९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्ततः एनआरएनएको विवाद सल्टियो, दुई जना अध्यक्ष बन्ने सहमति

अ+ अ-

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ एनआरएनएको विगत ६ महिनायता जारी विवाद अन्ततः समाधान भएको छ ।

सहमतिको प्रयासस्वरुप गए राति अबेरसम्म भएको दुई पक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमति गरेर विवाद टुङ्ग्याइएको गैर आवासीय नेपाली सङ्घका नेता शनि कुमार ओलीले जानकारी दिए ।

‘विवाद टुङ्ग्याइएको छ । दुई अध्यक्ष र महत्त्वपूर्ण पदहरू थपेर अघि बढ्ने भन्ने सहमति भएको छ’, उनले भने, ‘अब विधान संशोधन गरेर आवश्यक व्यवस्था गरिन्छ ।’

एनआरएनएलाई जोगाउन दुवै पक्षमा छलफलमा बसेर सहमति जुटाइएको भन्दै अब शेष घले पक्षले मार्च २४ र २५ मा गर्ने भनिएको छुट्टै महाधिवेशन रोकिने बताए । यस्तै अदालतमा रहेको मुद्दा पनि फिर्ता लिएर तोकिएकै समय २४ र २५ तारिकको चुनाव र त्यसपछिको महाधिवेशन एकताको महाधिवेशनको रूपमा गरिने बताइएको छ ।

संस्थापनले प्रतिनिधिमा छनोटमा धाँधली गरेको भन्दै कुल आचार्य पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी गरेपछि एनआरएनएमा विवाद रहँदै आएको थियो । विवादकै कारण गत अक्टोबरमा हुने भनिएको महाधिवेशन स्थगित हुँदै आएको थियो ।

विवादले उग्र रूप लिँदै गर्दा शेष घलेको नेतृत्वमा काठमाडौँमा कुल आचार्य पक्षको छुट्टै महाधिवेशनको घोषणा गरिएको थियो । मूलतः एनआरएनएमा काँग्रेस–माओवादी र एमाले निकटका अभियन्ताबिच कित्ताकाट हुँदै आएको छ भने केही स्वार्थ समूहका कारण पनि समस्या पैदा हुँदै आएको छ ।

सहमतिअनुसार कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने बताइएको छ । जसमा पहिलो १ वर्ष कुल आचार्यले बैठकको अध्यक्षता गर्ने र त्यसपछि बद्री केसीले गर्ने समझदारी भएको दाबी गरिएको छ ।

यस्तै अध्यक्षमा उम्मेदवारी दिएकी रविना थापालाई अन्य पदमा सम्मानजनक हैसियत दिने गरी सहमति भएको बताइएको छ । सहमतिबारे आजै कुल आचार्य र बद्री केसीले एनआरएनएको कार्यालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस