१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टेलिकमले लगानीकर्तालाई प्रतिशेयर ४० रुपैयाँका दरले लाभांश वितरण गर्ने

अ+ अ-

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनीले (नेपाल टेलिकम) आफ्ना शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज यहाँ सम्पन्न तेह्रौँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० का दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले सोही आवका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु पारित गरेको कम्पनीले जनाएको छ ।

टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ग्राहकको अपेक्षाअनुरुप गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराइएको बताएका थिए। उनले कम्पनीलाई सबल र अग्रणी संस्थाको रुपमा विकास गरिएको जनाउँदै बन्दाबन्दीको अवधिमा ग्राहकलाई विभिन्न सेवाहरु उपलब्ध गराइएको जानकारी दिए ।

टेलिकमले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस, जिरो ब्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीको तर्फबाट २ करोड गरी १२ करोड योगदान गरेको थियो ।

यस्तै, गत आर्थिक वर्ष २०७६/७७ मा कर तथा गैह्रकरबापत सरकारी राजश्वमा ३५ अर्ब पाँच करोड बुझाएको थियो । टेलिकमलाई गत आर्थिक वर्ष २०७६/७७ मा रु ४२ अर्ब ९९ करोड राजश्व र ९ अर्ब ७५ करोड नाफा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस