१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरीमा नगर महोत्सवको लहर

अ+ अ-

महोत्तरी । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

बर्दिवासमा विसं २०७४ देखि बर्दिवास उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्दै आएको छ । यद्यपि गत वर्ष २०७६ मा भने कोभिड–१९ महामारीका कारण महोत्सव हुनसकेको थिएन । हिउँदमा आयोजना हुँदै आएको बर्दिवास महोत्सव यसपालि यही फागुन २५ गतेदेखि चैत ८ गतेसम्म १३ दिन आयोजना गर्न लागिएको बर्दिवास उद्योग वाणिज्य सङ्घका महासचिव भवनाथ खतिवडाले जानकारी दिए ।

‘हामीले बर्सेनि महोत्सवको परम्परा बसालेका छौँ, गत वर्ष कोरोना प्रकोपले निरन्तरता दिन सकिएन’, महासचिव खतिवडाले भने, ‘यसपालि आयोजना गर्न लागिएको महोत्सवले कोरोनाका कारण थलिएको व्यापार प्रवर्द्धन हुने आस पालेका छौँ ।’

महोत्सवमा स्थानीय उद्यमलाई प्रोत्साहन दिने, कृषि उपज प्रदर्शनी तथा बिक्रीकक्ष सञ्चालन गरिने र स्थानीय सांस्कृतिक परम्पराको जगेर्ना गर्ने उद्देश्य रहेको सङ्घले जनाएको छ । महोत्सवमा रु ३५ लाख खर्च गरिने र एक लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने लक्ष्य रहेको महासचिव खतिवडाको भनाइ छ ।

यसैबीच बर्दिवाससँगै जोडिएको जिल्लाकै अर्को नगरपालिका गौशालाले पनि यस वर्षदेखि महोत्सवको थालनी गर्ने भएको छ । बर्दिवासको जस्तै व्यापार प्रवर्द्धनमा टेवा पुग्ने उद्देश्यसाथ यही आउने चैत ६ गतेदेखि १७ गतेसम्म ११ दिन सञ्चालन हुने प्रथम गौशाला महोत्सव गौशाला उद्योग वाणिज्य सङ्घले आयोजन गर्न लागेको हो ।

‘कृषि उपजभित्र तरकारी उत्पादनका लागि हाम्रो नगर क्षेत्र उम्दा रहँदै आएको छ, हामी महोत्सवमा यहाँको स्थानीय उत्पादनबारे जानकारी छर्न चाहन्छौँ’, गौशाला उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम साह भन्छन्, ‘यसबाहेक हाम्रा स्थानीय लघुउद्यमबाट उत्पादित वस्तु पनि महोत्सवमा प्रदर्शनी र बिक्रीमा राखिने छन् ।’ आफ्नो नगरको परिचय र आफ्नो भन्न सकिने उत्पादनबारे उपभोक्तालाई आकर्षित गर्नु महोत्सवको मुख्य ध्येय हुने अध्यक्ष साहको भनाइ छ ।

दुवै नगरमा आयोजना हुन लागेका महोत्सवको स्थानीय संरक्षकत्व सम्बन्धित नगरपालिकाले लिएका छन् । स्थानीय उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेका महोत्सवको पूर्ण सफलताका लागि सिङ्गो नगरपालिका नेतृत्व क्रियाशील हुने बर्दिवास र गौशाला नगरपालिकाका प्रमुखहरूको भनाइ छ ।

यता महोत्सवको आयोजना उद्देश्यका दृष्टिले ठिक भए पनि विगतका अनुभव सम्झँदा कृषि उपज प्रदर्शनी र बेचबिखन, स्थानीय उद्यम प्रवद्र्धन र सांस्कृतिक जगेर्नाको पक्षभन्दा नाचगानले प्रश्रय पाएको बर्दिवासका आम सर्वसाधारणको टिप्पणी छ । महोत्सवलाई नाचगानभन्दा किसानलाई प्रोत्साहन गर्ने र स्थानीय उद्यमको प्रवर्द्धनमा केन्द्रित हुन आवश्यक देखिएको बर्दिवास–२ का सामाजिक, राजनीतिक कार्यकर्ता उमेश आचार्य बताउँछन् ।

प्रतिक्रिया दिनुहोस