९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्पुत्निक–भी’ खोपको एक मात्रा मात्रै लगाए पुग्ने निर्माताको दावी

अ+ अ-

रूस । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोप, स्पुत्निक–भी कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा निकै प्रभाबकारी रहेको दावी गरेका छन्। उनले स्पुत्निक–भीलाई रूसी प्रसिद्ध हतियार ‘कलाश्निकोभ राइफल जत्तिकै भरपर्दो’ भनी प्रशंसा गरेका छन्।

उपप्रधानमन्त्री तात्याना गोलिकोभाका साथ गरिएको एक भिडिओ कन्फरेन्समा बिहीवार बोल्दै उनले खोपबारे उक्त भनाइ राखेका हुन् ।

रूसी स्वास्थ्य अधिकारीहरूले बिहीवार रुसमा निर्मित स्पुत्निक लाइट (स्पुतनिक–भी) कोभिड–१९ विरुद्धको खोपको एक मात्रा मात्रै लगाए पुग्ने संस्करण दर्ता गरेका बेला त्यस्तो टिप्पणी आएको हो । विश्वमा निर्मित अन्य खोपको दुई मात्रा लगाउनु पर्ने नै भएपनि स्पुत्निकको एकै मात्राले कोभिड–१९ उपचारमा निकै सफलता पाएको बताइएको छ ।

स्पुत्निक–भी खोप अक्सफर्ड र अस्ट्राजेनेका तथा जनसन एण्ड जनसन ले तयार पारेका खोप बराबर नै प्रभावकारी रहेको रूसको दावी छ ।

त्यसमा कोल्ड–टाइप भनिने निष्क्रिय तुल्याइएको भाइरसको प्रयोग हुन्छ जुन भाइरसले कोरोना भाइरसको सूक्ष्म अंश मानिसको शरीरमा प्रवेश गराउने वाहकको रूपका काम गर्छ ।

रूसले स्पुतनिक लाइटलाई उक्त खोपको दुई मात्रा लगाउनुपर्ने प्रकारले हाल संसारका एक दर्जनजति देशमा आपत्कालीन प्रयोगका लागि अनुमति पाइसकेको छ । स्पुतनिक लाइट भनिएको खोपको एक मात्रा मात्रै लगाए पुग्ने प्रकारको प्रयोगलाई रुसमा बिहीवार औपचारिक अनुमित दिइएको थियो ।

एउटा प्रेस विज्ञप्तिमा स्पुत्निक खोपसम्बद्ध अधिकारीले बताए, “स्पुतनिक लाइट खोपको देशमा गरिएको परीक्षणका क्रममा ७९.४५ प्रभावकारिता देखिएको छ । ‘एक मात्रा मात्रै लगाए पुग्ने खोपको यो प्रकारले छोटो समयमा जनसङ्ख्याको ठूलो हिस्सालाई खोप लगाउन सकिन्छ र यसबाट जटिल चरणमा प्रवेश गरेको महामारीविरुद्ध लड्न सघाउ पुग्नेछ,’ उक्त विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस