९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकियो : राजदूत खड्का

अ+ अ-

काठमाडौँ । रुसी आक्रमणको चपेटामा रहेको युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकिएको छ । युक्रेनमा आक्रमण भएको १३ औँ दिन मङ्गलवार युक्रेनबाट ६ जना नेपाली पोल्यान्ड पुगेपछि अब युक्रेनमा स्थायी रूपमै बसेका नेपालीबाहेक अन्य नेपाली त्यहाँ नरहेको अनुमान गरिएको छ ।

युक्रेनबाट नेपालीहरूलाई बाहिर ल्याउन खटिरहेका जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्काले जर्मन स्थित नेपाली दूतावासमा सम्पर्क गरेका सबै नेपालीहरू युक्रेनबाट सुरक्षित रूपमा बाहिरिइसकेको जानकारी दिए । पछिल्लो तथ्याङ्क अनुसार हाल सम्म पोल्यान्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन् । हाल सम्म ५८४ जना नेपालीहरू सुरक्षित गन्तव्यमा पुगेका छन् ।

राजदूत खड्का अनुसार ३ जना नेपालीहरूलाई भारतीय उडान मार्फत उद्धार गरिएको छ। उनीहरू भारतको नयाँ दिल्ली हुँदै नेपाल जाने तयारीमा छन् । युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मन स्थित नेपाली दूतावासले जनाएको छ।

करिब ३८ जनाको परिवार आफ्नो व्यवसाय सहित स्थायी बसोबास गर्दै आएकोले पारिवारिक, कानुनी र व्यवहारिक कारणले युक्रेनमा रहेका छन् । राजदूत खड्काले भने –‘उद्धार कार्य लगभग सकिएको छ । अब स्वदेश फर्काउने काम बाँकी रह्यो ।’

उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले युक्रेनका युद्धमा परेका नेपालीको उद्धारको लागि नेपाली समुदायले ठुलो सहयोग गरेका कारणले नेपालीहरूको समयमै उद्धार गरेर ज्यान बचाउन सफल भएको बताए ।

उनले नेपालीहरूको उद्धारको लागि संयुक्त राष्ट्रसंघका एजेन्टहरूसँग काम गर्न इच्छुक रहेको बताउँदै गैर आवासीय नेपाली सङ्घको सञ्जाल संसारकै उत्कृष्ट लिस्टमा अन्तर्राष्ट्रिय समुदायले राखेको बताए । उनले एनआरएनए सञ्जाल सक्रिय भएकै कारणले गर्दा यति छिटो उद्धार सम्भव भएको बताए ।

गैर आवासीय नेपाली सङ्घका सह कोषाध्यक्ष लोक प्रसाद दाहालले युद्ध पीडित नेपालीहरूको पुनर्स्थापनाको लागि आर्थिक सङ्कलन गर्न आग्रह गरे । उनले युद्धमा परेका नेपालीहरूको दुःखमा साथ दिन सबैलाई हातेमालो गरेर अघि बढ्न अनुरोध गरे ।

बैठकले दाहालको संयोजकमा युद्ध पीडितको लागि आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको समितिको प्रेस संयोजक चिर न शर्माले जानकारी दिए । एनआरएनए पोल्यान्डका अध्यक्ष जीवन केसीले नेपालीहरूको सहयोगमा युद्ध पीडितहरूको उद्धार र व्यवस्थापन सफल भएको बताए ।

उनले युक्रेनबाट धेरै नेपालीहरू पोल्यान्डमा आएकोले उनीहरूको व्यवस्थापनको लागि ठुलो चुनौती रहेको बताए । उनले २०३ जना नेपालीहरूलाई सङ्घको पहलमा बसोबासको व्यवस्था गरेको जानकारी दिए । एनआरएनए हंगेरीमा संस्थापक अध्यक्ष सुरेन्द्र श्रेष्ठले ४ जना नेपाल फर्किएको र ती मध्ये २ जना भारतीय सरकारको सहयोगमा हवाई जहाज मार्फत नेपाल गएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस