१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलो चौमासमा नै राष्ट्र बैंकले पठायो १० खर्ब तरलता बजारमा

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा तरलता पठाएको छ ।

चालु आर्थिक वर्षको पहिलो चौमासमा नै करीब एक हजार ८ अर्ब रुपैयाँ हाराहारीमा तरलता पठाएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरताको चाप परेपछि समस्या समाधानका लागि राष्ट्र बैंकले नियमित रुपमा विभिन्न उपकरणबाट तरलता पठाएको हो ।

बजारलाई चलायमान बनाइराख्न बैंकले तरलता नियमति रुपमा पठाउने बताइएको छ । बजारमा अधिक तरलता हुँदा राष्ट्र बैंकले खिच्ने गरेको छ भने अभाव हुँदा बजारमा पठाउने गरेको छ ।

साउनदेखि असोज महीनासम्म रिपोमार्फत् मात्रै एक खर्ब ८५ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह गरिएको राष्ट्र बैंकको अनुसन्धान विभागले जनाएको छ । यस अवधिमा राष्ट्र बैंकले स्थायी तरलता सुविधामार्फत् ८ खर्ब २२ अर्ब ६८ करोड गरी १० खर्ब ८ अर्ब १७ करोड तरलता प्रवाह गरिएको राष्ट्र बैंकले बताएको छ ।

यति ठूलो रकम तरलता प्रवाह गर्दा बैंकमा जम्मा ६० अर्ब रुपैयाँमात्र तरलता खिचेको छ । यस अवधिमा निक्षेप संकलन उपकरणमार्फत् ३१ अर्ब ६५ करोड रुपैयाँ र रिभर्स रिपोमार्फत् २८ अर्ब ३५ करोड रुपैयाँ गरी ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा पनि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत् ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।

अझै बजारमा तरलता समस्या समाधान भने भइसकेको छैन । बैंकहरुको निक्षेप संकलन घट्दा पनि ऋण लगानी गर्न छाडेका छैनन् । बैंकहरू अल्पकालिन श्रोतमा भर पर्दा तरलता समस्या गहिरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस