१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकार र सीमा बाहिर गएर गर्ने कार्य अमान्य -मन्त्री ठगुन्ना 

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाले सङ्घीयता कार्यान्वयन र सहजीकरण गर्ने सवालमा अधिकार र सीमा बाहिर गएर गरिने कार्य अमान्य हुने बताएका छन् ।

तीन वटै सरकारको समग्र स्वरूप नै नेपाल सरकार भएको र त्यस मातहत नै केन्द्र(सङ्घीय) सरकार, प्रदेश सरकार र स्थानीय सरकार भएकोले यसमा कुनै भ्रम नहुनसमेत उनले भने ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा नवनियुक्त सहसचिवहरूलाई ५ दिने नेतृत्व विकाश कार्यक्रम सम्बोधन क्रममा मन्त्री ठगुन्नाले सो कुरा बताएका हुन् ।

‘संविधानको दायरा बाहिर हामी जान सक्दैनौँ’ मन्त्री ठगुन्नाले भने, ‘सङ्घीयता कार्यान्वयन गर्ने र सहजीकरण गर्ने सवालमा सरकार सधैँ साथमा छ तर आ–आफ्नो अधिकार र सीमा बाहिर गएर गर्ने कार्य अमान्य हुन्छ ।’ उनले त्यस्तो कार्य संविधान र कानुन विपरीत हुने भन्दै त्यसमा कर्मचारीहरूको ध्यान जान जरुरी रहेको बताए ।

जिम्मेवारी र पदीय मर्यादा कायम राख्दै संविधानले दिएको कार्यदिशा र जिम्मेवारी कार्यान्वयन गर्नुसबैको दायित्व हुने मन्त्री ठगुन्नाको भनाई थियो ।

समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान सफल बनाउनु छ भन्दै द्रुत गतिमा अगाडि बढेर विकाशका मोडेलहरूलाई पनि परिवर्तन गर्न जरुरी भएको मन्त्री ठगुन्नाले बताए ।

मन्त्री ठगुन्नाले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि क्षमता देखाउन सफल रहेको दाबी गर्दै आगामी दिनमा अझ स्रोत–साधन सम्पन्न गराउन र अन्तर्राष्ट्रिय स्तरको बनाउन मन्त्रालय हातेमालो गर्न तयार रहेकोसमेत बताए ।

नेपाल सरकारका मुख्य सचिव शङ्कर दास वैरागीले कार्यरत भन्दा माथिल्लो पदमा पुगेपछि दायित्व र जिम्मेवारी पनि बढ्दै जाने बताउँदै यसका लागि क्षमता, होसियारी, दक्षता पनि बढाउँदै लैजानुपर्ने बताए ।

मुख्यसचिव वैरागीले भने, ‘हामीसँग भएको सीमित स्रोत र साधनको उपयोगले जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ जसका लागि सीप, ज्ञान, ऊर्जा, सकारात्मकता र जिम्मेवारीवोध सदैव हुनुपर्छ ।’

देशको शिर ठाडो भए मात्र हाम्रो शिर ठाडो हुनेसमेत मुख्यसचिव वैरागीको भनाई थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले निजामती प्रशासन भित्र धेरै चुनौतीहरू रहेको र कर्मचारीहरूले कार्य गर्दागर्दै पनि कर्मचारीप्रति नागरिकको धारणा नकारात्मक नै रहेको बताए ।

आवश्यक क्षमता, दक्षता र सिप विकाशमार्फत कर्मचारीले आफूप्रतिको नागरिकको धारणा हटाउनुपर्ने सचिव अर्यालको भनाई थियो ।

शुभारम्भ कार्यक्रमको समापन मन्तव्य राख्दै प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले अन्तरक्रियात्मक विधिबाट ज्ञान र शीपको विस्तार गर्ने कार्यक्रमले तत्काल कार्यक्षेत्रमा गएर काम गर्दा आवश्यक सिप र दक्षता विकास हुने बताए ।

नेतृत्व विकाश कार्यक्रमको संक्षिप्त जानकारी दिँदै प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक तथा सार्वजनिक प्रशिक्षण विभागका विभागीय प्रमुख विष्णु प्रसाद लम्सालले यस कार्यक्रमले नीति तहमा जिम्मेवारी प्राप्त गरेका कर्मचारीलाई आगामी दिशा निर्देशन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस