१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्यानमारमा रहेका चिनियाँ उद्योगमा आगजनी, प्रहरीको गोली लागेर ३८ प्रदर्शनकारीको मृत्यु

अ+ अ-

काठमाडौँ । आइतबार म्यानमारमा रहेका चिनियाँ लगानीका उद्योगमा आगजनी गरिएको छ। उद्योगमा आगजनीपछि प्रहरीले चलाएको गोली लागेर कम्तिमा २२ जना प्रदर्शनकारीको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

औद्योगिक क्षेत्रबाट आगोको मुस्लो निस्किएपछि सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली हान्न थालेका थिए। सेनाद्वारा सञ्चालित टेलिभिजनले चार वटा गार्मेन्ट उद्योग र एउटा मल बनाउने कारखानामा आगजनी भएपछि सुरक्षाकर्मीले कारबाही गरेको जनाएको छ।

अन्य ठाउँका प्रदर्शनमा आइतबार थप १६ जना प्रदर्शनकारी पनि मारिएको एसिस्टेन्स एसोसियसन फर पोलिटिकल प्रिजनर्स संस्थाले जनाएको छ। एक जना प्रहरीको मृत्यु भएको छ ।

‘यो अत्यासलाग्दो थियो। मेरै आँखाअगाडि मानिसहरूलाई गोली हानियो। यो कुरा म कहिल्यै भुल्न सक्ने छैन,’ एक जना फोटो पत्रकारले भने।

लाइङथाया र आसपासका क्षेत्रमा अहिले मार्सल ल लागू गरिएको छ। म्यानमारमा सैनिक कूविरूद्धको आन्दोलनमा अहिलेसम्म १२६ जनाको मृत्यु भइसकेको छ भने २ हजार १ सय ५० जनालाई पक्राउ गरिएको छ।

घटनामा उद्योगमा रहेका केही चिनियाँ नागरिक पनि घाइते भएको म्यानमारस्थित चिनियाँ राजदूतावासले जनाएको छ।
चिनियाँ दूतावासले आइतबारको घटनापछि परिस्थिति निकै नाजुक भएको बताएको छ ।

‘म्यानमारले हिंसात्मक गतिविधि रोक्नका लागि प्रभावकारी कदम चाल्न, दोषीलाई कानुनअनुसार दण्डित गर्न र म्यानमार रहेका चिनियाँ नागरिक र सम्पत्तिको सुरक्षा गर्न चीन आग्रह गर्दछ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ।

चिनियाँ लगानीका उद्योगमा भएको आगजनीको कुनै समूहले जिम्मा लिएको छैन। फेब्रअरी १ को कूपछि पश्चिमा मुलुकले जसरी बेइजिङले कूको विरोध नगरेपछि म्यानमारमा चीनविरोधी भावना बढेको छ। चिनियाँ कम्पनीहरूले म्यानमारका विभिन्न क्षेत्रमा ठूलो लगानी गरेका छन्।

‘तिमी म्यानमारमा शान्तिसँग व्यापार गर्न चाहन्छौ भने म्यानमारका जनतालाई सम्मान गर,’ एक जना प्रदर्शनकारीले फेसुबकमा लेखेकी छन्।

प्रतिक्रिया दिनुहोस