१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्यानमारकी नेत्री आङ सान सूचीमाथि मुद्दा दायर

अ+ अ-

म्यानमार । म्यानमारमा सेनाले कू गरेको तेस्रो दिन हिजो (बुधबार) जननिर्वाचित नेत्री आङ सान सू चीमाथि प्रहरीले कैयौँ अभियोगहरू दर्ता गरेको छ।

प्रहरी दस्तावेजहरूका अनुसार फेब्रअरी १५ तारिखसम्म उनी हिरासतमा रहनेछिन्। नेत्री सूचीमाथि आयात तथा निर्यातसम्बन्धी कानुनहरूको उल्लङ्घन गरेको र सञ्चारका अवैध उपकरणहरू राखेको लगायतका अभियोग लगाइएको छ।

सैन्य कूपश्चात्‌ सेनाले नियन्त्रणमा लिएपछि उनलाई कहाँ राखिएको छ भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। तर कतिपय विवरणहरूमा जनाइएअनुसार राजधानी नेपिद्‌अस्थित निवासमै सूचीलाई नजरबन्दमा राखिएको छ।

पदबाट हटाइएका राष्ट्रपति विन मिनविरुद्ध पनि प्रहरीले अभियोग दर्ता गरेको छ। उनीमाथि कोरोनाभाइरस महामारीबीच भेलासम्बन्धी नियमहरू उल्लङ्घन गरेको अभियोग लगाइएको छ। मिनलाई पनि दुई साताका लागि हिरासतमा राखिएको छ।

सोमवार सखारै सेनाले कू गरेपश्चात्‌ नेत्री सूची अथवा मिनको तर्फबाट कुनै अभिव्यक्ति आएको सुनिएको छैन। सेनाले एक वर्षका लागि सङ्कटकाल लागु गरेको छ र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने बताएको छ। तर जननिर्वाचित सरकारलाई च्युत गरेकोमा अन्तर्राष्ट्रिय समुदायबाट सेनाको निन्दा भइरहेको छ।

यसैबीच सू चीका समर्थहरूले सोमवार सत्ता हत्याएको सैनिक सरकारविरुद्ध नागरिक अवज्ञाको अभियान सञ्चालन गर्न आह्वान गरेका छन्। थुप्रै स्वास्थ्यकर्मीहरूले सैनिक अधिकारीहरूसँग सहकार्य नगर्ने घोषणा गरेका छन्।

देशको व्यापारिक राजधानी याङ्गुनका बासिन्दाले रातको समयमा मोटरकारका हर्न बजाएर र घरका भाँडाकुँडा बजाउँदै चर्को आवाज निकालेर सैनिक सरकारप्रति अवज्ञा जनाएका थिए।

म्यान्मारमा सङ्कटकाल लागु गरिएपछि हाल ११ सदस्यीय सैनिक कमिटीले देशमा शासन गरिरहेको छ। सेनाले भूतपूर्व सत्ताधारी दल न्याश्नल लीग फर डिमोक्रेसीका केही गैरसैनिक राजनीतिज्ञलाई हिरासत मुक्त गर्न शुरू गरेको छ।-बीबीसी

प्रतिक्रिया दिनुहोस