९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षाले अवरुद्ध भएका गाउँका सडक अझै खुलेनन्

अ+ अ-

डोटी । वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो आउँदा एक महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अझै सञ्चालन हुन सकेका छैनन् ।

भारी वर्षात्का कारण कम्तीमा पनि एक दर्जन बढी ग्रामीण क्षेत्रका कच्ची सडक अवरुद्ध भएका थिए । यति मात्र नभई सडक अवरुद्ध भएका कारण यहाँका गाउँघरमा रहेका व्यापारीले अहिले गाउँमा दैनिक उपभोग्य वस्तुमा समेत मूल्यवृद्धि गरेको स्थानीयवासी उपभोक्ताको आरोप छ ।

यातायातका साधन नहुँदा भरियाका सहायतामा सामान ढुवानी गर्नुपरेका कारण दैनिक उपभोग्य वस्तुको गाउँमा मूल्यवृद्धि गरिएको व्यापारी बताउँछन् । गाउँघरमा अहिले खाने तेल लिटरको रु २००, नुन प्रतिकिलो रु ४०, चिनी रु २०० सम्म लिने गरेको बडिकेदार गाउँपालिकाका स्थानीय उपभोक्ता रामबहादुर खत्रीले जानकारी दिए ।

वर्षाले ठाउँ ठाउँमा पहिरा तथा सडक हिलाम्य भएपछि ती सडकमा सवारी साधन चलाउन बन्द भएका छन् । पहिराका कारण अवरुद्ध भएका यहाँका सडक सञ्चालनका लागि पहल नहुँदा गाडी सञ्चालनमा समस्या भएको शैलेश्वरी यातायात प्रालि दिपायलले जनाएको छ । प्रशासनले यातायात सञ्चालनका लागि अनुमति दिए पनि वर्षाले अवरुद्ध भएका ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण गाडी चलाउन समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले बताए ।

सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार वर्षाका कारण यहाँका दिपायल–गड्सेरा, नापानी, राजपुर बोगटान, बिपीनगर–गड्सेरा, बागछेडा, तल्कोट धुर्कोट, मुडभारा, सिलगढी नारीदाङ, गैराधुर्कोटलगायत सडक बिग्रिएर बन्द अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस