९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् १७औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० कर्मचारी

अ+ अ-

काठमाडौँ । १७औँ निजामती सेवा दिवसमा ४० जना कर्मचारी पुरस्कृत गरिएको छ ।

निजामती दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने परम्परा अनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

प्रशासन सिँहदरवार विशेष स्रोतलाई प्राप्त जानकारी अनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना कर्मचारीहरूमा जनकराज दाहाल, सुशील कुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, डिलाराम पन्थी, सुरतकुमार बम, टामलाल पाण्डे, सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा रहेका छन् ।

यस वर्ष पनि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कुनै कर्मचारीले पाएका छैनन् ।

सम्बन्धित समाचार : यस पटक पनि भेटिएनन् सर्वोत्कृष्ट निजामती कर्मचारी !

त्यसैगरी ३० जना कर्मचारीलाई निजामती पुरस्कारले पुरस्कृत गरिएको छ । निजामती कर्मचारीबाट पुरस्कृत हुने रघुराम विष्ट, कुवेर नेपाली, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, रोशनी देवी कार्की, अञ्जनकुमार मिश्र, डा. वीरेन्द्रकुमार मिश्र, बाबुराज अधिकारी, टिकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे मञ्जु सिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य रहेका छन् ।

यसै गरी प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयाँल ती स्रोतले प्रशासनलाई बतायो ।
उत्कृष्ट कर्मचारीलाई जनही एक लाख रुपियाँ र सम्मान पत्र तथा निजामती पुरस्कार पाउनेले जनही ५० हजार नगद र सम्मान पत्र दिइँदै आइएको छ ।

सरकारले भोलि सोमबार नामावलीहरू सार्वजनिक गर्ने छ । कोरोना भाइरस सङ्क्रमणका कारण भोलि औपचारिक समारोह नगर्ने पुरस्कार समितिको निर्णयसँगै पुरस्कार पछि मात्र वितरण गरिने छ ।

निजामती सेवा पुरस्कारका लागि नाम सिफारिस गर्न सबै मन्त्रालय, आयोग लगायत केन्द्रीय निकायलाई आह्वान गरिएकोमा कूल १८३ जना कर्मचारीहरूको नाम सिफारिस भई आएका थिए ।

यस वर्षको निजामती सेवा दिवसको मूल नारा ‘स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन’ रहेको छ । नारा छनौटका लागि सार्वजनिक सूचना जारी गरिएकोमा ८२ वटा नारा प्राप्त भएका थिए ।

सम्बन्धित समाचार : निजामती दिवसको नारा : स्वच्छ र समक्ष निजामती प्रशासन, समृद्धि र सुशासन

पुरस्कार सिफारिस गर्दा विभागीय सजाय पाएको, कार्यसम्पादन मूल्याङ्कनमा शत प्रतिशत अंक प्राप्त नगर्ने, सर्वोत्कृष्टका लागि १५ वर्ष, उत्कृष्टका लागि १० वर्ष र निजामती सेवा पुरस्कारका लागि ५ वर्ष सेवा अवधि नपुगेको, व्यक्तिगत बेरुजु देखिएको, गयल कट्टीमा परेको र सम्पत्ति विवरण नबुझाएको कर्मचारी पुरस्कारका लागि योग्य नहुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी विस्तृत छानबिन भइरहेका र यसअघि निजामती सेवा पुरस्कार प्राप्त गरेका र विगत ३ वर्षभित्र नेपाल सरकारबाट विभूषण प्राप्त गरेका कर्मचारीलाई पनि समावेश नगरिएको पनि समावेश नगरिएको जनाइएको छ ।

विगतको भन्दा यस पटक सिंहदरबार र आफन्त भन्दा केही पर गएको देखिए पनि पूर्णरुपमा निष्पक्ष भने नदेखिएको एक उच्च अधिकारीले बताएका छन् । साँच्चिकै काम गर्ने व्यक्ति पनि प्रारम्भिक सूचीमा समावेश रहेको भए पनि निर्णय भई आउँदा ती व्यक्तिहरू पर्न सकेनन् ।

नामावली अपडेट

प्रतिक्रिया दिनुहोस