९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘महिलालाई राजनीतिमा गलत प्रयोग नगरौँ’

अ+ अ-

टीकापुर । संविधानसभा सदस्य सुकदैया चौधरीले महिलालाई आवाजले पनि बलात्कार गर्ने गरिएको बताएकी छन् । उनले महिलालाई कमजोर पार्न चरित्रका कुरा गरेर महिलालाई बोलीबाट बलात्कार गर्ने चलन निकै बढेकामा चिन्ता व्यक्त गरिन् ।

एकसय एघारौँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा ‘समान भविष्यका लागि नेतृत्वमा समावेशिता’ विषयक अन्तक्रिया कार्यक्रममा चौधरीले राजनीति तथा सामाजिक सेवामा लागेका महिलालाई चारित्रिक प्रहार बढेको बताइन् ।

अधिकारकर्मी कमला केसीले छोरीलाई कन्यादान गरेर दिने चलन गलत भएको बताइन् । ‘छोरी अंश र बंश हो, हामी त्यही छोरी दान गरेर दिन्छौँ’, उनले भनिन्, ‘यो गलत हो, अहिले आत्महत्या गर्नेमा महिलाको सङ्ख्या बढी छ, विकल्प नदेखेर महिलाले आत्महत्या गर्छ, यसलाई रोक्न छोरीमाथि भइरहेको अत्याचार रोक्न छोरीलाई बलियो बनाउन आवश्यक छ ।’

महिला नेत्री कमला शाहीले हिंसा न्यूनीकरणका लागि योजना बनाएर काम गर्न जरुरी रहेको बताएन् । ‘पुरुषसँग प्रतिस्पर्धा गर्ने महिलालाई राजनीतिबाट पनि पाखा लगाइन्छ’, उनले भनिन, ‘हामीले कति दिन दिएको मात्र खाने ? अब हामी बलियो बन्न आवश्यक छ ।’

महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा प्राध्यापक कलावती स्वाँरले जन्मिँदा एउटै प्रकृति र पीडा भोगेर जन्मिएका छोराछोरीबीच विभेद गर्नु गलत रहेको बताइन् । ‘छोरा रातिसम्म नआउँदा पनि सोधिन्न, छोरीलाई ६ः०० बजेपछि घर बाहिर जान छुट छैन’, उनले भनिन्, ‘छोरालाई छाडा नबनाएको भए छोरी बलात्कृत हुने थिएनन् ।’

नेपाल पत्रकार महासङ्घ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटाले समान व्यवहारका लागि नेतृत्वमा रहेका महिला, राजनीतिमा आबद्ध भएका, सामाजिक अगुवाले घरबाटै थालनी गर्नुपर्ने बताइन् । ‘तपाईहरु कति जनाले छोराछोरी दुवैलाई बराबरी काम र अवसर दिनुभएको छ’, देवकोटाले भनिन्, ‘जन्मदेखि नै छोरीलाई गरिने विभेद अन्त्य गर्न महिला, पुरुष दुवै सचेत हुन जरुरी छ ।’

सामाजिक अभियानकर्मी निर्मला कडायतले महिलालाई ३३ प्रतिशत व्यवस्था संविधानले गरेकै भए पनि राजनीतिक दलले व्यवहारिकरुपमा महिलालाई अवसर दिने कुरा व्यवहारमा उतार्न नसकेको बताइन । ‘महिला पढेलेखे पनि स्वतन्त्र छैनन्, चरालाई पनि स्वतन्त्रता चाहिन्छ भने हामी मानिस हौँ’, उनले भनिन्, ‘हामीलाई सरकारले पनि ठगेको छ, पुरुष नेतृत्वले पनि ठगिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस