९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युनिसेफद्वारा बालअधिकारका लागि सात युवा अधिवक्ता नियुक्त

अ+ अ-

काठमाडौँ । युनिसेफले विश्वका बालबालिकाको उन्नत भविष्यको कल्पना गर्न नेपालका बालबालिका र युवालाई असर पार्ने मुद्दा तथा तिनका मुख्य समाधानका बारेमा चेतना जगाउन सात युवा अधिवक्ता नियुक्त गरेको छ ।

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) को स्थापनाको ७५औँ वर्ष पूरा भएको अवसरमा आज सात अधिवक्ता नियुक्त गरिएको हो । नियुक्त गरिएका अधिवक्ताले युनिसेफ नेपालसँग मिलेर जलवायु परिवर्तन, अपाङ्गता समावेशीकरण, लैङ्गिक हिंसा, मानसिक स्वास्थ्य र पोषण जस्ता बालबालिका तथा युवासँग सम्बन्धित मुद्दामा आवाज उठाउनु पर्नेछ ।

युनिसेफले विश्वभरि नै आफ्नो समाज परिवर्तनमा संलग्न भएका युवा कार्यकर्ता, अधिवक्ता र सामुदायिक आयोजकसँग काम गर्दछ । ‘युवालाई प्रभाव पार्ने मुद्दाका लागि सबैभन्दा प्रभावकारी भनेको युवा स्वयम् हुन् र उनीहरूमा भावनात्मक रूपमा जोडिएका विषयमा सबैलाई सम्मिलित गर्न सक्ने अद्वितीय शक्ति छ भन्ने कुरामा हामी विश्वास गर्छौं’, नेपालका लागि युनिसेफ प्रतिनिधि एल्के विशले भने ।

समावेशी विकासको क्षेत्रमा संलग्न र युवा तथा अपाङ्गता अधिकारका एक उत्साही अभियनकर्मी २२ वर्षीय निर श्रेष्ठलाई अपाङ्गता समावेशीकरणका लागि युवा अधिवक्ताका रूपमा नियुक्त गरिएको छ ।

त्यसैगरी २१ वर्षीया पल्लवी कर्णले आफ्ना साथीसँग पोषणको महत्वका बारेमा पैरवी गर्ने बताइएको छ । अर्का २१ वर्षीया प्रकृति भट्टराई, २० वर्षीया प्रशंसा केसी र २३ वर्षीय श्रीकृष्ण थापा लैङ्गिक समानताका पक्षधर मानसिक स्वास्थ्यका लागि युवा अधिवक्ता २० वर्षीय शितांशु ढकाल र २३ वर्षीया सोनिका पौडेल जलवायु परिवर्तनका पक्षधर रहेको जनाइएको छ ।

यी युवा अधिवक्तासँगको साझेदारीमा जलवायु परिवर्तन, अपाङ्गता समावेशीकरण, लैङ्गिक हिंसा, मानसिक स्वास्थ्य र पोषणसम्बन्धी युवाको आवाजलाई व्यापक बनाउने, चेतना जगाउने र पैरवी गर्ने लक्ष्य युनिसेफ नेपालले राखेको छ ।

प्रतिक्रिया दिनुहोस