१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना विरुद्धको रुसी खोप ९२ प्रतिशत प्रभावकारी भएको दाबी

अ+ अ-

काठमाडौँ । कोरोना भाइरस कोभिड –१९ विरुद्धको रुसी खोप ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ । १६ हजार स्वयम्सेवहरुलाई ‘स्पटनिक भी’ खोप लगाएको डाटाका आधारमा नतिजा सार्वजनिक भएको हो ।

केही दिन अगाडि अमेरिकाको फाइजर र जर्मनीको बायोएनटेक कम्पनीले ४३ हजार मानिसमा गरिएको अध्ययन एवम् परीक्षणपछि खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको बताएको थियो । तर, स्पट्निको डाटा तुलनात्मक रुपमा थोरै मानिसमा आधारित भएपनि प्रारम्भिक रिसर्चको नतिजा भने उत्साहजनक मानिएको छ । यो खोप मस्काउस्थित ‘नेस्नल रिसर्च सेन्टर फर एपिडेमिओलोजी एण्ड माइक्रोबायोलोजी’ले तयार गरेको हो । हाल बेलारुस, यूएई, भारत र भेनेजुएलामा तेस्रो चरणको क्लिनिकल ट्रायल सञ्चालन गरिरहेको छ ।

तर यसबारे कतिपय वैज्ञानिकहरुले खुसी व्यक्त गरेका छन् भने कतिपयले चाहिँ डाटा निकाल्नमा हतार गरिएको बताएका छन् ।

हालसम्म स्पट्निकले स्वास्थ्य सुरक्षा सम्बन्धी कुनै समस्या देखाएको छैन । रुसी अनुसन्धानकर्ताका अनुसार स्वयमसेवकहरुले दुईमध्ये खोपको पहिलो डोज लगाएको २१ दिनसम्म कुनै गम्भीर प्रतिक्रिया अथवा साइड इफेक्ट देखिएका छैन ।

तर, फाइजर जसरी नै यसको पनि पूरा डाटा संकलन भएपछि मात्र आधिकारिक मान्यता दिन सकिने बताइएको छ । फाइजर र स्पट्निक दुवै खोपले दुई महत्वपूर्ण प्रश्नको उत्तर दिन सकेका छैनन् । के यसले वृद्धहरुमा पनि प्रभावकारी रुपमा काम गर्नेछ जो सबैभन्दा बढी कोरोनाको जोखिममा हुन्छन् ? यसबाट प्राप्त सुरक्षा कति समयसम्म रहन सक्छ ? रुसी वैज्ञानिकहरुले यस सम्बन्धी सबै तथ्यांकहरु प्रमुख अन्तराष्ट्रिय मेडिकल जर्नलमा प्रकाशित गरिने बताएका छन् । यदि सबै तथ्यांक सकारात्मक देखिए भाइरस विरुद्ध मानिसहरुलाई बचाउने एकभन्दा बढी उपाय निश्चित हुनेछ ।

हाल विश्वव्यापी रुपमा सयौँ खोपहरु निर्माण प्रक्रियामै छन् । केही दर्जन परीक्षणको अन्तिम चरणमा पुगेका छन् जसमध्ये स्पट्निक, अक्सफोर्ड खोप र फाइजर रहेका छन् । फाइजर खोपले कोरोना भाइरसको केही हिस्सा, जेनेटिक कोड शरीरमा प्रवेश गराई प्रतिरोधात्मक प्रणालीलाई अभ्यास गराउँछ भने अन्य दुई खोपले चाहिँ कोरोना भाइरससँग मिल्दोजुल्दो अन्य हानीरहित भाइरसलाई परिमार्जित गरि त्यसको प्रयोग गरिरहेका छन् । सबै खोपका दुई डोज नै आवश्यक पर्ने बताइएको छ ।

तर, स्पट्निकको सबैभन्दा ठूलो फाइदा भनेको यसलाई फाइजर जसरी माइनस ८० डिग्रीको अत्यन्तै कम तापमानमा स्टोर गरि राख्नुपर्ने छैन ।

मस्काउको गमेलिया रिसर्च सेन्टरका प्रमुख एलेक्जेन्डर गिन्टसबर्गले बताए अनुसार स्पट्निक भी छिट्टै ठूलो जनसङ्ख्या माझ उपलब्ध हुनेछ जसले पहिले रुसमा कोरोना संक्रमणको दर नियन्त्रण गर्नेछ भने पछि विश्वव्यापी प्रयोगमा आउनेछ ।

यसबारे इम्पेरियल कलेज लन्डनका प्रोफेसर चाल्स बनगमले, यो नतिजाले कोभिड–१९ विरुद्ध प्रभावकारी खोप निर्माण गर्न सम्भव रहेकाबारे अझ बढी सुनिश्चितता दिलाएको बताएका छन् । तर, अझैपनि फाइजार र स्पट्निक दुवै खोपको सुरक्षा र प्रभावकारीताबारे पूर्ण मूल्यांकन आवश्यक रहेको बताए ।

‘युनिभर्सिटी अफ एडिनबर्ग’ का प्रोफेसर इलेनर रिलेले चाहिँ हतारिएर डाटा निकालेकाबारे चिन्ता व्यक्त गर्दै भनेका छन्, “यो कुनै प्रतिस्पर्धा होइन । हामीले सम्भव भएसम्मका उच्च स्तरमा ट्रायल सञ्चालन गर्नुपर्ने हुन्छ ।”

हाल रिसर्चरहरुको अनुमानमा स्पट्निक भी को ५० वटाभन्दा बढी देशबाट १।२ अर्ब डोजको माग आइसकेको छ । र, उनीहरुले विश्वव्यापी बजारका लागि प्रत्येक वर्ष ५० करोड डोजसम्म उत्पादन गर्न सक्ने दाबी गरेका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस