९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्यमोहनका तस्विराङ्कित पर्चा र पुस्तक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न पहल गरिने

अ+ अ-

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीका बारेमा तयार पारिएका तस्विर, पुस्तक तथा पर्चा र चित्र आदि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पहल गरिने बताएकी छन् ।

दुई वर्षअघि माघ १५ गते कोरिएका ४०० मध्ये छानिएका ४० चित्रको सङ्ग्रह क्यानभासमा ‘सत्यमोहन बा’ चित्रकला प्रदर्शनी कार्यक्रमको आज उद्घाटन गर्दै उनले नेपाली कला अनि वाङ्मयको क्षेत्रमा जोशीले पुर्याएको योगदानको कदर गर्दै अघि बढ्ने भनाइ राखिन् ।

उनले भनिन्, ‘मुलुकका साथै विशेष गरी ललितपुरले जोशी जस्ता विशिष्ट व्यक्ति पाउनु अत्यन्तै गर्भको विषय रहेको छ ।’ उनले एउटै चित्रले जोशीका जीवनका बारेमा अनेकौँ कुरा बोल्न सक्ने भएकाले सो चित्र कोर्ने कलाकारको राष्ट्रले उच्च सम्मान गर्ने विश्वास लिएको धारणा थियो ।

सत्यमोहन लोक साहित्य भवनलाई आफ्नो व्यक्तिगततर्फबाट रु ५० हजार सहयोग गर्ने जनाउँदै मन्त्री भुसालले पर्यटन मन्त्रालयलाई समेत सो काममा ध्यान दिन आग्रह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

शताब्दी पुरुष जोशीले आफ्नो जीवन रहँदै कोरिएका चित्र प्रदर्शन गरिनु आजसम्मको सबैभन्दा सफल दिन रहेकामा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘योङ पिकासो जस्ता अन्य संस्थाले पनि गाउँ गाउँमा पुगेर यस्ता सृजनशील प्रतिभाको खोजी गरी बाहिर ल्याएर राष्ट्रियकरण गर्न जरुरी छ ।’

ललितपुर क्षेत्र नं २ प्रतिनिधिसभाका सांसद कृष्णलाल महर्जनले मुलुकका युवामा देखिएको चित्रकलाप्रतिको ऊर्जा र उत्साह प्रशंसनीय रहेको धारणा राख्दै सोलाई थप बढवा गर्न जरुरी रहेको औँल्याए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले ललितकला प्रज्ञा–प्रतिष्ठान र पिकासोले कला क्षेत्रको विकासका लागि गरेका काम उदाहरणीय रहेको उल्लेख गर्दै सो पदर्शनीले कलाकारको समेत सम्मान गर्दै जाने भनाइ राखे ।

पिकासोका निर्देशक एवं कलाकार अजय देशारले आफूहरुले जोशीको चित्र तेल अनि पानी तथा सिसाकल र एक्रिलिकको प्रयोग गरेर कोराएको बताए । उनले भने, ‘चित्रकलामा भाग लिएका ११ देखि ७० वर्ष सम्मका चित्रकारको कलालाई सरकारले उच्च मूल्याङ्कन गर्नुपर्छ भन्ने हामी चाहन्छौँ ।’

जोशीका सो चित्र बिक्री गरेर सङ्कलन भएको कूल रकममा ३५ प्रतिशत कलाकार अनि २० प्रतिशत लोक साहित्य भवन तथा १५ प्रतिशत पिकासोका साथै बाँकी रहेको ३० प्रतिशत गाउँ गाउँमा गएर कलाको विकासका लागि खर्च गरिने देशारले जानकारी गराए ।

कार्यक्रममा ललितपुरका साथै गोदावरी अनि महालक्ष्मी उद्योग वाणिज्य सङ्घका प्रतिनिधिका साथै समाजसेवी निर्मला क्षेत्रीको पनि उपस्थिति थियो । कार्यक्रममा उपस्थित व्यक्तिले जोशीको योगदानका विषयमा खुलेर प्रशंसा गर्दै सुस्वास्थ्य एवं दिघार्युको कामनासमेत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस