११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहमा आर्थिक अनुशासन कायम गर्ने संयन्त्र बन्नेछ : मन्त्री त्रिपाठी

अ+ अ-

परासी । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठीले स्थानीय तहमा बढ्दो आर्थिक अनुशासनहीनता नियन्त्रण गर्न उपयुक्त कानूनी संयन्त्रको खाजी भइरहेको जानकारी दिएका छन् ।

स्थानीय तहको लेखापरीक्षण र महालेखा परीक्षकको प्रतिवेदन छलफल गर्ने उपयुक्त ठाउँको विषयमा वर्तमान कानून र संविधान मौन रहेको उनले उल्लेख गरे।

गृहजिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका गुठिप्रसौनीमा आज पत्रकारसँग कुराकानी गर्दै मन्त्री त्रिपाठीले भने, ‘सङ्घ र प्रदेशको लेखापरीक्षण प्रतिवेदन छलफल गर्नै ठाउँ तोकिएको छ तर स्थानीय तहको विषयमा संविधान मौन छ, उक्त प्रतिवेदनमा छलफल गर्ने संयन्त्रका लागि हामी कानूनी व्यवस्थाको तयारीमा छौँ ।’

स्थानीय तहको लेखापरीक्षण प्रतिवेदन छलफल गर्न प्रदेश सार्वजनिक लेखा समितिका सदस्यको संयोजकत्वमा जिल्ला समन्वय समिति प्रमुख र महालेखापरीक्षकले तोकेका प्रतिनिधि सदस्य रहने र जिल्ला समन्वय समितिलाई सचिवालय तोक्ने गरी संयन्त्र बनाउन लागिएको उनले जानकारी दिए ।

मन्त्री त्रिपाठीले स्थानीय तहमा विकास खर्च गर्न सक्ने प्राविधिक जनशक्तिको अभाव रहेको पनि उल्लेख गरे । संसदको राज्यव्यवस्था समितिमा विचाराधीन रहेको सङ्घीय निजामति सेवा ऐनका केही विषयमा मतभिन्नता रहेको बताउँदै मतैक्यकता गराएर आगामी हिँउदे अधिवेशनमा पारित गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

मन्त्री त्रिपाठीले कोरोना सङ्क्रमितको उपचार अहिले पनि सरकारले नै गरिरहेको तर गलत प्रचारबाजी गरिएको दाबी गरे । फरक प्रसङ्गमा मन्त्री त्रिपाठीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन हुन नहुनेमा जोड दिए । उनले भने, ‘नेकपा विभाजन भएमा अहिलेको राज्यप्रणालीमै असर पुग्छ, संविधान घाइते हुन्छ, पार्टी एकता र सरकारको सफलता समग्र प्रणालीसँग जोडिएकाले पटकपटकको विवादले चिन्ता बढाएको छ ।’ साथै उनले आफू कुनै पार्टीमा प्रवेश नगरी छुट्टै पार्टी घोषणाको तयारीमा रहेको समेत खुलासा गरे ।

प्रतिक्रिया दिनुहोस