९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाग्मतीबाट १० मेट्रिकटन फोहर व्यवस्थापन

अ+ अ-

काठमाडौँ । माघ महिनाको चिसो भए पनि बिहानै अभियानकर्मीले वाग्मती नदी किनारमा जम्मा भएर नदी सफाइ महाअभियानलाई निरन्तरता दिएका छन् ।

वाग्मती सफाइ महाअभियानको ४०२औँ हप्तामा आज मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । बिहान दुई घण्टा भएको सफाइमा करिब १०० जना अभियानकर्मीको सक्रियता थियो । सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए । सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । महानगरपालिकाले व्यवस्थापन गर्न गाडीमा राखेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको महाअभियानले जनाएको छ ।

सफाइमा आलोकनगरका अभियानकर्मीको पनि सक्रियता थियो । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, आलोकनगर, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा प्रत्येक हप्ताका शनिबार सफाइ गरिँदै आएको छ ।

वाग्मती सफाइ महाअभियानले ४०२ हप्ता पार गरे पनि वाग्मती आशातीत सफा हुन सकेको छैन । अझै पनि वाग्मतीको मुहान क्षेत्रमै ढल हाल्ने क्रम रोकिएको छैन । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई जिम्मेवारी पूरा गर्ने गरी कानूनीरुपमा सक्षम नबनाइएको गुनासो त्यहाँका पदाधिकारीले गर्दै आएका छन् ।

एसियाली विकास बैंकको ऋण सहयोगमा भइरहेको वाग्मती सौन्दर्यीकरणको कार्यक्रम पनि समयमा सकिएको छैन । जग्गा मुआब्जा, नदी किनार कब्जा गर्दै अव्यवस्थित बसोवास गर्नेका कारण वाग्मती सौन्दर्यीकरणको काम समयमा हुन नसकेको हो । नयाँबानेश्वर र सिनामङ्गल क्षेत्रमा रहेका अव्यवस्थित बसोवासीसँग सहमति गरेर नै नदी सौन्दर्यीकरणको काम अघि बढाउन लागिएको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा. माला खरेलले बताए।

नागरिकस्तरबाट स्वयंसेवीरुपमा सफाइ जारी रहँदा सरकारी निकाय अधिकार सम्पन्न वाग्मती पनि नदीमा फोहर गर्नेलाई दण्ड, जरिवाना गर्न स्थानीय तहको सहयोग लिएर लाग्नुपर्ने अभियानकर्मीको माग छ ।

प्रतिक्रिया दिनुहोस