१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुरामा चुनावी सरगर्मी बढ्यो

अ+ अ-

मार्तडी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चुनावी सरगर्मी बढेको छ । जिल्लाका ठुला राजनीतिक दलले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

गाउँगाउँ र टोलटोलमा गएर यहाँका राजनीतिक दलले जनतालाई मत माग्न थालेका छन् । पाँच वर्षको नेतृत्व लिनका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) बीचको प्रतिस्पर्धा हुने देखिएको छ ।

यहाँ स्थानीय तहको पहिलो पार्टीका रुपमा रहेको नेपाली काँग्रेसले आठ पालिकासहित जिल्ला समन्वय समितिको नेतृत्व सम्हाल्ने गरी पार्टीको चुनाव प्रचारप्रसार थालेको छ भने २०७४ को स्थानीय निर्वाचनमा तीन पालिकामा हाल दुई पालिकामा नेतृत्व लिएको एमाले पनि आठ पालिकाको नेतृत्व लिने गरी चुनावी रणनीति बनाएर गाउँमा गएको छ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) भने पाँच दलीय सरकारमा भएकाले नेपाली काँग्रेससँग गठबन्धन गरेर जाने गरी छलफलमा जुटेका छन् ।

जिल्लाका नौ वटै पालिकाका वडामा वडाध्यक्ष र पालिकासम्ममा उपप्रमुखको मागसहित नेपाली काँग्रेससँग चुनावी गठबन्धन गर्ने योजना बनाइएको छ ।

छ पालिका जितेको नेपाली काँग्रेस पनि स्वामीकार्तिक गाउँपालिका, गौमूल गाउँपालिका र जगन्नाथ गाउँपालिकामा कमजोर देखिएको छ ।

स्वामीकार्तिकमा तत्कालीन एमाले र हाल एकीकृत समाजवादीको सरकार रहेको छ भने अन्य दुई पालिकामा एमालेको सरकार छ ।

चार नगरपालिका र दुई गाउँपालिकासहित जिल्ला समन्वय समितिमा समेत नेपाली काँग्रेसको सरकार रहेको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा बूढीगङ्गा नगरपालिका, बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकामा काँग्रेसको सरकार छ ।

गएको स्थानीय तहको निर्वाचनमा छ पालिका जितेको नेपाली काँग्रेसले सहमति र सहकार्य गर्दै वडा तथा पालिकामा सहमतिमा उम्मेदवार बनाउने गरी छलफलमा जुटेको नेपाली काँग्रेस बाजुराका पार्टी प्रवक्ता रमाकुमारी रावलले बताए।

नौ वटै पालिकाका वडामा वडाध्यक्षसहित दलित महिला गरी पाँच जनाको नाम सिफारिस गर्न र नगर तथा गाउँपालिकाबाट नगर प्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको बढीमा तीन जनाको नाम सिफारिस गर्न निर्देशन पालिका सभापतिलाई दिइएको पार्टी प्रवक्ता रावलले जानकारी दिए ।

वडाध्यक्षदेखि नगर प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षका आकाङ्क्षी धेरै भए पनि उनीहरुलाई सहमति गराएर आसन्न स्थानीय तहको निर्वाचनमा जाने गरी पार्टी तयारीमा लागेको प्रवक्ता रावलको भनाइ छ ।

यसै गरी एमालेले पनि वडादेखि पालिकासम्म सहमतिमा सर्वसम्मत नगर वडाध्यक्ष, नगर प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष छनोट गर्न तयारी थालेको एमालेले जनाएको छ ।

वडादेखि पालिकासम्म उम्मेदवारका आकाङ्क्षी धेरै देखिए पनि उनीहरुबीचको आपसी समझदारीमा सर्वसम्मत वडाध्यक्ष र पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष छनोट गरी चुनावी मैदानमा जाने एमालेले तयारी थालेको हो ।

एमालेले कतिपय स्थानीय तहका वडामा सर्वसम्मत वडाध्यक्षका उम्मेदवार छनोट गरिसकेको एमालेका उपाध्यक्ष भरत बुढाले बताए ।

काँग्रेसमा दुई महिलाको प्रमुखमा दाबी

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसमा दुई जना महिलाले नगर प्रमुखमा दाबी गरेका छन् ।

सदरमुकाममा रहेको बडीमालिका नगरपालिकाको प्रमुखका लागि हालका नगर उपप्रमुख तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि कविताकुमारी बुढा (विष्ट) र महासमिति सदस्य तथा महिला सङ्घ केन्द्रीय सदस्य जुना दानीले नगर प्रमुखका लागि उम्मेदवारी दिएको नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिका सचिव नन्दलाल खड्काले बताए ।

नगर प्रमुखका लागि सात जनाको उम्मेदवारी परेको छ । तीमध्ये दुई महिलाले प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएको उनले बताए । उनका अनुसार नगरपालिकाको उप प्रमुखका लागि छ महिलाले उम्मेदवारी दर्ता गराएको सचिव खड्काले बताए।

प्रतिक्रिया दिनुहोस