९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी असार मसान्तसम्म निजी सवारी साधन आयातमा पूर्णरूपमा रोक लगाउन राष्ट्र बैङ्कको सुझाव

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले कम्तीमा पनि आगामी असार मसान्तसम्म निजी सवारी साधन आयातमा पूर्णरूपमा रोक लगाउन अर्थ मन्त्रालयलाई सुझाव दिएको छ ।

मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पुग्न लागेको चेतावनी दिँदै राष्ट्र बैङ्कले अत्यावश्यक बाहेकका व्यापारिक वस्तुको आयातमा कुनै पनि प्रकारको कर्जा प्रवाह नगरिने व्यवस्था लागू गर्न भनेको छ ।

सरकारले तस्कर गिरोहको प्रभावमा परेर सुपारी, मरिच तथा केराउजस्ता वस्तुको आयातमा लगाइएको प्रतिबन्ध हटाएकोमा समेत असन्तुष्टि जनाउँदै ती सामग्री आयातमा रोक लगाउन सुझाव दिइएको छ ।

विदेशी मुद्रा सञ्चिति ६ महिनाका लागि पनि अपुग हुने भन्दै राष्ट्र बैङ्कले उच्च मूल्यका टेलिभिजन, मोबाइल सेट, मदिरालगायतका विलासिताका सामानको आयातलाई पनि भन्सार तथा करको माध्यमबाट नियन्त्रण गर्नुपर्ने सुझाव दिएको छ ।

राष्ट्र बैङ्कका एक उच्च अधिकारीका अनुसार लिखितरूपमा दिइएको सुझावमा विद्युतको घरेलु उपभोग बढाउन महसुल घटाउने तथा विद्युतीय चुल्हो, हिटर, कुकरलगायतका सामग्री खरिदमा अनुदान प्रदान गर्ने र एलपी ग्याँसमा रहेको अनुदान तत्काल खारेज गर्न सुझाव दिएको छ ।

काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरहरूमा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर पेट्रोलियम पदार्थ खपतमा नियन्त्रण गर्न सकिने भन्दै राष्ट्र बैङ्कले काठमाडौँभित्रका सबै सरकारी तथा सार्वजनिक निकायहरूमा साताको पाँच दिन कार्यालय समय एक घण्टा थप गरी शनिबार र आइतबार बिदा दिन समेत प्रस्ताव गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले दिएको १५ बुँदे सुझावलाई मन्त्रालयले अध्ययन गरिरहेको अर्थ सचिव मधु मरासिनीले बताए ।

पछिल्लो समय वस्तु आयातमा देखिएको बढोत्तरी र पर्यटनलगायत विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमा आएको सङ्कुचनका कारण शोधानान्तर अवस्था निरन्तर घाटामा रहेको विदेशी विनिमयको संचिति क्रमशः घट्दै गएको जानकारी गभर्नर अधिकारीले अर्थमन्त्री शर्मालाई गराएका छन् ।

राष्ट्र बैङ्कले सोमबार २७ वटा वाणिज्य बैङ्कका सिइओ तथा प्रतिनिधिहरूलाई बोलाएर गाडीलगायत अत्यावश्यक बाहेकका सामग्री आयातमा एलसी नखोल्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस