११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवा किन यस्तो ?

अ+ अ-

नेपालमा हरेक वर्षको भाद्र २२ मा देश भरी विभिन्न कार्यक्रम गर्दे निजामती सेवा दिवस मनाईन्छ । देश चलाउन प्रशासन चाहिन्छ । अनि सरकारी रुपमा नियुक्त प्रशासक या भनौ कर्मचारीले दिने सेवाको त्यो दिन दिवस हो ।

निजामती दिवस वि.स.२०६२ सालबाट यस दिवस सुरुवात भएको हो । तत्कालीन प्रधानमन्त्री टंक प्रसाद आर्चाय वि.स.२०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यो दिवस मनाउन थालियो । यो दिनमा सम्बन्धित मन्त्रालय (सामान्य प्रशासन) उत्कृट निजामती कर्मचारीलाई पुरस्कृत गर्ने पूर्व कर्मचारी अथार्त सेवा निवृत्तहरुलाई पनि सम्मान गर्ने कार्यक्रम आयोजना गर्दछ ।

निजामती सेवा आर्दश र अस्तित्व राज्यसंग प्रत्यक्ष जोडिएको हुन्छ । र राज्यले आफ्ना नागरिकलाई उपस्थिति र न्यायमा आधारित सेवा प्रदान गर्ने निजामती कर्मचारीहरुको भुमिका अतुलनीय छ । निजामती सेवाको आर्दश र यस क्षेत्रमा अन्य क्षेत्रबाट व्यवहारले सुशासन र प्रशासनप्रति जन विश्वास जाहेर गर्दछ । हामीले बाहिरबाट देखेको निजामती सेवा र भित्रको निजामती सेवा त आकाश धर्तीको फरक पो रहेछ ।

२०५३ सालमा निजामती सेवा सुरुवात गर्दाको दिन म जिन्दगीको सबैभन्दा खुसी भएको दिन थियो । तर त्यो खुसी २ महिना पनि टिकेन । निजामती सेवा भित्रको खास समस्या भनेको चाकडी हुँदो रहेछ । सामान्य पदमा भए पनि शैक्षिक योग्यताले विविध विषयमा दखल राख्ने व्यक्तिहरूको चाकडी बिना उसको क्षमता र योग्यताको कुनै मूल्य नहुँदो रहेछ । हीनताबोधका कारण यो सेवालाई तिलाञ्जली दिएर अन्य केही गरौँ जस्तो हुने रहेछ । तर पनि बेला बेलामा केही सुधार भई हाल्छ कि भन्ने झिनो आशा र हामी सबै मिलेर यस्ता विकृति हटाउनु पर्छ भन्ने आशा पनि लाग्ने रहेछ । तर कुरा कसले सुनिदिने चाकडी नगर्नेहरूको यो विषय मलाई मात्र नभएर इमानदार आम कर्मचारीलाई लाग्दछ होला ।

जो व्यक्तिसँग नयाँ आइडिया, विषयवस्तु, समसामयिक मामिला, नयाँ नयाँ प्रविधिको ज्ञान, कुनै विषयमा विज्ञता हुँदैन । ऊ व्यक्तिमा यस्तो चाकडी गर्ने कला हुँदो रहेछ । यसले सबै विषयवस्तुलाई गौण बनाउँदो रहेछ । कसरी हुन्छ चाकडी गर्ने । अरूलाई कसरी खुइल्याउने र आफू राम्रो बन्ने । सोझो कर्मचारी समातेर आफ्नो काम अरूलाई लगाउने । उच्च ओहोदाको व्यक्तिलाई प्रभावमा पार्न राजनीतिको धाक लगाएर हुन्छ कि, त्यसबाट नभए कोसेली तथा विविध सेवा सुविधा उपलब्ध गराएर हुन्छ । आफ्नो प्रभावमा पार्ने जसबाट सेवाग्राहीले प्रभावकारी सेवा नपाउने समस्या सृजना हुँदो रहेछ । यसको सिको गर्दै चाकडी नगर्ने कर्मचारी पनि निजामती भित्रको यो अवस्था बिना पार लाग्न सकिँदैन भनी चाकडी तर्फ उन्मुख हुने विकृति पनि मौलाउँदो अवस्थामा रहेछ । जसको कारण आम कर्मचारीप्रति जनताको दृष्टिकोणमा परिवर्तन ल्याउन नसकेको अवस्था छ ।

उता बिचरा चाकडी नगर्ने इमानदार कर्मचारीलाई त अफिस जाँदा बाटोमा ५ मिनेट कुनै कारणले ढिला भए पनि केरकारमा परिन्छ कि भन्ने चिन्ता छ । उता १० बजेदेखि ५ बजेसम्म सेवाग्राहीसँगै हुन्छ । खाली समय अध्ययनमा बिताउँदछ । नयाँ नयाँ प्रविधिको प्रयोगमा जोड दिन्छ । समसामयिक विषयवस्तुमा दखल राख्दछ । विभिन्न तालुक निकायका नयाँ नयाँ परिपत्र, कार्यविधि अध्ययन गर्दछ । तर पनि निजामती क्षेत्र भित्र उसको एउटै समस्या छ । उच्च इमानदार कर्मचारीहरू क्रमशः कार्यालयको काममा हुँदा, कार्यालयको विधि पद्धतिमा चल्दा, सेवाग्राहीसँग हुँदा, देश र जनताको सेवामा हुँदा, अध्ययन अनुसन्धानमा रहँदा, अन्तमा देशको विकास र सम्बृद्धिको लागि ओहोदाको चाकडी गर्ने विधि थाहा छैन । उसले त्यो मान्यता पनि राख्दैन त्यसैले उसले कुनै तक्मा, पुरस्कार, उत्कृष्ट कर्मचारी पाएको छैन । त्यसैले उसले राज्यप्रति गर्ने कामकारबाही पनि सुरुका दिनको तुलनामा सुस्त हुँदै गएको देखिन्छ ।

कथा
एउटी (यौनकर्मी)को मृत्यु भयो । संयोगले सोही दिन नजिकै बस्ने सन्यासीको पनि मृत्यु भयो । यमराज लिन आए । सन्यासीलाई नर्क, यौनकर्मीलाई स्वर्ग लैजाने तयारी भयो । सन्यासी ठू–ठूलो स्वरमा चिच्याउन थाल्यो–‘यो कस्तो अन्याय । म नर्कमा र यौनकर्मीलाई स्वर्गमा ।’ यमराजले भने–एक पटक चित्रगुप्तसित सोध्नुहोस् ।

सन्यासीले फेरी कड्किएर भन्यो–सारा जिन्दगी शास्त्र पढेरै बिताएँ, जिन्दगी प्रभुको नाम जपेरै बिताएँ । फेरि यस्तो अन्याय मलाई किन ।

सन्यासीलाई यमलोकमा उपस्थित गराइयो, चित्रगुप्तले खाता पल्टाउँदै भने–यौनकर्मी मदिरा पिउँथी, भोगमा रहन्थी जब तिमी भजन गाउँथ्यौ, धूप–दीप जलाउँथ्यौ । तिमी जब मन्दिरमा घण्टी बजाउँथ्यौ तब उनी सोच्दथिन्–‘कहिले मेरो जीवनमा यी सब कुरा गर्ने सौभाग्य मिल्छ ? कहिले मन्दिरमा बसेर भजन गाउँन पाउँछु ? कहिले दीप जलाउन पाउँछु ?’

जब तिम्रो घरबाट धूपको सुगन्ध यौनकर्मीको घरमा पुग्थ्यो उनी आफूलाई भाग्यमानी सम्झिन्थिन्, घण्टीको आवाज सुनेर आनन्द लिन्थिन् ।

तिमी धूप–दीप जलाउँथ्यौ पूजापाठ गर्दा पनि यो सोच्थ्यौ यौनकर्मी सुन्दर छिन् तर म उनको घरमा कसरी जाउँ । तिमीले हिम्मत जुटाउन सकेनौँ । तिम्रो सामाजिक प्रतिष्ठा तिम्रो बीचमा बाधक बन्यो । गाउँका सब मान्छेहरू तिमीलाई सन्यासीको रुपमा पुज्दथे ।

जब यौनकर्मी नाँच्थिन्, मदिरा पिउथिन्, तिम्रो मनमा वासना जाग्थ्यो । तिमी सधै आफूलाई अभागी ठान्थ्यौ । त्यसैले तिमीलाई नर्कमा ल्याइयो र यौनकर्मीलाई स्वर्गमा ।

यौनकर्मी हिलोमा भए पनि कमल हुन लम्किदै थिई, तिमी आँफैमा कमल थियौ तर हिलोमा गड्दै गयौ । मूख्य प्रश्न तिमी बाहिरबाट कस्तो छौ ? भन्ने होइन मूख्य प्रश्न त तिमी भित्रबाट के छौ भन्ने हो ?

आज त्यस्तै निजामती कर्मचारीमा देखिएको छ । बाहिर देखावटी सन्यासी तर सोच फरक बाहिर यौनकर्मी तर भित्री सोच सन्यासी जस्तो किन ?

प्रतिक्रिया दिनुहोस