१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन प्रवर्द्धनमा पूर्ण सहयोग गर्छु: मन्त्री आले

अ+ अ-

काठमाडौँ । कोभिड महामारीको प्रभाव अन्त्यसँगै अबको वर्ष पाँच लाख पर्यटक ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् ।

सन् २०२१ मा नेपालमा ३२ वर्ष यताकै सबैभन्दा कम एक लाख हाराहारी पर्यटक आगमन भएको थियो । सरकारले सन् २०२२ मा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसका लागि राष्ट्रिय स्तरको समिति गठन गरिएको छ ।

मन्त्रालयमा शुक्रवार पर्यटन पुनरुत्थान समितिले आयोजना गरेको पहिलो बैठकले सन् २०२२ मा पाँच लाख र सन् २०२३ मा यो सङ्ख्यालाई दोब्बर गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । उक्त कार्यक्रममा मन्त्री आलेले कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न सरकारले प्राथमिकता दिने बताए । उनले भने, ‘कोरोनाले हाम्रो पर्यटन क्षेत्र पूर्णरूपमा धराशायी बनेको छ, पर्यटन प्रवर्द्धन तथा विकासका लागि के गर्नु पर्छ सरकार तयार छ ।’

कोरोनाका कारण थला परेको पर्यटन उद्योगलाई लयमा फर्काउनका लागि यही माघ २ गते उक्त समिति विधिवत् रूपमा गठन भएको थियो । गठन भएसँगै सो समितिले पहिलो पटक आफ्नो बैठक राखेको थियो ।

उक्त समितिको नेपालका पर्यटन क्षेत्रहरूलाई नयाँ स्वरूपमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय पर्यटन बजारमा पनःस्थापित गराउने उद्देश्य रहेको समितिका संयोजक राजाराम गिरीले बताए ।

उनले भने, ‘कोभिडबाट धराशायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि हामी एक महिनाभित्र बृहत् पर्यटन अन्तरक्रिया कार्यक्रमको तयारी गर्दै छौँ, कमिटीका सदस्यबाट आएका सुझावहरू सङ्कलन गरी विस्तृत रिपोर्ट तयार गर्नेछौँ ।’

छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले कोभिड महामारीका कारण थिलथिलो भएको पर्यटन क्षेत्रलाई सरकारले राहत उपलब्ध गराउनुपर्ने बताए ।

नेपाल टुर एन्ड ट्राभल एसोसिएसन (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईँले नेपालको पर्यटन ऐन तीन दशक पुरानो भएकाले त्यसलाई समयानुकूल बदल्नुपर्ने बताए ।

होटेल सङ्घ नेपाल (हान) का अध्यक्ष सृजना राणाले सीमा नाकाबाट आउने पर्यटकलाई हवाई मार्गबाट आउने पर्यटक सरह सम्मान दिलाउनुपर्ने बताए ।

यसै गरी उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष भवानी राणाले अहिलेको कोरानाका कारण पर्यटन व्यवासायीहरुको मनोबल वृद्धि गरिनुपर्ने भन्दै पर्यटकहरूलाई राज्यका निकायबाटै समान व्यवहार गरिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस