९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरीमा एक लाखभन्दा बढी मतदाता थपिए: ५८१ मतदान केन्द्र

अ+ अ-

इनरुवा । सुनसरीमा एक लाख १३ हजार ६०६ जना मतदाता थपिएका छन् ।

आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुनसरीबाट पाँच लाख ३४ हजार ७६५ जनाले मतदानमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले जानकारी दिए ।

स्थानीय तह निर्वाचन–२०७४ मा सुनसरीमा चार लाख २१ हजार १५९ मतदाता रहेका थियो । गत माघ २४ गते सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टदेखि निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन स्थगित गरेको थियो ।

सुनसरीमा सबैभन्दा बढी मतदाता इटहरी उपमहानगरपालिकामा छ भने सबैभन्दा कम मतदाता बर्जु गाउँपालिकामा रहेको सूचना अधिकारी मिश्रले बताए ।

सुनसरीको १२ पालिकामध्ये धरान नगरपालिकामा स्थानीय तह निर्वाचन–२०७४ मा ७९ हजार २८२ मतदाता रहेकामा अहिले २१ हजार ४२ थपिएर कूल एक लाख ३२४ मतदाता रहेका छन् । तीमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेको छ ।

धरानमा पुरुष ४७ हजार ४०८ र महिला ५२ हजार ९१६ मतदाता रहेका छन् । सुनसरी जिल्लाकै सबैभन्दा धेरै मतदाता रहेको पालिका यस पटक इटहरी उपमहानगरपालिका भएको छ ।

स्थानीय तह निर्वाचन– २०७४ मा ७७ हजार ६७७ मतदाता रहेकामा अहिले २६ हजार ९४९ मतदाता थपिएर कूल एक लाख चार हजार ६२६ मतदाता रहेका छन् ।

इटहरीमा पनि पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । इटहरीमा ४९ हजार ९२५ पुरुष र ५४ हजार ७०० महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

त्यस्तै इनरुवा नगरपालिकामा २०७४ सालमा ३६ हजार १४५ मतदाता रहेकामा अहिले आएर ४२ हजार ४४८ मतदाता पुगेका छन् । तीमध्ये पुरुष २२ हजार ९२ र महिला २० हजार ६५६ छन् ।

यसै गरी स्थानीय तह निर्वाचन– २०७४ मा दुहबी नगरपालिकामा ३० हजार ६७२ मतदाता रहेकामा अहिले ३६ हजार ७३० मतदाता पुगेका छन् ।

तीमध्ये पुरुष १९ हजार २०० र महिला १७ हजार ५३० छन् । बराह क्षेत्र नगरपालिकामा २०७४ मा ४७ हजार ३९८ मतदाता रहेकामा अहिले ६३ हजार ६०८ मतदाता पुगेका छन् ।

बराह क्षेत्रमा पनि पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी छ । बराह क्षेत्रमा ३१ हजार ४२९ पुरुष र ३२ हजार १७९ महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय तह निर्वाचन–२०७४ मा रामधुनी नगरपालिकामा ३० हजार ३५६ मतदाता रहेकामा अहिले ४१ हजार ४७८ पुगेका छन् । तीमध्ये २० हजार १०३ पुरुष र २१ हजार ३७४ महिला छन् ।

कोसी गाउँपालिकामा २०७४ सालमा २२ हजार ४३० मतदाता रहेकामा अहिले २६ हजार ४६६ मतदाता पुगेका छन् । तीमध्ये पुरुष १४ हजार ६९१ र महिला ११ हजार ७७५ छन् ।

गढी गाउँपालिकामा २०७४ मा १९ हजार ६४६ मतदाता रहेकामा अहिले २३ हजार ८१७ पुगेका छन् । तीमध्ये पुरुष १२ हजार ३९८ र महिला ११ हजार ४१९ छन् ।

त्यस्तै देवानगञ्ज गाउँपालिकामा २०७४ मा १९ हजार ५४५ मतदाता रहेकामा अहिले २३ हजार ५७८ छन् । तीमध्ये पुरुष १२ हजार ७८८ र महिला १० हजार ७९० छन् ।

बर्जु गाउँपालिकामा २०७४ मा १८ हजार ५६४ जना मतदाता रहेकामा अहिले ११ हजार ८८१ पुरुष र १० हजार ५८६ महिला गरी कूल २२ हजार ४६७ मतदाता रहेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिकामा २०७४ मा १८ हजार ८८३ मतदाता रहेकामा अहिले २४ हजार १०१ रहेका छन् । तीमध्ये पुरुष १३ हजार ४५० र महिला १० हजार ६५१ छन् ।

त्यस्तै हरिनगर गाउँपालिकामा २०७४ मा २० हजार ५६१ जना मतदाता रहेकामा अहिले २४ हजार ८२२ छन् । तीमध्ये पुरुष १३ हजार ७८१ र महिला ११ हजार ४१ रहेको सो कार्यालयले जनाएको छ ।

जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाबाट एक र रामधुनी नगरपालिकाबाट एक गरी दुई जना यौनिक तथा अल्पसङ्ख्यक समूहका व्यक्तिले पनि मतदान गर्ने सूचना अधिकारी मिश्रले बताए ।

उनका अनुसार आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा जिल्लामा १६६ मतदान स्थल र ५८१ मतदान केन्द्र हुने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा धरानमा १०७, इटहरीमा १११, इनरुवामा ४७, दुहबीमा ४२, बराहक्षेत्रमा ६७, रामधुनीमा ४४, कोसीमा २९, गढीमा २७, देवानगञ्जमा २६, बर्जुमा २५, भोक्राहा नरसिंहमा २८ र हरिनगरमा २८ गरी कूल ५८१ मतदान केन्द्रबाट मतदान हुने जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस