१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षायाममा पनि उदयपुर सिमेन्ट उद्योग निरन्तर सञ्चालनमा

अ+ अ-

उदयपुर । २९ वर्षदेखि गैँडा सिमेन्ट उत्पादन गरिरहेको उदयपुर सिमेन्ट उद्योग सामान्यतया बर्षायाम सुरु भएपछि लगभग बन्दको अवस्थामा रहने गरेको भए पनि यस वर्षको श्रावण भाद्र महिनामासमेत क्लिंकर उत्पादन भएको छ ।

उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलका अनुसार साउन महिनामा लगभग ९ हजार मेट्रिक टन(करिब १ लाख ८० हजार बोरा) र भाद्रमा लगभग १२ हजार मेट्रिक टन(करिब २ लाख ४० हजार बोरा) क्लिंकर उत्पादन भएको छ ।

महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले गत माघ १ गतेदेखि कार्यभार सम्हालेसँगै उद्योगले गति लिएको हो । २०७७ पौष महिनाको तुलनामा पछिल्लो ६ महिनामा झन्डै दोब्बर परिणाममा बिक्री भएको सिमेन्ट माघदेखि यता बिक्रीमा रोकावट भएको छैन ।

देशभर १२२ अधिकृत बिक्रेताहरू मार्फत गैँडा सिमेन्ट बिक्री हुँदै आएको छ । खासगरी १ र २ नंं प्रदेशलाई गैँडा सिमेन्टको मुख्य बजार मानिन्छ भने त्यसपछिको मुख्य बजार काठमाडौँ नै हो ।

अधिकृत बिक्रेतालाई निजी उद्योगले जस्तै इन्सेण्टिभलगायतका सुविधाहरू र काठमाडौँ उपत्यकाको लागि भाडा रकममा आंशिक शोधभर्ना गर्ने नीति लिएपछि बिक्रीमा सकारात्मक परिणाम देखिन थालेको उद्योगले जनाएको छ ।

साउनदेखि कार्तिक महिनासम्म सिमेन्ट बिक्रीको हिसाबले अफ सिजन मानिन्छ । तर गैँडा सिमेन्टको माग भने अफ सिजनमा पनि नियमित रहेको कम्पनीको दाबी छ । उपभोक्ताको पहिलो रोजाइमा पर्दै आएको गैँडा सिमेन्टप्रतिको विश्वास बढ्दो छ । इन्जिनियरहरूले पनि खासगरी फलामसँग सिमेन्ट जोडिने ठाउँहरू जस्तैस् घरको जग, पिलर तथा ढलानमा ५३ ग्रेडको गैँडा छाप ओपिसी सिमेन्ट प्रयोग गर्न सल्लाह दिने गरेको नयाँ बानेश्वरमा घर निर्माण गरिरहेका एक उपभोक्ताले बताए । गुण तथा नियन्त्रण महाशाखा प्रमुख कोविद काफ्लेका अनुसार उदयपुर सिमेन्टको खानीमा रहेको चुनढुङ्गा उच्च गुणस्तरको भएकोले सो बाट तयार हुने सिमेन्ट पनि उच्च गुणस्तरको हुन्छ ।

उद्योगका अनुसार गैँडा छाप सिमेन्ट छिटो सेटिङ्ग हुने भएकोले पनि ढलान गरिसके पछि पानी जमाएर राख्न पर्ने र जति धेरै दिन पानी जमायो, उति नै बलियो हुन्छ ।

कच्चापदार्थदेखि सिमेन्ट उत्पादनसम्मका हरेक चरणहरूको परीक्षण पश्चात् मात्र गैँडा सिमेन्ट बजारमा पठाइने भएकोले यसको गुणस्तरमा ढुक्क हुन सकिने उद्योगको भनाई छ । अरू सिमेन्टको मूल्यभन्दा प्रति बोरा केही रुपैयाँ महँगो परे पनि अरू सिमेन्टको तुलनामा गैँडा सिमेन्ट कम परिमाणमा लगाए पुग्ने घर निर्माण व्यवसायी तुलसी सुवालले बताए ।

तर यसको लागि घर बनाउने मिस्त्रीहरूलाई समय समयमा जानकारीमूलक तालीम गराउनुपर्ने उनको सुझाव छ । अहिले उद्योगले घर निर्माणमा मात्रै जोड नदिएर राष्ट्रिय गौरवका परियोजनाहरुमासमेत आफ्नो उत्पादन गैँडा सिमेन्ट दिन सकिने गरी बिक्री नीति लागू भएको बिक्री विभाग प्रमुख राम जिसीले बताए ।

एसियाकै उच्च गुणस्तरको चुनढुङ्गाबाट बनेको क्लिंकरलाई ब्ल्याक डाइमण्डसमेत भन्ने गरिन्छ । यही क्लिंकरमा जिप्सम मिसाएर गैँडा सिमेन्ट उत्पादन हुने भएकोले यसको मूल विशेषता नै उच्च गुणस्तर रहेको बजार विभाग इन्चार्ज कुबेर काफ्ले बताउँछन् ।

कोइलालगायतका कच्चा पदार्थ आपूर्तिकर्तालाई बस्तु विनिमय जस्तो गरी सिमेन्ट भुक्तानीको विसङ्गति रोकेर महाप्रबन्धक न्यौपानेले अधिकृत बिक्रेतालाई प्रोत्साहन गर्ने नीति लिएपछि आफूहरूलाई हौसला बढेको गाईघाट स्थित दिप्सा हार्डवेयरका प्रोप्राइटर बताउँछन् । उनले भने, अहिले मूल्य पनि अरू सिमेन्टकै हाराहारीमा छ, हामी बिक्री गरेर लक्ष्य हासिल गर्न सक्छौँ ।

साना सप्लायर्सको रोकिएको भुक्तानीलाई प्राथमिकता दिएका महाप्रबन्धक न्यौपानेले माघदेखि यता कुनै राजस्वको रकम बाँकी नराखी समयमै भुक्तानी गर्ने व्यवस्था मिलाएको लेखा अधिकृत सञ्जीव रेग्मीले जनाए । उनका अनुसार कर्मचारी तलब, सुविधा तथा बिद्युत् महसुल समेत पछिल्लो समयमा नियमित भुक्तानी हुने गरेको र कर्मचारी उपदान तथा औषधि उपचार कोषमा ५ करोड भन्दा बढी रकम जम्मा गरी लाइनमा रहेका अवकाश प्राप्त कर्मचारीहरूलाई क्रमशः भुक्तानी दिने व्यवस्था गरिएको छ ।

लामो समयदेखि सञ्चालनमा नरहेको कर्मचारी कल्याण कोषमा बिमाबाट प्राप्त कमिसन २ लाख २५ हजार जम्मा भएको छ । महाप्रबन्धक न्यौपानेकै पहलमा देउरी स्वास्थ्य चौकीलाई एक बलेरो एम्बुलेन्स र विभिन्न प्रयोगशाला उपकरणहरू खरिद गर्ने व्यवस्था मिलाई उद्योगका कर्मचारीहरू र प्रभावित क्षेत्रका बासिन्दाहरूको स्वास्थ्य सुरक्षामा ध्यान दिएको त्रियुगा नगरपालिका वडा नं। ५ का वडाध्यक्ष उद्धव थापाले बताए ।

प्रतिक्रिया दिनुहोस