६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्काल लकडाउन गर्ने वा नगर्नेबारे निर्णय भएको छैन : मन्त्रालय

अ+ अ-

काठमाडौँ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन सङ्क्रमण पुष्टि भएसँगै पुनः लकडाउन हुने हो कि भन्ने चासो लिएर सर्वसाधारणले व्यापक टिकाटिप्पणी गरिरहेका छन् । यसअघि पनि नेपालमा दुई पटक लकडाउन भैसकेको छ ।

नयाँ भेरिएन्टको सङ्क्रमण पुष्टि भएसँगै नियन्त्रण तथा रोकथामको लागि सरकारले चुस्तरुपमा तयारी गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सह–प्रवक्ता डा. समीकुमार अधिकारीले तत्काल लकडाउन गर्ने वा नगर्नेबारे कुनै निर्णय नभएको बताएका छन् ।

सरकारले तेस्रो लहरको सम्भावित जोखिमबाट बच्न के गर्छ ? के फेरि लकडाउन वा निषेधाज्ञा हुन्छ ? भन्ने प्रश्नमा अधिकारीले अहिलेको अवस्थामा मन्त्रालयले लकडाउन गर्ने वा नगर्नेबारे कुनै छलफल वा निर्णय नभएको बताए ।

‘अहिले नै लकडाउन वा निषेधाज्ञाबारे कुनै निर्णय भएको छैन। परीक्षण, निगरानी र खोप नै पहिलो प्राथमिकता हो,’ अधिकारीले भने । आफू यतिबेला अस्पताल व्यवस्थापनमा जुटेको उनले बताए ।

सरकारले ओमिक्रोन सङ्क्रमण पुष्टि भएका चीनको हङकङको राज्य र दक्षिण अफ्रिकासहितका ९ मुलुकबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । भारतबाट आउनेलाई अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय पनि छ ।

साथै अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न नेगटिभ पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । पूर्ण मात्रा खोप नलगाएका र शङ्कास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ।

एन्टिजेन परीक्षणमा फेला परेकाहरूको नमुना सङ्कलन गरी पीसीआर परीक्षण गर्ने र शङ्कास्पद नमुनाहरूको जीन सिक्वेइन्स गर्ने गरिएको छ । यसका साथै एक महिनादेखि पोजेटिभ भएका नमुमनाहरूको समेत थप परीक्षण गर्ने काम भइरहेको डा. अधिकारीले बताए।

नेपालमा ओमिक्रोन पुष्टि भएसँगै निगरानीका लागि ‘सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङ’ को कार्यलाई थप प्रभावकारी बनाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस