११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई तेस्रो डोज खोप लगाउन अनुमति

अ+ अ-

काठमाडौँ । अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले रोग प्रतिरोधी क्षमता कम भएकाहरूलाई कोरोनाविरुद्ध फाइजर(बयोएनटेक र मोडर्नाले उत्पादन गरेका खोपको तेस्रो डोज लगाउन अनुमति दिएको छ ।

एफडीएको यो घोषणासँगै अब चिकित्सकहरूले दुई डोज खोप लगाएर पनि कोरोनाविरुद्ध प्रतिरोधी क्षमता विकास नभएका बिरामीलाई तेस्रो डोज लगाउनका लागि सिफारिस गर्न सक्नेछन् ।

हालसम्म पनि दुवै खोपलाई आपत्कालीन प्रयोग अनुमति मात्रै दिएको अमेरिकाको एफडीएले पहिलाको व्यवस्थामा केही अपडेट गरेपछि अङ्ग प्रत्यारोपण गरेकाहरूले समेत तेस्रो मात्रा लगाउन पाउने भएका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीएस) को सल्लाहकार समितिमा तेस्रो डोज लगाउन अनुमति दिने या नदिने भनेर छलफल तथा मतदान हुनु एक दिन पूर्व नै एफडीएले अनुमति दिएको हो । सीडीसीले पनि तेस्रो डोज लगाउनका लागि अनुमति दिने आङ्कलन भइरहेको छ ।

एफडीएले रोग प्रतिरोधी क्षमता अत्यन्तै न्यून भएका कारण जोखिममा रहेका व्यक्तिहरूलाई ध्यानमा राखेर यो निर्णय गरेको हो ,एफडीएका कमिसनर डा . ज्यानेट उडकक्ले विज्ञप्तिमा भनेका छन्, उपलब्ध तथ्यांकहरूलाई आधार मानेर नै जोखिममा रहेको सानो समूहलाई राहत मिल्छ भनेर फाइजर/बयोएनटेक र मोडर्नाको खोपको तेस्रो डोज लगाउन अनुमति दिएका हौँ ।

एफडीएले तेस्रो डोज लगाउन अनुमति दिएसँगै अब अमेरिकाको प्रादेशिक खोप नियन्त्रण इकाईलाई अर्को चरणको देशव्यापी खोप अभियान सञ्चालन गर्न दबाब बढ्नेछ ।

यही अवधिमा अमेरिकी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूले सबै अमेरिकीलाई तेस्रो डोजको खोप लगाउन पर्छ या पर्दैन भनेर अनुसन्धान गरिरहेका छन् । अमेरिकाभन्दा अघि नै फ्रान्स, जर्मनी तथा हंगेरीले समेत रोग प्रतिरोधी क्षमता कम भएकाहरूलाई तेस्रो डोज खोप दिन सुरु गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस