९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालीगण्डकी नदी दोहनको चपेटामा

अ+ अ-

गलकोट । बागलुङको कालीगण्डकी छेउ मालढुङ्गा निवासी बेली थापाको घरमा राम्ररी चुलो नबलेको दुई महिना भयो । विसं २०५० देखि कालीगण्डकी नदी छेउमा माछा मार्ने, ढुङ्गा, गिट्टी र बालुवा निकालेर जीविका चलाउँदै आएकी उनीमात्रै होइन, यहाँका माझी समुदायसहित २५० मजदुरको घरमा दुई महिनादेखि राम्ररी चुलो बलेको छैन ।

बागलुङ र पर्वत भएर बग्ने पवित्र कालीगण्डकी नदी दोहनको चपेटामा छ । नदी बचाउ अभियान अहिले सर्वोच्च अदालतसम्म पुगेको छ । नदी बचाउन अभियान नै सक्रिय छ । नदी बचाउ अभियानले कालीगण्डकी नदी उपकरण मुक्त बनाउने लक्ष्य लिएको छ । नदीमा ठुला उपकरण प्रयोग गरी कालीगण्डकी दोहन गर्दा नदीको अस्तित्व सङ्कटमा पर्ने, शालग्राम लोप हुने तथा नदी छेउछाउका कालीगण्डकी सभ्यता लोप भएर जाने भन्दै नदी दोहन रोक्न सर्वोच्च अदालतले भनेपछि ठुला क्रसर व्यवसायीको ज्यादतिको मार नदी छेउमै बसेर कयौँ वर्षदेखि जीविका चलाएका मजदुरलाई पर्न गएको छ ।

अहिले क्रसर व्यवसायीले प्रत्यक्ष दोहन रोकेका छन् । तर उनीहरुले बर्खामा दोहन गरेका बालुवा र ढुङ्गाको पहाडी क्रसरमा राखेर बिक्री गरिरहेको भए पनि दिनमा चार–पाँच डोका गिट्टी, बालुवा निकालेर बिक्री गर्ने मजदुरको रोजीरोटी गुमेको छ । नदी छेउमै बसेर जीवन धानेका हामीजस्ता माझी परिवारलाई गिट्टी, बालुवा निकाल्न नपाउँदा समस्या भएको बागलुङ नगरपालिका–१ रामरेखाका सलिता माझीले दुखेसो गरिन् ।

‘हामीले नदीमा आश्रित भएको आजबाट होइन, पहिल्यैबाट हो, तर केही वर्षअघिदेखि खोलामा स्थापना भएका क्रसरका कारण नदीको बहाव नै परिवर्तन भएको छ, तर हामीले डोकोमा बालुवा निकाल्दा केही बिग्रेको थिएन तर उनीहरुको मार हामीलाई पर्‍यो’, उनले भनिन्, ‘खोलामै आश्रित माझी परिवारलाई कि विकल्प दिनुपर्ने होइन भने नदीमा चार–पाँच बोरा बालुवा निकाल्नसमेत नदिने, तर ठुला–ठुला उपकरण लगाएर नदी दोहन गरी बालुवाको पहाड बनाउन दिने, यो त अन्याय भयो ।’

हामीले कुटो, कोदालो र ज्यावेलको सहायताले बालुवा निकालिरहेको भन्दै ठुला उपकरण लगाउने क्रसर व्यवसायीका विरुद्धमा आफूहरु उभिएका कारण अहिले मजदुरको रोजगारी गुमेको बताएका छन् । अहिले पनि रातको समयमा लुकीछिपी क्रसरले खोलामा डोजर लगाइरहेका छन् । तर मजदुरले दैनिक चार, पाँच बोरा बालुवा निकाल्न नपाएका कारण दैनिक गुजारा चलाउन नसकेको मजदुर नेता शुक्रबहादुर लामाले बताए ।

पटक–पटक दोहन रोक्न सर्वोच्च अदालतले आदेश दिए पनि यो हामीजस्ता मजदुरलाई नभएर माफियालाई भएको मजदुरहरूले बताएका छन् । विसं २०५० बाट नदीमा ढुङ्गा, गिट्टी, बालुवा निकालेर जीविकोपार्जन गर्दै आए पनि अहिले प्रहरीले गिट्टी, बालुवा निकाल्न नदिएको मजदुर तिलकबहादुर लुङ्गेलीले बताए ।

सर्वोच्चको आदेशपछि कालीगण्डकी नदीमा डोजर चलाउने काम केही हदसम्म कमी आएको भए पनि रातको समयमा पूर्णरूपमा बन्द हुन भने सकेको छैन । अहिले खुलेआम नदीमा डोजर चलाउन क्रसर व्यवसायीले आँट गरेका छैनन् । तर अझै पनि रातको समयमा भने नदी दोहन भइरहेको छ ।

‘ठुला डोजर लगाएर नदी उत्खनन गर्न हुँदैन भन्ने सर्वोच्चको आदेश हो तर हामीजस्ता मजदुरको काम गुम्यो’, लुङ्गेलीले भने, ‘क्रसरले मौज्दात गिट्टी, बालुवा बिक्री गरिरहेका छन्, उनीहरुको नियम हामीलाई लाद्न भएन, हामीलाई कि काम गर्न दिनुपर्‍यो कि विकल्प दिनुपर्‍यो ।’ उनीहरुले ठुला क्रसरलार्ई चैन र मजदुरलाई ऐन भएको आरोपसमेत लगाए ।

सर्वोच्च अदालतले कालीगण्डकी दोहन रोक्नका लागि २०७८ असार २९ गते आदेश दिएको थियो भने पुन २०७८ फागुन १५ गते दोहन रोक्नु र गर्नै परे व्यवस्थित नीति बनाएर गर्नु भन्ने उल्लेख गरेको कालीगण्डकी बचाउ अभियानका अभियन्ता तथा कालीगण्डकी दोहन रोक्न सर्वोच्चमा रिट निवेदन दिने अधिवक्ता राम शर्माले बताए ।

‘हाम्रो आन्दोलन कालीगण्डकी दोहनका क्रसर व्यवसायीसँग हो, दिनमा चार बोरा बालुवा चाल्ने मजदुरसँग होइन’, उनले भने, ‘सर्वोच्च अदालतको आदेशले नदी दोहनमा केही कमी आएको छ, तर यसको असर मजदुरलाई पर्न भएन व्यवसायीलाई पर्नुपर्‍यो ।’ मजदुरले हामीलाई भ्याट नम्बर लेउ भन्दै प्रहरीले थर्काउने गरेको आरोप लगाए । उनीहरुले मजदुरसँग भ्याट बिल नहुने जनाउँदै नदी दोहन व्यवसायीकै कारण अहिले रोजगारी गुमेको बताए ।

प्रतिक्रिया दिनुहोस