगे त्यस्तो कसैले नभोगुन् र समयमा सबै जना ठिक होउन्’ भनेर म अस्ति फेसबुकमा समेत शेयर गरे ।

साथै सबैसँग मेरो हार्दिक अनुरोध
१. बिसन्चो महसुस हुनासाथ अविलम्ब नआँतिकन सम्बन्धित विषयको राम्रो डक्टर लाई देखाउने,
२. आफ्नो मनले औषधीलगायत अन्य सेवन गुर्नभन्दा डक्टरको प्रत्यक्ष निर्देशन बमोजिम औषधिलगायत अन्य सेवन गर्ने एवं सावधानी अपनाउने,
३. दुवैको धर्म मानव कल्याण भएकोले कम से कम मानवीय क्षति हुनका लागि आयुर्वेदिक औषधी पनि अस्पतालमा अविलम्ब शुरुआत गर्ने,
४. सरकारले निःशुल्क होइन, न्यूनतम शुल्क लिई स्थानीय तहमार्फत कोरोना परीक्षण सुरुआत गर्ने र समयमै रिपोर्ट उपलब्ध गराउने,
५. होम आइसोलेसन घर हुनेबाहेकका लागि आत्मघाती भएकोले सरकारले अविलम्ब स्थानीय तहमार्फत डक्टरसहितको सुविधा सम्पन्न आइसोलेसन वार्ड बनाई न्यूनतम शुल्क लिई सञ्चालन गर्ने,
६. होम आइसोलेसनमा बसेकालाई मोबाइल टिम मार्फत नियमित रूपमा चेकअप र दिनचर्याका लागि खाद्यान्नको व्यवस्था गर्ने,
७. संक्रमणितलाई घृणा होइन कि माया र हौसला दिनेः चाहे परिवार, समाज वा अन्य शुभचिन्तकबाट !

कोरानो संक्रमित शाह अध्यागमन विभागका निर्देशक हुन्

प्रतिक्रिया दिनुहोस