१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा टाइफाइडविरुद्ध नयाँ खोपको क्लिनिकल ट्रायल सफल

अ+ अ-

काठमाडौँ । नेपालमा टाइफाइडविरुद्ध नयाँ खोप ‘भीआइडिटी कन्जुगेट भ्याक्सिन’को क्लिनिकल ट्रायल सफल भएको छ ।

कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगन्ज मेडिकल कलेजमा तेस्रो चरणको ट्रायल गरिएको थियो ।

टाइफाइड कीटाणुको भीआइ पोलिसेकराइड अणु र डिप्थेरिया टक्साइड अणुको संयोजन गरेर बनाइएको संयोजित खोप नै भीआइडीटी कन्जुगेट खोप हो । दक्षिण कोरियाली कम्पनी इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युटले यो खोप बनाएको हो ।

क्लिनिकल ट्रायलबाट उक्त खोप एक मात्रा दिएपछि सुरक्षित रहेको पाइएको विज्ञहरुले जनाइएको छ ।

बालरोग विशेषज्ञ गणेश राई प्रमुख अनुसन्धानकर्ता रहेको सो ट्रायलमा धुलिखेल अस्पतालका दिपेश ताम्राकार, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी बाल रोग विशेषज्ञ शिप्रा चौधरी, कान्ति बाल अस्पतालका विष्णुरथ गिरी, नेपालगन्ज मेडिकल कलेजका पियुष कनोडिया, धुलिखेल अस्पतालका राजिव श्रेष्ठ टोलीमा सहभागी थिए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप ट्रायलका लागि अनुमति दिएपछि सन् २०१९ नोभेम्बर २० देखि २०२० मार्च १० को बिचमा १८ सय जनामा खोपको क्लिनिकल ट्रायल गरिएको हो।

उक्त ट्रायलपछि विज्ञहरुले सो खोप विश्व स्वास्थ्य सङ्गठनबाट गुणस्तरसम्बन्धी पूर्व योग्यता स्थापित भएपछि प्रयोगमा आउन सक्ने बताएका छन् । भीआइडीटी कञ्जुगेट खोप लगाएपछि विकास हुने प्रतिरक्षात्मक प्रक्रिया डब्लुएचओबाट यसअघि नै स्वीकृत पाइसकेको टाइफाइडको अर्को खोप भारत बायोटेक इन्डिया भारतले बनाएको भीआईटिटी खोपको तुलनामा कम नहुने जनाइएको छ ।

अहिले फिलिपिन्समा पनि यही भ्याक्सिनको तेस्रो चरणको ट्रायल भइरहेको छ। खोपको क्लिनिकल ट्रायलका टोली सदस्य विष्णुरथ गिरीका अनुसार नेपालमा वर्षेनी १५ सय देखि २ हजार व्यक्तिको मृत्यु टाइफाइडका कारण हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस