१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यासको गौ संरक्षण केन्द्र अनुसन्धान स्थल बन्दै

अ+ अ-

तनहुँ । व्यास नगरपालिका–१० मादी नदी किनारस्थित शिशु वा भतेरीमा छाडा चौपायालाई व्यवस्थित गरिएको गौ संरक्षण केन्द्रलाई राष्ट्रिय पञ्चकव्य अनुसन्धान स्थल बनाइने भएको छ ।

छाडा चौपाया जथाभावी छाडिँदा सवारी दुर्घटना हुने, अरूको बालीनाली खाएर सखाप पारिदिने र बजार क्षेत्रको स्वरूप बिगारिदिनेलगायतका समस्या देखिएपछि नगरपालिकाको सक्रियतामा छाडा चौपाया व्यवस्थापन गरिएको हो ।

केन्द्रमा हाल १०० को हाराहारीमा छाडा छोडिएका पशु चौपाया छन् । स्थानीयदेखि उन्नत जातसम्मका गाई संरक्षण केन्द्रमा छन् । मानिसले गाईले दूध दिँदासम्म पाल्ने र त्यसपछि छाडिदिने प्रवृत्ति बढेपछि नगरपालिकाले सो केन्द्र स्थापना गरेको हो । केन्द्रका कतिपय गाई ब्याएर दूधसमेत दिन थालेको छ ।

केन्द्रलाई राष्ट्रिय पञ्चकव्य अनुसन्धान स्थलको रूपमा विकास गर्नको लागि नगरपालिकाको बैठकमा कुरा उठान भएकाले प्रक्रिया अघि बढाउन लागिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए ।

गाईको मलमूत्रबाट के के बन्न सक्छ, कस्ता कस्ता औषधि बन्न सक्छन् र अर्गानिक अन्नबालीमा कत्तिको लाभदायिक हुन्छन् भन्ने विषयमा अध्ययन अनुसन्धान गरिने छ । स्थानीय जातको गाईको संरक्षण गर्दै धार्मिक र पौराणिक मान्यताअनुसार पुरोहित राखेर अनुसन्धान कार्य अघि बढाउन लागिएको उनले बताए ।

नगरपालिका क्षेत्रको कुहिने फोहोर र गाईबस्तुको मलमूत्र सङ्कलन गरी केन्द्रमा निर्माण गरिएको करिब ६० घन मिटर क्षमताको बायो ग्यास प्लान्टबाट ग्याँस उत्पादन वृद्धि भएको छ ।

छाडा पशुपालन केन्द्रमा कुँडो पकाएर मात्रै ग्यास खपत हुन नसकेपछि सोही स्थान नजिक रहेको कोभिड व्यवस्थापन अस्पताल र पीसीआर प्रयोगशालामा ग्यास प्रयोग गर्ने तयारी गरिएको छ ।

अस्पतालमा खाना पकाउन, तातोपानी तताउन, सिरिन्ज सफा गर्नेलगायतका कार्यमा प्रयोग गर्न लागिएको वडाध्यक्ष सापकोटाले बताए । उक्त प्लान्ट नगरपालिकाको रु सात लाख र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सात लाख गरी कूल १४ लाखमा निर्माण गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस