१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धार्मिक पर्यटनबाट देशको विकास सम्भव छ : मुख्यमन्त्री

अ+ अ-

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले धार्मिक पर्यटनबाट नै देश विकास सम्भव रहेको बताएका छन् ।

आज नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको गैँडाकोट–९ थुम्सीस्थित हनुमान मन्दिरमा आयोजना गरिएको विराट ज्ञान महायज्ञ समापन कार्यक्रममा उनले धार्मिक पर्यटनका हिसाबले गण्डकी प्रदेश धनी रहेको बताउँदै यहाँका धार्मिक स्थलको विकासका लागि प्रदेश सरकार सदैव अग्रसर रहेको बताए ।

उनले पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ, त्रिवेणी धामसमेत गण्डकी प्रदेशमा रहनुले यहाँको आर्थिक विकासमा ठुलो टेवा पुगेको जिकिर गरे ।

उनले भारत र चीन जोड्ने धार्मिक भूमि नै नेपाल भएकाले धार्मिक पर्यटनले देश विकासमा टेवा पुग्नेमा समेत जोड दिए । उनले प्रदेशभित्र रहेका धार्मिक क्षेत्र गजेन्द्र मोक्षधाम, मुक्तिनाथ र देवघाटधामले विषेश महत्व राख्ने हुँदा यी क्षेत्रको विकासमा विशेष प्राथमिकता दिएर अगाडि बढ्ने मुख्यमन्त्री नेपालीले बताए ।

हनुमान मन्दिर चक्रघाट समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक टीकाराम सापकोटाले शिखर खजुराव शैलीको नेपालकै पहिलो, भव्य र कलात्मक मन्दिर रहेको दाबी गर्दै पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न गुरुयोजनाअनुसार काम गर्ने बताए ।

नेपालको मध्य भागमा रहेको यस मन्दिर पूर्वपश्चिम भएर यात्रा गर्नेहरूका लागि पायक पर्ने स्थानमा समेत रहको हुँदा यस क्षेत्रको प्रचारप्रसारसँगै मन्दिरले यस क्षेत्रको विकासमा समेत टेवा पुर्‍याउने उनको भनाइ छ ।

सङ्कट मोचन हनुमानको दिव्य मूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखर खजुराव शैलीको गुम्बज, काष्ठकलाका कलात्मक झ्याल ढोका, रामदरबार, साना गुम्बज आकारका मार्बल रेलिङ, मार्बलको आँखीझ्याल, सिँढी तथा आकर्षक विद्युत् व्यवस्थापन र रङ रोगन यस मन्दिरका दर्शनीय पक्षहरू रहेको उनले बताए ।

विसं २०४२ देखि पूजा अर्चना गरिँदै आएकामा हाल ४२ फिट लम्बाइ, ४२ फिट चौडाइ र ६३ फिट उचाइ भएको मन्दिर निर्माण गरिएको जानकारी दिए । चैत २७ गते रामनवमीदेखी सुरु भएको महायज्ञ आज समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस