९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्नै नपाई भत्काउन पर्ने गरी कसरी बनाइयो प्रधानमन्त्री कार्यालय ?

अ+ अ-

काठमाडौँ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सर्न नपाईकनै भत्काउन थालिएको छ । पुननिर्माणका क्रममा भित्री संरचनाहरू निर्माण गर्दा को पदाधिकारी कहाँ बस्ने र संरचना कस्तो हुने भन्ने ख्याल नगर्दा अहिले भत्काउनु परेको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली आफै खटिएको देशको प्रमुख प्रशासनिक केन्द्रस्थित मुख्य भवन प्रधानमन्त्री कार्यालयको पुननिर्माण तथा मर्मत सम्हार सञ्चालनमा आउन नपाउँदै परिमार्जन गरिँदै छ ।

भूइँतलास्थित प्रधानमन्त्रीको सल्लाहकार टिम बस्ने कतिपय कार्यकक्षहरू ‘कल सेन्टर’ जस्तै भएपछि अहिले भत्काएर फराकिलो बनाइँदै छ । रंगरोगन, कार्पेट, फर्निचरलगायत बस्नका लागि तयार भनिएको कोठाको यस्तो अवस्था देखिएपछि अहिले पुनः मिलाइँदै छ ।

‘फराकिला कोठाहरूलाई अनावश्यकरुपमा पार्टेशन गरेर साधुरा बनाउँदा सिँहदरवारको सानै गुमाएछन्’, एक उच्च अधिकारीले प्रशासनलाई भने, ‘तयार भयो भनेर प्रधानमन्त्रीबाट नै उद्घाटन गराइसकेपछि बस्न लाग्दा नमिलेको पाइएपछि तुरुन्त भत्काउन लगाएर खुला गरिँदै छ’

सम्बन्धित समाचार : प्रधानमन्त्रीद्वारा पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालय उद्घाटन

सम्बन्धित समाचार : प्रधानमन्त्रीद्वारा सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय निरीक्षण, फागुन मसान्तसम्म पुरा गर्न निर्देशन

बस्नलाई ठिक्क पारिएको कार्यकक्ष पुनः भत्काउनु परेपछि पदाधिकारीहरू केही दिन कार्यकक्षमा काम गर्न त पाएनन् नै, फलोरिङ फेर्ने या टालटुलदेखि भित्ताहरूमा समेत पुनः रङ रोगन गर्नुपर्ने देखिएको छ ।

सयौँ कोठाहरू रहेको भवनमा कुन तहको को कर्मचारीलाई कहाँ व्यवस्थापन गर्ने र त्यसअनुसार कस्तो संरचना बनाउने भन्ने बारे प्रधानमन्त्री कार्यालयले पुननिर्माण थालनी गर्नुअघि र सो क्रममै पटक पटक बोलाएर भनेपनि प्राधिकरणले आफ्नै ढङ्गले अघि बढाउँदा अहिले कर्मचारी तथा पदाधिकारीको कार्यकक्ष व्यवस्थापन गर्न नै कठिन परेको छ ।

त्यसो त कार्यालयमा राखिँदै गरेका फर्निचरहरू पनि प्रविधिमैत्री नदेखिएको कर्मचारीको गुनासोपछि अहिले त्यो समेत मिलाइन लागेको छ ।

यसबारे प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन भने केन्द्रीय आयोजना कार्यान्वयन इकाईका कर्मचारी पनि सम्पर्कमा आउन चाहेनन् ।

वर्षौँसम्म फलामे डन्डीले बन्धक बनाई राखिएको भवनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पुननिर्माण सक्न निर्देशन दिए लगत्तै काम सुरु भए पनि अझै सम्पन्न भएको छैन । यद्यपि उत्तरी, दक्षिणी र पूर्वी मोहडामा रहेको भागमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने क्रम चलिरहेको छ भने पश्चिमी मोहडा बाहिरबाट छोपेर निर्माण कार्य गरिँदै छ ।

सम्बन्धित समाचार : नछोपिएको लाज

सयौँ वर्ष पुरानो युरोपेली शैलीको भव्य राणकालिन दरबारलाई प्रधानमन्त्री कार्यालयका रूपमा प्रयोग गर्दै आएकोमा २०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि पुन निर्माणको क्रममा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस