१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय अधिकारकर्मी कमला भासिनको निधन

अ+ अ-

काठमाडौँ । चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको आज (शनिबार) बिहान ७५ वर्षको उमेरमा निधन भएको छ । भासिनको निधनको पुष्टि अभियन्ता कविता श्रीवास्तवले गरेकी छिन् ।

उनले ट्विटरमा भासिनको निधनको पुष्टि गर्दै लेखेकी छिन्, ‘हाम्री साथी कमला भासिनको आज बिहान ३ बजे निधन भएको छ । उनको निधनले भारत र दक्षिण एसियाको महिला आन्दोलनमा धक्का पुगेको छ । कठिन परिस्थितिका बाबजुद पनि उनले जीवनलाई उत्सवमय बनाइन् ।’

सन् १९४६, अप्रिल २४ मा राजस्थानमा जन्मिएकी भासिनलाई केही महिनाअघि क्यानसर देखिएको थियो । महिलावादी आन्दोलनका लागि चर्चित नेटवर्क ‘संगत’ मार्फत उनले अभियान चलाएकी थिइन् । त्यस्तै ‘क्यों कि मे लड्की हूँ, मुझे पढ्ना है’ उनको चर्चित कविता हो । भासिनले समाजमा महिला र पुरुष भनी छुट्याउने संस्कार गलत भएको बताउँथिन् ।

महिलालाई विभिन्न प्रलोभनमा पारेर दमन गरिएको उनी बताउँथिन् । उनी बारम्बार भन्ने गर्थिन्, ‘मध्यमवर्गीय महिलाहरूलाई श्रीमान् या घर परिवारले सम्पत्ति, पैसा, गहना दिएर चुप लगाएको छ । यदि ती परिवारमा श्रीमान्बाट महिला प्रताडित नै भएकी छन् भने पनि आवाज उठाउन हिचकिचाउँछन् । उनीहरूलाई लाग्छ कि खान लाउन र यत्रो गरगहना पुर्‍याइदिएकै छन्, फेरि आफ्नै मान्छेको विरुद्ध के उजुर–बाजुर र कचहरी गर्नु ।’

सामाजिक वैज्ञानिकका रुपमा उनी विकास, शिक्षा, लैङ्गिक समानता र आमसञ्चारका क्षेत्रमा ३५ वर्षभन्दा बढी सक्रिय थिइन् । सन् १९७२ को राजस्थानको ग्रामीण भेगबाट उनले आफ्नो अभियान चलाएकी थिइन् । सन् १९७६ देखि २००१ सम्म राष्ट्रसङ्घीय नियोग खाद्य तथा कृषि सङ्गठन (एफएओ) मा उनले काम गरेकी थिइन् । सन् २००२ मा उनले राष्ट्रसङ्घको जागिर छाडेर ‘संगत’ मार्फत विभिन्न अभियान चलाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस