१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरपालिकाको कमजोरीले काठमाडौँ उपत्यकामा फोहर उठ्न सकेन

अ+ अ-

काठमाडौँ । काठ‍माडौं उपत्यकामा दैनिक सात सय टन फोहर निस्किन्छ । तर फोहर सङ्कलन नभएको दुई साता भयो । फोहोरको उचित व्यवस्थापनमा महानगरको कमजोरीले एकातिर सडकमा फोहरको थुप्रो देखिन थालेको छ भने अर्कातिर रोग फैलिने जोखिम बढेको छ ।

काठमाडौँ उपत्यकाबाट निस्कने फोहर दैनिक डेढ सयभन्दा बढी ट्रकले नुवाकोटको सिसडोल ल्यान्ड फिल्ड साइटमा लग्ने गरेको थियो । तर २ सातायता ती ट्रक गुडेका छैनन् । पानीले सडक हिलाम्मे भई ट्रक लान सक्ने अवस्था नरहेको कारण जनाएर महानगरपालिकाले फोहर सङ्कलन नै बन्द गरेको हो । जसका कारण उपत्यकाका टोल टोलमा फोहरको थुप्रो देखिन थालेको छ । घरमा दुर्गन्ध फैलिएको भन्दै सडकमा थुपार्ने क्रम बढेको हो ।

महानगरले भने अझै १५ दिन फोहर सङ्कलन नगर्ने बताएको छ । उसले सिसडोल ल्याण्डफिल साइट भरिसकेको र त्यसको विकल्पमा नुवाकोटको बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणको काम अन्तिममा पुगेको उसको भनाइ छ । फोहर सङ्कलनमा समस्या भएको अहिले मात्र होइन ।

महानगरले समय समयमा विभिन्न बहाना बाजी गर्दै आएको छ । उसँग फोहर व्यवस्थापनको दीर्घकालीन नीति नै छैन । कतिपयले कुहिने र नकुहिने छुट्टाएर फोहरलाई मोहरमा परिणत गरिरहेका छन् । तर यतातर्फ महानगरको चासो नै छैन ।

महानगरले दुई सातादेखी फोहर सङ्कलन नगर्दा टोल टोलमा दुर्गन्ध बढेको छ । त्यति मात्र होइन, हैजा, झाडापखाला, दम, श्वासप्रश्वास र छालासम्बन्धी रोगको जोखिम बढेको चिकित्सकहरुको भनाइ छ ।

फोहर व्यवस्थापन लागि बञ्चरेडाँडामा ल्याण्डफिल साइटको निर्माण गर्न थालेको तीन वर्ष भइसकेको छ । दुई वर्षमा सक्ने भनिएको थियो । तर ढिलासुस्तीमा कसैलाई जिम्मेवार बनाइएको छैन ।

प्रतिक्रिया दिनुहोस