१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकले ठुलो धनराशि शिक्षा क्षेत्रमा खर्च गरेकाले उपलब्धिमूलक बनाउनुपर्नेमा राष्ट्रपतिको जोड

अ+ अ-

सिन्धुपाल्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकले ठुलो धनराशि शिक्षा क्षेत्रमा खर्च गरेको भन्दै यसलाई उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिएकी छन् ।

सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका–४ मा आज नवनिर्मित थाङपाल भ्याली माध्यमिक विद्यालय भवनको उद्घाटन कार्यक्रममा उनले कम्पले क्षति गरेका चार विद्यालय एकीकृत गरी सञ्चालनमा आएको विद्यालयले गुणस्तरीय शिक्षामा ध्यान दिने विश्वास व्यक्त गरिन् । भूकम्प, बाढी, कोरोनाबिच पनि विद्यालय भवन निमार्ण सम्पन्न गरेकामा उनले खुसी व्यक्त गरिन् ।

विद्यालय भवनसँगै अब पढाइ पनि गुणस्तरीय बनाउनुपर्नेमा उनले जोड दिइन् । उनले विश्वमा जलवायु परिवर्तनले सङ्कटको रूप लिइरहँदा त्यसको प्रत्यक्ष असर र चुनौती नेपालका हिमशृङ्खला तथा अग्ला पहाडमा देखा पर्न थालेको बताइन् । जलवायु परिवर्तनका कारण पहाडमा हिउँ नपर्ने, हिमताल फुट्ने, अप्रत्याशित बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिहरू निम्तिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै जलवायु अनुकूलन योजना बनाई त्यसअनुसार अघि बढ्नुपर्नेमा जोड दिइन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यस्तो खालको संरचनाले भविष्यमा शिक्षा क्षेत्रको विकास गरी गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने बताइन् । सरकारी विद्यालयलाई भौतिक तथा शैक्षिक विकास गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा हुँदैन भन्ने भ्रमलाई चिर्नुपर्नेमा उनले जोड दिइन् । सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद तथा पूर्व मन्त्री शेरबहादुर तामाङले राजनीति फरक पाटो भएकाले विकासका काममा सबै एक भएर लाग्नुपर्ने बताए ।

शिक्षा सचिव यादवप्रसाद कोइरालाले यो अभ्यासको अरूले पनि अनुसरण गरेमा अझै प्रभावकारी हुने धारणा राखे । एसियाली विकास बैङ्क (एडिबी) को २४ करोड सहयोगमा बनेको विद्यालयमा दुई हजार विद्यार्थी पुर्‍याउने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए । शिक्षा क्षेत्रको गुणस्तर वृद्धि गर्नुका साथै विद्यालयलाई प्रविधिमैत्री बनाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय एक कोसे ढुङ्गा भएको उनले बताए ।

बागमती प्रदेशभित्र बृहत् विद्यालयका रूपमा सञ्चालनमा आउने थाङपाल भ्याली मावि प्रदेशभित्रकै दोस्रो सामुदायिक विद्यालय भएको छ । अहिले विद्यालयको सुविधा सम्पन्न पाँच वटा भवन निमार्ण सम्पन्न भएको छ । गुणस्तरीय र प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै गाउँपालिकाले चार वटा विद्यालयलाई गाभेर १२ कक्षासम्म सञ्चालन गर्ने गरी थाङपाल भ्याली मावि विद्यालय बनाएको हो ।

प्राकृतिक रूपमा सुन्दर तर भूगोलको हिसाबले विकट यो विद्यालयमा कम्प्युटर ल्याब, क्यान्टिन, होस्टेलको व्यवस्था, बालमैत्री संरचना, स्कुल बसको व्यवस्था रहेको छ । गाउँपालिका र वडाको सहकार्यमा २६ रोपनी जग्गा व्यवस्था गरी ५४ कोठे विद्यालय भवन निर्माण भएको पाँच पोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष लामाले बताए । विद्यार्थी, शिक्षक र आवश्यक स्रोतको उचित समायोजनमा सहजताका साथै समयसापेक्ष शिक्षा प्रणालीमा ग्रामीण भेगका विद्यार्थीको पनि पहुँच पुर्‍याउने उद्देश्य रहेको लामाको भनाइ छ । ग्रामीण भेगमा शिक्षाको गुणस्तर वृद्धि हुने देखिएपछि विद्यार्थीसँगै अभिभावक पनि खुसी भएका छन् ।

पाँच पोखरी थाङपाल गाउँपालिकाले आफ्नै पाठ्यक्रम ‘मेरो पाँच पोखरी’ तयार पारेर पठनपाठन सुरु गरेको छ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम गाउँपालिका आफैँले तयार गरी पठनपाठन सुरु गरेको हो । जिल्लाको दुर्गम भेग पाँच पोखरी थाङपाल गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रमसहितको पाठ्यपुस्तक सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस