१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापान सरकारद्धारा नेपाललाई छ एम्बुलेन्स हन्तान्तरण

अ+ अ-

काठमाडौँ । नेपाललाई जापान सरकारले छ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।

राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएकामा धन्यवाद दिए । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण पनि जापान सरकारले सहयोग गरेकामा प्रशंसा व्यक्त गरे । उनले नेपाल र जापानबीच निरन्तर सहयोग आदानप्रदान हुनुपर्ने बताए ।

नेपालस्थित जापानका राजदूत किकुता युताकाले नेपाललाई सबै क्षेत्रमा जापानले सहयोग गर्दै आइरहेको बताए । उक्त एम्बुलेन्स मन्त्रालयले नेपाल एम्बुलेन्स सेवालाई आजै प्रदान गरेको छ ।

एम्बुलेन्स सेवाका अध्यक्ष डा प्रदीप वैद्यले प्राप्त एम्बुलेन्सले बिरामीलाई सेवा प्रदान गर्ने बताए । एम्बुलेन्समा प्राथमिक उपचारसहितको सेवा बिरामीलाई दिइने उनले बताए । उनकाअनुसार एम्बुलेन्समा एक जना इमरजेन्सी मेडिकल टेक्निसियन (इएमटी) सहितको प्राथमिक स्वास्थ्य उपचारसमेत गरिन्छ ।

‘एम्बुलेन्समा राखेर अस्पतालसम्म लैजाँदा बिरामीलाई केही समस्या पर्नसक्ने भएकाले हामीले एक जना इएमटी हुन्छन्’, अध्यक्ष वैद्यले भने, ‘ती इएमटीले बाटोमा बिरामीलाई केही समस्या परे भने उपचार गर्दछन ।’

एम्बुलेन्समा भेन्टिलेटर, अक्सिजनलगायत स्वास्थ्य साम्रगीसहितको तीन महिना तालिम प्राप्त एक जान इएमटी रहने गर्दछन् । अध्यक्ष डा वैद्यले अस्पतालसम्म लैजाँदा बिरामीलाई केही समस्या परेमा सामान्य उपचार गर्ने प्राविधिकसमेत एम्बुलेन्सलमा राखिने जानकारी दिए ।

आज दिएकासँगै एम्बुलेन्स सेवासँग १८ एम्बुलेन्स हुनेछन् । सो संस्थाले १०२ नम्बरमा फोन गरे २४ घण्टा एम्बुलेन्स सेवा पुर्याउँदै आइरहेको छ । एम्बुलेन्सका लागि अहिले दैनिक ३० सम्म फोन आउने गरेका छन् । एम्बुलेन्स सेवाले काठमाडौँसहित पोखरा र चितवनका पनि सेवा विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस