१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी विश्वविद्यालयले देशका अन्य विश्वविद्यालय भन्दा फरक पहिचान स्थापित गर्नुपर्छ: मुख्यमन्त्री पोखरेल

अ+ अ-

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताएका छन् ।

गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कार्यपत्रको सँगालो ‘कन्फरेन्स प्रोसिडिङ्स’को मङ्गलबार पोखरामा विमोचन गर्दै उनले थुप्रै बहसका बिच सरकारले आफ्नै विश्वविद्यालय स्थापना गरेकाले यसले प्रदेशको पहिचान दिन सफल हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।

विश्वविद्यालय प्राविधिक, वास्तविक र व्यवहारिक रूपमा अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री नेपालीले सरकारको अवधारणाअनुसारको विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनतर्फ आफ्नो ध्यान केन्द्रित गर्न सबैलाई आग्रह गरे ।

गण्डकी प्रदेशका बिना विभागीय मन्त्री डोवाटे विश्वकर्माले विश्वविद्यालयमा विपन्न, दलित र पिछडिएका वर्गलाई पठनपाठनमा आरक्षण प्रदान गर्नुपर्नेमा जोड दिए । विश्वविद्यालयका कुलपति प्रा डा। गणेशमान गुरुङले स्थापनाको छोटो अवधिमा विश्वविद्यालयले ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’, ‘ब्याचलरर्स इन इन्फरमेसन टेक्नोलोजी’ र ‘ब्याचलर्स अफ फार्मेसी’मा अध्यापन सुरु गरेको जानकारी दिए । उनले विश्वविद्यालयले अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग समेत सम्बन्ध विस्तार गरेको बताए ।

गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा। रघुराज काफ्लेले प्रदेशको सम्भावना, आवश्यकता र सरकारले लिएको विकासको लक्ष्य प्राप्त गर्न विश्वविद्यालय सहायक हुने विश्वास व्यक्त गरेका छन् । विश्वविद्यालयका उपकुलपति प्रा डा। नवराज देवकोटाले प्राविधिक र रोजगारमूलक शिक्षालाई जोड दिइएको बताए । विश्वविद्यालयका रजिस्ट्रार प्रा डा। कैलाश तिमिल्सिनाले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय शैक्षिक ‘हब’का रूपमा विकास गर्ने गरी विश्वविद्यालय अघि बढेको उल्लेख गरेका छन् ।

विश्वविद्यालयले गत अप्रिल २ र ३ तारिखमा पोखरामा आयोजना गरेको ‘प्रथम अन्तर्राष्ट्रिय सम्मेलन’मा नेपालसहित आठ देशका सहभागी वैज्ञानिकले उठाएका विषयलाई सँगालोका रूपमा प्रकाशित गरेको हो ।

प्रतिक्रिया दिनुहोस