९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेशमा मात्र चार अर्बभन्दा बढीको क्षति

अ+ अ-

काठमाडौँ। बाढीले कृषि क्षेत्रमा पुर्‍याएको क्षतिको विवरण आउन थालेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा बाढीका कारण मात्र कृषितर्फ चार अर्बभन्दा बढीको क्षति भएको छ ।

लुम्बिनी प्रदेशमा मात्र ४२ हजार ४२७ हेक्टरमा लगाइएको बालीमा बाढीले क्षति पुर्‍याएको छ । कृषि मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा चार अर्ब ५१ करोड ४२ लाख ५४ हजार ८० रुपियाँ बराबरको क्षति भएको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा ठुलो क्षति भएको छ भने अर्घाखाँचीमा कृषिमा कुनै क्षति भएको छैन ।

लुम्बिनी प्रदेशमा तीन लाख १७ हजार ४१४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । त्यसमध्ये सबभन्दा बढी रुपन्देहीमा धान रोपाइँ भएको थियो । त्यहाँ ६७ हजार ५५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

त्यसमध्ये ५५ हजार ५४ हेक्टर क्षेत्रफलमा धान काटेर भित्र्याइ सकिएको छ । पाल्पा, अर्घाखाँची र रोल्पाका किसानले धान भित्र्याउन सकेका छैनन् ।

किसानले ३६ हजार ४८० हेक्टर क्षेत्रफलमा धान काटेर खेतमै छाडेका छन् । त्यसमध्ये ६५ प्रतिशत अर्थात् २३ हजार ७१२ हेक्टर क्षेत्रफलको धानमा क्षति पुर्‍याएको मन्त्रालयले जनाएको छ । ९३ हजार ५७६ हेक्टर क्षेत्रफलमा रहेको धान खेतमै ढलेको छ । त्यसमध्ये २० प्रतिशतमा क्षति पुगेको छ ।

त्यसै गरी २०७८ साल असोज ३१ देखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा धान बालीमा अत्यधिक क्षति पुर्‍याएको छ ।

कृषि मन्त्रालयका अनुसार कैलाली जिल्लामा करिब ५४ प्रतिशत र कञ्चनपुर जिल्लामा करिब ४२ प्रतिशत धान बालीमा क्षति पुर्‍याएको छ । कैलालीमा ७० हजार हेक्टर र कञ्चनपुरमा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । कैलाली र कञ्चनपुर धान खेतीको पकेट क्षेत्र हो ।

प्रारम्भिक विवरण हेर्दा सुदूरपश्चिम प्रदेशमा धान बालीमा पुगेको क्षतिका कारण उत्पादनमा ५० प्रतिशतले कमी आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस