१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल सरकारका चार सचिवले गरे अरुण तेस्रोको स्थलगत अनुगमन

अ+ अ-

खाँदबारी । नेपाल सरकारका विभिन्न मन्त्रालयका चार सचिवले सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।

सेनाको हेलिकप्टरबाट बुधबार बाँध निर्माणस्थल फ्क्सिन्दा र पावर हाउस निर्माणस्थल दिदिङको पुखुवा पुगेर उनीहरुले अरुण तेस्रोको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका हुन् । गृहसचिव महेश्वर न्यौपाने, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, परराष्ट्र सचिव भरतराज पौड्याल, रक्षा सचिव रेश्मीराज पाण्डे र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको टोलीले अरुण तेस्रोको स्थलगत अवलोकन गरेका हुन्।

उनीहरुले भारतीय निर्माण कम्पनी सतलज जलविद्युत् निगमले पछिल्लोपटक निर्माणको जिम्मा पाएको तल्लो अरुणको पनि अवलोकन गरेका थिए। अरुण–३ पावर डेभलपमेन्ट कम्पनीका सिइओ अरुण धिमानले विद्युतगृहस्थल पुखुवामा निर्माण भइरहेको सुरुङमार्ग र पावरहाउसका लागि निर्माण हुन लागेको अन्डरग्राउण्ड भवनका बारेमा जानकारी गराए । उनले तोकिएकै समयमा विद्युत् उत्पादन गर्ने पनि बताए ।

गृहसचिव न्यौपानेले आयोजना निर्माणमा कसैले अवरोध गर्न नहुने बताए। अरुण तेस्रोका लागि सेना, प्रहरी र सशस्त्रले सुरक्षा दिइसकेको पनि जानकारी दिए । ‘नीयस्तरमा देखिएको समस्यालाई लगानी बोर्डमार्फत समाधान गर्ने छौँ’, उनले भने, ‘स्थानीयको माग गाउँपालिकामार्फत लगानीबोर्डमा आए छिट्टै समाधान हुन्छ ।’

चिचिला गाउँपालिकाको छ्याङकुटीदेखि दिदिङस्थित पावरहाउससम्म जाने सडक एसजेभीएन कम्पनीले निर्माण गरिसकिएको छ । छ्याङकुटीदेखि चिचिला–३ पुखुवास्थित दिदिङसम्मको २८ दशमलव ६९ किलोमिटरको सडक निर्माण सम्पन्न भएको छ । परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा शिलान्यास गरेका थिए । बाँधस्थलमा जयप्रकाश एशोसियट्स निर्माण कम्पनी तथा विद्युत्–गृहस्थल क्षेत्रमा पटेल इञ्जिनीयरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस