९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टाइफाइड विरुद्धको खोप लगाए पछि कस्ता असर देखिन सक्छन् ?

अ+ अ-

काठमाडौँ । टाइफाइड विरुद्धको खोप अभियान शुक्रवारबाट सुरु भएको छ । चैत २५ देखि वैशाख १८ सम्म सञ्चालन हुने २४ दिने अभियानमा देशभरका करिब ७५ लाख बालबालिकालाई खोप लगाउने सरकारको योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।

नेपालमा पहिलो पटक सञ्चालन भएको टाइफाइड विरुद्धको खोप अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ । खोप अभियान पश्चात् यो खोप खोप तालिकामा नै राखिने र १५ महिनाको बालबालिकालाई एक डोज खोप प्रदान गरिने पोखरेलले बताए ।

टाइफाइड रोग भनेको के हो ?
टाइफाइड÷म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने सङ्क्रामक रोग हो । टाइफाइड एक ग्यास्ट्रोइन्टेस्टाइनल सङ्क्रमण हो । जो साल्मोनेला टाइफी नामक ब्याक्टेरियाका कारण हुने गर्छ ।

ढल वा सङ्क्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । टाइफाइड खाद्य पदार्थका कारण फैलिने सरुवा रोग हो । बढी जनघनत्व भएका र सरसफाइको अवस्था निकै कमजोर भएका ठाउँ टाइफाइडको जोखिम हुन्छन् ।

यो रोग सबै उमेर समूहका व्यक्तिमा लागेको पाइएता पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ ।

यो रोगका मुख्य लक्षण के के हुन् ?
टाइफाइड रोग लाग्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने जस्ता लक्षण देखिन्छन् । साथै कसै–कसैलाई पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउने जस्ता लक्षण पनि देखिन सक्छन् ।

ब्याक्टेरियाको सम्पर्कमा आएको करिब १ देखि ३ साता पछि यो रोगका लक्षण देखिन्छन् । यो रोगको सङ्क्रमण पश्चात् केही व्यक्तिहरूमा शरीरका विभिन्न भागमा सङ्क्रमण फैलने, सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने र मस्तिष्क सम्बन्धी समस्या जस्ता जटिलता देखा पर्न सक्छन् ।

खोप लगाए पछि के के असर देखिन सक्छ ?
टाइफाइड खोप लगाए पछि अन्य खोपहरूमा जस्तै केही सामान्य (सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरू दुख्ने आदि) असर हुन सक्छन् । यस्ता सामान्य असरहरू बिस्तारै आफैँ ठिक भएर जान्छन् ।

खोप लगाए पश्चात् यस्ता लक्षण बाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्छ ।

यो खोप कसले लगाउनु हुँदैन ?
यो खोप विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा लगाउनु हुँदैन । साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा लगाउनु हुँदैन । तर बिरामी ठिक भइसके पछि यो खोप लगाउन सकिन्छ ।

साधारण बिरामी भएको अवस्था जस्तै, हल्का ज्वरो आएको, रुघाखोकी लागेको, कुपोषण भएको अवस्थामा यो खोप लगाउन मिल्छ ।

प्रतिक्रिया दिनुहोस