१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्यारेट नियुक्त, शपथ ग्रहण पनि सम्पन्न

अ+ अ-

वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका रुपमा एमी कोने ब्यारेटले शपथग्रहण गरेकी छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित ब्यारेटको नाम माथिल्लो सदन सिनेटले सोमबार पारित गरेपछि उनले सपथग्रहण गरेकी हुन् ।

सिनेटको न्यायिक समितिमा विपक्षी डेमोक्रेट सदस्यहरुले अहिले न्यायधिश नियुक्त गर्ने उपयुक्त समय नभएको भन्दै विरोध जनाएपछि उनको नियुक्तिमा विवाद हुँदै आएको थियो ।

सिनेटमा अल्पमतका नेता चाल्र्स शुमर र समितिमा रहेका डेमोक्रेट सदस्यहरुले न्यायाधीश नियुक्ति प्रक्रिया शुरुदेखि नै लज्जाजनक रहेको बताउँदै आएका थिए ।

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा न्यायाधीश नियुक्त गर्ने प्रक्रिया र पद्धति नै गलत रहेको र यस्तो पद्धतिमा सहभागी भएर वैधानिकता दिने कार्य आफूहरुका लागि स्वीकार्य नरहेको उनीहरुको भनाइ थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत सेप्टेम्बर २६ मा ४८ बर्षिय एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गर्नुभएको थियो । राष्ट्रपतिको मनोनयनलाई सिनेटबाट पारित गर्नुपर्ने व्यवस्था छ ।

ब्यारेट सर्वोच्च अदालतका दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने सर्वोच्च अदालतका पूर्वन्यायाधीश एन्टोनिन स्केलियाको क्लर्क भई काम गरेको अनुभव छ । ब्यारेट यसअघि संयुक्तराज्य मेरिकाको सातौँ सर्किटको पुनरावेदन अदालतमा न्यायाधीश थिइन् ।

उदारवादी भनेर चर्चित न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन भएपछि सर्वोच्च अदालतमा रिक्त भएको स्थानमा राष्ट्रपति ट्रम्पले ब्यारेटलाई मनोनयन गरेकी हुन् । उनले मङ्गलबारदेखि नै काम शुरु गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस