७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडादशैं सम्बन्धी प्रश्नोत्तर

अ+ अ-

१. चाडबाड मनाउनुको कारण हेर्दा नयाँ वर्षको आगमन, तिथीबाट संक्रान्ती वा अन्य कुनै महत्वपूर्ण तिथी, प्रकृति पूजा वा विजयोत्सव रहेको हामी पाउँदछौँ । ती मध्ये बडादशैं कस्तो पर्व हो ?

२. नेपालमा कसको शासनकालदेखि दशैंको फुलपातीले बढी महत्व पाएको मानिन्छ ?

३. बडादशैंको अवसरमा नवरात्रको प्रारम्भदेखि नै बजाइने धुनको नाम कुन हो ?

४. नवरात्रको अवधिमा क्रमश : पूजा गरिने देवीहरुको नाम के हो ?

५. हरेक वर्ष कुन अवधिमा दशैं मनाइन्छ ?

६. छिमेकी देश भारतमा दशैंलाई के नामले मनाइन्छ ?

७. दशैंको महाअष्टमीको दिन काठमाण्डौ उपत्यकाको कुन मन्दिरमा ५४ राँगा र ५४ बोकाको बली दिने चलन अद्यापि रहेको छ ?

८. दुर्गाको नाममा चढाइने बलिहरुमा बोको, राँगो, भेँडो, कुखुरो र हाँसलाई के के को प्रतिक मानिएको छ ?

९. दशैंको टीकाको दिन महिलाहरुलाई टीका लगाइदिँदा भनिने मन्त्र र सो को अर्थ के हो ?

१०. दशैंमा लगाइने रातो वा सेतो टीकालाई शान्ति एवम् समृद्धिको प्रतिक मानिन्छ । यो टीका मुहारको कहाँनेर लगाउने गरिन्छ ?

सही उत्तर :
१. लँडाइमा विजयपछिको उत्सवसहितको सामरिक पर्व

२. पृथ्वीनारायण शाह

३. मालश्री

४. क्रमश: शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री

५. आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म

६. दशहरा

७. तलेजु भगवती

८. क्रमश: काम, क्रोध, लोभ, मद र मात्सर्य

९. “जयन्ती मङ्गला काली भद्रकाली कपालिनी

दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।”

यसको अर्थ यसप्रकार छ-
जयंती देवीको जस्तै महेश्वरीको रूप र विजयशलिनी होस्। मंगला देवीको जस्तो स्वतन्त्र, मुक्ति देवीको रूपमा प्रसिद्धि होस्।काली देवी जसले सम्पूर्ण सृष्टिलाई आफूसँग समयमा लिने हुनु। भद्रकालीको जस्तै भद्र, खुशी, मंगल हुनु।कपालिनी देवीको जस्तो दुश्मनहरूका लागि भयानक हुनु। दुर्गाले जस्तै कर्म र उपासनाबाट दुर्गतिको नष्ट गर्नु। क्षमाकी देवीले जस्तै क्षमा दिनु। शिव देवी जस्तै कल्याणकारी र सर्वशक्तिमान हुनु। धातृ देवीले जस्तै सम्पूर्ण जीवको रक्षा गर्नु। स्वाहा देविले जस्तै हरेक यज्ञ र दानपुण्य गर्नु र स्वधा देवीले जस्तै मानवका हरेक यज्ञ दानपुण्य को संकल्प लिनु।

१०. दुवै आँखिभौँको माझमा पर्ने निधारको आज्ञा चक्र जसलाई तेस्रो आँखा पनि भनिन्छ ।

प्रतिक्रिया दिनुहोस