१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिडको खोपमा सबैको पहुँच र अधिकार रहेको संयुक्त राष्ट्रसङ्घको भनाई

अ+ अ-

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले कोभिड–१९ को रोकथामका लागि कोभिड विरुद्धको खोप सबैलाई उपलब्ध हुनुपर्ने बताएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको बिहीबारको बैठकले सो कुरामा जोड दिएको हो ।

सो परिषदमा आयोजित अर्को एक अन्तरक्रिया कार्यक्रममा कोभिडका विरुद्धमा हाल उपलब्ध रही आएको यो खोप विश्वका सबै देशमा उत्तिकै रुपमा पहुँचयोग्य र उपलब्ध हुनुपर्नेमा जोड दिइएको हो ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदका प्रमुख माइकल ब्याकलेटले भने– यो खोप सबै नागरिकले प्राप्त गर्न पाउने अधिकारबाट कोही पनि वञ्चित हुनुहुँदैन । सबै नागरिकलाई कोभिडको खोप उत्तिकै उपलब्ध हुनुपर्ने आवश्यकता छ ।

कोभिडको नियन्त्रण र व्यवस्थापनमा विश्वका सरकारहरुका प्रयासका बारेमा पनि सो बैठकमा छलफल भएको थियो । विश्वका सरकारहरुले यसका लागि संयुक्त प्रयास र कार्ययोजना हुनु जरुरी रहेको बताइएको थियो ।

हाल महामारी रोकथामका लागि भइरहेको राजनीतिक र प्रशासनिक प्रयासमा प्राविधिक विशेषज्ञहरुको विज्ञतालाई थप महत्त्व दिई महामारी नियन्त्रणको अभियान अघि बढाउनु जरुरी रहेको पनि सो बैठकमा बताइएको थियो ।

कोभिड–१९ रोकथाममा संलग्न सरकारका निकाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवी, सामाजिक अभियानकर्मी, सेवाकर्मीले अनवरतरूपमा दुवै चरणको सङ्क्रमणमा आफ्ना तर्फबाट सेवा पुर्‍याएको सो अवसरमा बताइएको थियो ।

यस्ता कार्यलाई प्रोत्साहन गर्न सरकारबाट विशेष पहलकदमी लिन जरुरी रहेको उल्लेख गर्दै रोकथाममा संलग्नहरूको स्वास्थ्य र सुरक्षाबारे थप संवेदनशील हुनसमेत सो बैठकले विश्वका देशहरुलाई आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस