९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा एक अफ्रिकी-अमेरिकीलाई हत्याकाण्डमा मृत्युदण्ड दिइयो

अ+ अ-

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा संघीय कानुन बमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो कार्यकाल सकिनै लाग्दा संघीय कानुन बमोजिम मृत्युदण्ड दिएको भन्दै चौतर्फी विरोध पनि भएको छ ।

इन्डियाना राज्यको टेरी हट कारागारमा ४० वर्षीय अफ्रिकी-अमेरिकी ब्रान्डोन बर्नार्डलाई सुईबाट घातक विषाक्त दिएर मृत्युदण्ड दिइएको हो । सन् १९९९ मा टेक्सासमा भएको एक हत्याकाण्डमा बर्नार्डको संलग्नता पुष्टी भएको थियो जतिबेला उनी १८ वर्षका थिए ।

कारागारमा बर्नार्डले राम्रो व्यवहार गरेको र उनीमा धेरै सुधार आएको भन्दै उक्त मृत्युदण्डलाई आजीवन काराबासमा परिणत गर्न झण्डै पाँच लाख व्यक्तिले लिखित अनुरोध गरेपनि संघीय अधिकारीहरुले त्यसलाई सुनुवाई गरेका थिएनन् ।

सन् १९९९ मा टेक्सासमा एक दम्पतीलाई लुटपाट गर्नेक्रममा बर्नार्ड सहित अरु चार किशोरहरुले ती दम्पतीलाई हत्या गरी उनीहरु चढेको कारमा राखेर आगो लगाइदिएका थिए । बर्नार्डले गोली नचलाए पनि आगो लगाउन मद्दत गरेका थिए ।

बर्नार्डका अर्का साथी एवं गोली चलाउने क्रिस्टोफर भियाल्भालाई गत सेप्टेम्बरमा मृत्युदण्ड दिइएको थियो । उनी पनि घटना हुँदाका दिन १९ वर्षका मात्र थिए । समूहका अरु सदस्यहरु भने घटना हुँदाका दिन १८ वर्ष नपुगेको भन्दै अदालतले सुधार गृहमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस